विराटनगर । मोरङ प्रहरीले अस्पताललगायत भीडभाग हुने स्थानबाट पटकपटक गरेर १६ वटा मोटरसाइकल चोरी गर्ने दुई जनालाई पक्राउ गरेको छ । केही समययता विराटनगर महानगर क्षेत्रबाट लगातार मोटरसाईकल चोरी भइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
मोटरसाइकल चोरीको विषयमा प्रहरीलाई पनि पटकपटक खबर र निवेदन पुगेको र सोही निवेदनका आधारमा प्रहरीले १६ वटा मोटरसाइकल चोर्ने दुईजनाको समूहलाई पक्राउ गरेको जिल्ल प्रहरी कार्यालय मोरङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जन दाहालका अनुसार नोवेल अस्पताल, विराट टिचिङ अस्पताल, कोशी अस्पताल, सेन्ट्रल मल र पुरानो गुद्रीलगायतका स्थानहरूबाट हराएका १६ वटा मोटरसाईकल चोर्ने समूह पक्राउ गरेको हो ।
दाहालका अनुसार नोवेल अस्पतालबाट साईन २ वटा, सुपर स्प्लेण्डर २ वटा र अपाची मोटरसाईकल १ वटा, सेन्ट्रल मलबाट साईन एउटा, सुरप स्प्लेण्डर २ वटा र पल्सर मोटरसाईकल एउटा हराएका थिए ।
यसैगरी कोशी अस्पतालबाट सुपरस्प्लेण्डर एउटा, गुद्रीबाट सुपरस्प्लेण्डर एउटा, मालपोत कार्यालयबाट सुपर स्प्लेण्डर एउटा, नापी कार्यालयबाट साईन एउटा र विराट टिचिङ अस्पतालबाट सुपर स्प्लेण्डर एउटा मोटरसाईकल चोरी भएको पाइएको प्रहरी प्रवक्ता दाहालले बताए ।
चोरी गर्नेको खोजी गर्ने क्रममा प्रहरीले गत शुक्रबार उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरीको भोक्राहा नरसिंह–२ का २१ वर्षीय निकाइल अन्सारी र हरिनगरा–६ का ३९ वर्षीय नजाम अन्सारी रहेका छन् । उनीहरुलाई प्रहरीले अवैध लागू औषध खैरो हिरोईन १ ग्रामसहित पक्राउ गरेको हो ।
अन्सारीको साथबाट राजकुमार मण्डलको नाममा रहेको को २४ प ३६७५ नम्बरको हिरो सुपरस्प्लेण्डर मोटरसाईकलको ब्लु बुकसमेत प्रहरीले बरामद गरेको छ । उक्त मोटरसाईकल पनि चोरीको भएको प्रहरीले जनाएको छ । उनीहरुलाई मोरङ जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: