Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । कास्कीकाे पोखरा महानगरपालिका-६ जरेबरबाट अवैध लागूऔषध गाँजा १ किलोग्राम र ब्राउन सुगर जस्तो देखिने पदार्थ ८० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने चितवन रत्ननगर नगरपालिका-९ घर भएका २७ वर्षीय सन्दिप श्रेष्ठ र पोखरा महानगरपालिका-१७ ड्यामसाईड घर भएका २१ वर्षीय बिजन सापकोटा रहेका छन् । वडा प्रहरी प्रहरी कार्यालय बैदाम र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले सन्दिपलाई १ किलोग्राम गाँजा र बिजनलाई ८० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कास्कीकै पोखरा महानगरपालिका-१० रंगशाला गेट अगाडि रहेको खाजा घरका संचालक देवी मायाँ गुरुङलाई अवैध लागूऔषध गाँजा १ किलो २८० ग्राम र नगद ८७ हजार ४ सय ३५ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय रामबजारको प्रहरीले खाजा घर तलासी गर्दा दराजभित्र लुकाई राखेको उक्त गाँजासहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागूऔषध खैरो रंगको जस्तो देखिने धुलो पर्दाथ १ ग्राम ८ सय २० मिलिग्रामसहित सोही गाउँपालिका-५ बढैयागाँउ बस्ने ३५ वर्षीय भगन थारुलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

डडेल्धुराकाे अमरगढी नगरपालिका-५ बागबजारबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ सय मिलिग्राम र नगद २२ हजार ५ सय रूपैयाँसहित सोही नगरपालिका-१ बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।    

सुनसरीकाे धरान उपमहानगरपालिका-२० काखोलाबाट अवैध लागूऔषध गाँजा करिब ९ किलोग्रामसहित धनकुटा शहिदभूमी गाउँपालिका-१ सुन्तलाबारी बस्ने ४० वर्षीय रमेश राईलाई  प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट विष्णुपादुका धरानबाट खटिएको प्रहरीले को.२६ प २१३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल चालक उनलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो । 

कञ्चनपुरकाे भीमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ५९ मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भीमदत्त नगरपालिका-१ बस्ने ३४ वर्षीय जिवन डगौरा र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले प्र.से ४ प ४१९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending