रामेछाप । अहिले पहाडी भेगका किसानको कोदो थन्क्याउने बेला हो । उच्च पहाडी भेगको मुख्य बाली कोदा साउनमा लगाएर मंसिरमा थन्क्याइन्छ ।
प्रमुख पोषक खाद्य बाली कोदो रामेछापको मुख्य बालीमा पर्दछ । तर गाउँका मानिस सहर पस्दै गएपछि कोदोको उत्पादन घट्दै गएको छ । सिँचाइ सुविधा कम भएका भेगमा लगाइने उक्त बाली बर्सेनि कम क्षेत्रफलमा देखिन थालेको छ ।
गाउँमा खेती गर्नेहरु घटेसँगै यस्तो भएको हो । कृषि ज्ञान केन्द्रका अनुसार रामेछापमा ४ हजार ९ सय ३३ हेक्टर जमिनमा कोदो खेती हुने गरेको छ । जसमा सरदर उत्पादन ५ हजार ७ सय मेट्रिकटन हुने अनुमान छ ।
केही वर्ष यतादेखि कोदो उत्पादन हुने अधिकांश जमिन बाँझो छ । ‘काम गर्ने सबै सहर पसे, कोदो खेती कसले लगाउनु ? गाउँका जमिन सबै बाँझै छन्,’ रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरकी पार्वती कँडेलले भनिन् ।
केही वर्ष अघिसम्म आफूले खेती गर्न नसक्दा पनि अधियाँ लगाउन गाउँलेबीच प्रतिष्पर्धा चल्ने गरेको उनलाई सम्झना छ । अहिले त्यतिकै जमिन दिँदा पनि खेती लगाएर खाने मान्छे नपाइने उनले बताइन । ‘अहिले त मल, बिउ दिन्छु भन्दा पनि खेती लगाउने मान्छे पाइँदैन,’ उनले भनिन् ।
कोदो दुःखको खेती भएकाले पनि धेरैले लगाउन छाडेका सोही गाउँपालिका–१ डडुवाका किसान दावासङ्बु शेर्पा बताउँछन् । ‘मकैबारीभित्र पुरै खनेर रोप्नु पर्छ, पछि गोड्नु पनि प¥यो । टिप्ने, कुट्ने, धेरै मान्छे लाग्छ, त्यसैले धेरैले खेती लगाउन छाडे,’ उनले भने ।
कुनै बेला गरिबले खाने खानाको रूपमा चिनिने कोदाको ढिँडो अहिले सहर बजारका होटल, रेस्टुराको रोजाइको खाना बनेको छ । तर कोदोको उत्पादन भने बर्सेनि घट्दै छ ।
कोदोलाई निकै पौष्टिक अन्न मानिन्छ । चिनी र प्रोटिनको मात्रा कम हुने भएकाले सबै खालका मानिस र बिरामीहरूका लागि कोदो राम्रो मानिन्छ । कोदोमा प्रशस्त मात्रामा क्याल्सियम, म्याग्नेसियम, फस्फोरस, म्यागनिज, भिटामिन बी, टिप्टोफेन, फाइबर, एन्टिअक्सिडेन्टलगायत तत्वहरू पाइन्छ ।
तौल घटाउन, मुटु सम्बन्धी रोग नियन्त्रण गर्न, हाड बलियो बनाउन, स्वस्थ पेट बनाउन पनि कोदोलाई राम्रो मानिन्छ । अहिले पनि गाउँघरमा बिरामी तंग्रिन नसक्दा कोदोको खोले खुवाउने चलन छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०८२ - २१:३०
काठमाडौँ । नयाँ शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीका हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्यसहित छपाइ तथा वितरण तयारी तीव्र पारिएको छ। जनक शिक्षा स...
चैत्र ११ गते, २०८२ - २१:२८
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बुधबार राति कोशी र गण्डकी प्रदेशमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको...
चैत्र ११ गते, २०८२ - २१:२५
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–३ गौजेनीमा सडक विस्तारको क्रममा आज दिउँसो खसेको पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । बेपत्ता अर्का एक व्यक्त...
चैत्र ११ गते, २०८२ - २१:१९
काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बुधबार सबै प्रकारका गोलभेँडाको मूल्यमा ...
चैत्र ११ गते, २०८२ - २१:१८
बागलुङ । बागलुङमा चालु आर्थिक वर्षको ९ महिनामा १८ जना क्षयरोगीको मृत्यु भएको छ। प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले सङ्क्रमित व्यक्तिले समयमा उपचार ...
चैत्र ११ गते, २०८२ - २१:०८
काठमाडौँ । आफ्नो विश्वकर्मा थरका कारण अपमान महसुस गरेपछि रूपन्देहीका नरबहादुरलाई थर परिवर्तनको उत्सुकता पैदा भयो । आफूले रोजेको स्वतन्त्र नाम/थरमा ...
चैत्र ११ गते, २०८२ - २१:०४
काठमाडौँ । नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा चोरी भएका ५० ओटा मोटरसाइकल र स्कुटर सम्बन्धित धनीको जिम्मा लगाइएको छ। ...
चैत्र ११ गते, २०८२ - २१:०१
सुनसरी । सुनसरीका विभिन्न ठाउँमा बर्डफ्लु पुष्टि भएसँगै प्रभावित फार्ममा कुखुरा तथा अण्डा नष्ट गर्ने र खोर सरसफाइ गर्ने अभियान सञ्चालन गरिएको छ । स...
चैत्र ११ गते, २०८२ - २०:४०
नेपालको आधुनिक राजनीतिक इतिहासमा समावेशिता, प्रतिनिधित्व र राज्य संरचनाको पुनर्संरचना सम्बन्धी बहसलाई संस्थागत रूप दिने प्रमुख शक्तिमध्ये माओवादी आन्द...
चैत्र ११ गते, २०८२ - २०:३५
काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको दमनबारे छानबिन गर्न गठित जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक र ...


प्रतिकृया लेख्नुहोस्: