बुटवल । बैंकको ब्याजदर एक अंकमा झार्न र व्यवसायीमैत्री नीति बनाउन बुटवलका व्यवसायीहरूले माग गरेका छन् । दुई अंकको बैंक ब्याजदरले व्यवसायीहरू संकटमा परेको भन्दै उनीहरूले व्यवसायमैत्री वातावरण बनाउन आग्रह गरेका हुन् ।
उद्योग व्यापार संघ बुटवलको पाँचौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा बोल्दै रुपन्देहीका व्यवसायीहरूले उद्योग व्यापारविना देशको विकास सम्भव नहुनेमा जोड दिँदै साना र मझौला व्यवसायीलाई सुहाउँदो ब्याजदर र तीन तहकै सरकारको नीति बन्न आवश्यक बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले मुलुक संकटमा परेका बेला बैंकहरूले ब्याजदर बढाउँदै जाँदा आर्थिक क्षेत्रमा समस्या बढेको बताए ।
पाण्डेयले करको दर नभई दायरा बढाउने गरी पालिका अघि बढेको बताए । ‘कर्जा सम्झौताको बेलामा उल्लेख भएभन्दा दोब्बर ब्याज लिँदा आर्थिक क्षेत्रमा समस्या भयोु,उनले भने, ‘समस्या देखाउनभन्दा आफ्नो ठाउँमा सबै जिम्मेवार इमानदार बनौं ।’
उनले बुटवल बजार क्षेत्रको सडक विस्तारको डिजाइन परिवर्तन गरी व्यवसायीमैत्री सडक बनाउनुपर्ने बताए ।
उद्योग व्यापार संघ बुटवलका संस्थापक अध्यक्ष एवं नेपाल उद्योग व्यापार महासंघ केन्द्रीय महासचिव खिमनारायण पराजुलीले अबको व्यवसायीको लडाइँ राष्ट्र बैंक, अर्थ मन्त्रालय र बैंकर्स एसोसिएसनसँग रहेको बताए । बैंकर र व्यवसायी एउटै घराना हुँदा उनीहरूको दोहोरो भूमिकाले साना तथा मझौला व्यवसायी समस्यामा परेका पराजुलीले बताए ।
बुटवल उद्योग वाणिज्य, संघका अध्यक्ष हरिप्रसाद अर्यालले कर राजस्वका दर घटाउनुपर्ने बताए । प्रदेश सरकारको एकीकृत सम्पत्ति कर कानूनका कारण कर राजस्व अत्यधिक धेरै रहेका उनको भनाइ छ । ‘बैंक ब्याज दर लिँदा ८ प्रतिशत र तिर्दा १६ प्रतिशत हुँदा बैंकहरू मात्र मोटाउने परिपाटी अन्त्य हुनुपर्छ,’ अर्यालले भने ।
संघका अध्यक्ष गोविन्दराज गैरेले उद्योग व्यापारको विकासविना देशको आर्थिक विकास हुन नसक्ने बताउँदै बैंकको ब्याजदर घटाउन र बुटवलको सडक डिजाइन परिवर्तन गरी व्यवसायीमैत्री बनाउन आग्रह गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: