Khabar Dabali १७ श्रावण २०८३ आईतवार | 2nd August, 2026 Sun
Investment bank

गाैतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा दिल्ली र नाेयडामा बिमान चलाउँदैछाैंः मन्त्री किराँती

माग पुरा नभए धर्ना निरन्तर

खबरडबली संवाददाता

भैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भइरहेको धर्ना निरन्तर हुने भएको छ ।उद्घाटन भएको १६ महिना बित्दा समेत गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभएपछि सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा विरोध तथा धर्ना थप हुने भएकाे हाे ।

वार्ताको लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको अध्यक्षतामा भएको छलफलमा मन्त्रालयले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि आवश्यक नीतिगत काम तत्काल अघि बढाउन मातहतका सम्बन्धित निकायलाई निर्देशन दिएपनि विमानस्थल पूर्ण सञ्चालनको लागि कुनै ठोस निर्णय नभएको जानउदै सिद्धार्थ सञ्जालले विमानस्थल अगाडि जारी धर्ना कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएको छ ।

साेमवार भएको छलफलबाट खासै उपलब्धी नभए पछि मंगलबार प्रधानमन्त्रीसँग समय लिई छलफल हुनेछ । हवाई कम्पनिहरुले उडानका लागि सकारात्मक भएको जनाए पनि उपलब्धीमुलक निर्णय नभएकोले विरोध स्वरुप भएको धर्ना जारी रहने सञ्जालले जानकारी दिएको हाे ।

विमानथल अगाडि निरन्तर धर्नाको कार्यक्रम भएसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिद्धार्थ सञ्जाल, सिद्धार्थ उद्योग वाणिज्य संघ र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट नाट्टा लुम्बिनी प्रदेश तीनवटै संस्थालाई पत्राचार गर्दै अन्तराष्ट्रिय उडान संचालनको व्यवस्था मिलाउने विषयमा सरोकारवाला निकायसँग छलफलको लागि बोलाएको थियो । साे क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित संचालन गर्नका लागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायहरुसँग सोमबार छलफल गरेको हाे ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमवार आयोजित सरोकारवालासँगको छलफलमा भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई कसरी नियमित गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको हो । बिमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेले विमानस्थलको अवस्था, संचालन , चुनौति र अवसरका बिषयमा जानकारी गराएका थिए । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल पूर्ण रुपमा संचालन नभए पछि निजि क्षेत्र निराश छन ।

उद्घाटन भएको लामो समय वित्दा समेत राज्यले अर्बौ लगानी गरेर पनि अन्तराष्ट्रिय उडान गर्न उदाशिनता देखाएकोेले निजी क्षेत्रले पूर्ण सञ्चालनको लागि दबाब मुलक कार्यक्रम गर्दै आएका छन ।

विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न तथा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्री, मुख्यमन्त्री, सरोकारवाला मन्त्रालयमा ज्ञापन पत्र, ध्यानाकर्षण, छलफल र अन्तरक्रिया लगायतपटक–पटक सरकारलाई दवाव दिँदै आएपनि सुनुवाई नभएकोले निजी क्षेत्र बाध्य भएर विरोधको कार्यक्रम गरिरहेका छन ।

छलफल कार्यक्रममा बोल्दै पर्यटनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तराष्ट्र्रि बिमानस्थल नियमित संचालन हुनेमा ढुक्क रहन आन्दोलरत पक्षलाई आग्रह गरेका छन । 'म आजै देखी काममा लागे तपाईहरु हेर्नुहोस, यसको रिजल्ट तपाईहरुले तुरुन्तै देख्नुहुने छ,' उनले भने ।

उनका अनुसार गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल नियमित गर्नेमा सबै निकायहरु सँग छलफल सुरु भएकाे जनाउँदै छिट्टै भैरहवा दिल्ली , भैरहवा नोयडा उडान गराउन लागेकाे पनि उनले जानकारी दिए ।

साथै भैरहवाको बिमानस्थल हेण्डीलिड. गर्ने कम्पनीलाई जिम्मेवारी दिई उक्त कम्पनीले एउटा उडान जसरी पनि अनिवार्य गर्ने गरि कार्यन्वयन गर्ने तयारीमा रहेकाे मन्त्री किरातीले जानकारी दिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

मौखिक सहमतिपछि सञ्चालनमा आयो बीपी राजमार्ग, आन्दोलन स्थगित

महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending