Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

सरकार नीति र उद्देश्यअनुरुप अघिबढेको छः मन्त्री शर्मा

खबरडबली संवाददाता

काठमाडौं ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकार अविचलित भएर आफ्नो नीति र उद्देश्यमा केन्द्रित रहेको बताएकी छन् ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरणसम्बन्धी कार्ययोजना, २०८० स्वीकृत गरेको जानकारी दिइन् ।

उनले ताप्लेजुङको घुन्सा खोला जलविद्युत् आयोजनाका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकास्थित तीन सय २९ रोपनी जग्गा प्रदानको स्वीकृति दिने निर्णय भएको बताइन् ।  

गत मङ्सिर २८ गतेको मन्त्रिपरिषद्को बैठकले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ–बर्दिबास खण्डमा पर्ने घर टहरा तथा जग्गाको मुआब्जा, क्षतिपूर्ति, राहतस्वरुप क्षतिपूर्ति उपलब्ध गराउन स्वीकृति दिएको छ । बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीका सुरेश आचार्यसहित सातजना सचिवहरुको सरुवा तथा परराष्ट्र सचिवमा परराष्ट्र मन्त्रालयका वरिष्ठ सहसचिव सेवा लम्साललाई बढुवा गर्ने निर्णय गरेको मन्त्री शर्माले बताइन् ।

सरकारले क्यानडेली स्वयंसेवक परिचालनसम्बन्धी समझदारीपत्र स्वीकृत गर्ने निर्णय गरेको छभने फिनल्याण्डको हेलसिन्कीमा आयोजना हुने इन्टरनेसनल अर्गनाइजेसन अफ सुप्रिम अडिटको बाइसौँ वार्षिक बैठकमा भाग लिन उपमहालेखापरीक्षण पदमराज पौडेललाई अनुमति दिएको छ ।

मन्त्री शर्माका अनुसार सरकार र कतार सरकारबीच सांस्कृतिक क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न सम्बन्धित मन्त्रालयलाई स्वीकृति दिने, नदीजन्य जल उत्पन्न विपद् व्यवस्थापन राष्ट्रिय नीति, वन्यजन्तु बासस्थान व्यवस्थापन कार्यविधि, हातहतियार खरखजना नियमावली (बाह्रौँ संशोधन), विभिन्न जिल्लाका स्थानीय तहको परियोजनाका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने तथा राष्ट्रिय बृहत् जलाधार व्यवस्थापन रणनीति स्वीकृत गरेको छभने कर्जा सूचना सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको छ । 

वर्तमान सरकार राष्ट्रिय हितलाई केन्द्रमा राखेर चुस्त सेवा प्रवाह, सुशासन प्रवद्र्धन, आर्थिक समृद्धिका लागि फजुल खर्च नियन्त्रणका निम्ति अनवरत लागेको मन्त्री शर्माले बताइन् । फरक प्रसङ्गमा उनले मन्त्रिपरिषद्मा  हेरफेर गर्नेबारे सत्ता साझेदार पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट गरिन् ।

सञ्चारमन्त्री शर्माले वर्तमान सरकारले कार्यभार सम्हालेको एक वर्षको अवधिमा भएका कामको समीक्षा भइरहेको र भावी रणनीति तयार गरी तदनुरुप अघि बढ्ने बताइन् । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending