Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

मिथिलाञ्चलमा आजदेखि विवाह उत्सव सुरु

खबरडबली संवाददाता

धनुषा । विवाहपञ्चमीको शुभ अवसरमा भगवान रामचन्द्र र माता सीताको विवाहसँगै आजदेखि मिथिलाञ्चलमा विवाह उत्सव सुरु भएको छ ।

त्रेतायुगदेखि नै नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चल क्षेत्रभरि आजैका दिन भगवान रामचन्द्र र माता सीताको विवाहसँगै सर्वसाधारणले पनि आआफ्ना छोराछोरीको विवाह सुरु गर्ने चलन रहेकाले आजदेखि मिथिलाका प्रत्येक गाउँठाउँमा सर्वसाधारणले पनि विवाह उत्सव मनाउन थालेका छन् ।

आजका दिन माता जानकी ९सीता०को जन्मभूमि जनकपुरधाममा दर्जनौं वर कन्याले सामूहिक विवाह गर्ने पनि चलन रहेको छ । मिथिलाका विभिन्न गाउँठाउँमा पनि आजका दिन सयौँ जोडीहरुले विवाह गर्ने भएका छन् ।

आजका दिनमा विवाह गरेमा आफ्नो विवाहको सम्झना सधैँ रहिरहने तथा सधैँ भगवान रामचन्द्र र माता सीताको आशीर्वाद प्राप्त भइरहने लोक मान्यता रहेको जलेश्वर नगरपालिका–८ का प्रख्यात पण्डित कालिकान्त झाले बताए ।

महोत्तरी र धनुषाका विभिन्न स्थानमा एक सातासम्म भगवान रामचन्द्र र माता जानकीको विवाहका विभिन्न विधि सम्पन्न गर्ने कार्यक्रमअन्तर्गत आज राजा जनकको नगरी जनकपुरधाममा भगवान रामचन्द्र र माता जानकीको धुमधामका साथ शुभ विवाह ९विवाहपञ्चमी० मनाइँदैछ ।

महोत्तरीको मटिहानीदेखि राजा जनकको राजधानी धनुषाको जनकपुरधामसम्म प्रत्येक वर्ष एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाइने गरेको विवाह पञ्चमी उत्सवको रौनक यसपाली नेपाल र भारतको सम्पूर्ण मिथिला क्षेत्रमा देखिएको छ ।

त्रेतायुगमा अयोध्याका राजा दशरथका छोरा भगवान रामचन्द्र र जनकपुरका राजा जनककी छोरी माता सीताको विवाह यही जनकपुरमा भएको दिनलाई सम्झँदै प्रत्येक वर्ष अयोध्यादेखि जनकपुर जन्ती आउने र विवाह उत्सव सम्पन्न गरिने चलन रहँदै आएको छ । 

सो अवसरमा प्रत्येक वर्ष हजारौँ साधुसन्त, महात्मा, अयोध्यासहित भारतका प्रसिद्ध तथा प्रख्यात मठमन्दिरका महन्त, जोगी, सन्यासी सो विवाह उत्सवमा उपस्थित हुने चलन रहेकामा अहिले लाखौँको सङ्ख्यामा जन्ती जनकपुर आइपुगेका छन् । 

सयौँ रथ, बाजागाजा, नाच तमासा, घोडा, हात्तीसहित जन्ती आउने चलन रहेको र अयोध्याबाट एक सातादेखि जन्ती तथा सर्वसाधारण जनकपुर आएर विवाहपञ्चमीमा सहभागी हुन तयार अवस्थामा रहेका छन् ।

प्रत्येक वर्ष महोत्तरीको मटिहानी हुँदै जन्ती, लावा लस्करसहित एक साता पहिलेदेखि नै जनकपुर जाने गर्दछन् भने मटिहानीस्थित लक्ष्मीनारायण मठमा पनि विशेष पूजा अर्जना गरेर आज जनकपुरका लागि प्रस्थान गरेका छन् ।

रामजानकी विवाह महोत्सवका लागि महोत्तरीको मटिहानीमा अवस्थित लक्ष्मीनारायण मठ अगाडिमै रहेको लक्ष्मी सागरबाटै विवाहको वेदीको माटो खनेर लगिएको छ भने सोही माटोबाट बनाइएको यज्ञवेदीमा आज राति राम सीताको शुभविवाह सम्पन्न हुनेछ । 

अयोध्याबाट आउने जन्तीलाई महोत्तरीको मटिहानीमा स्थानीयले फूल माला, अबिर लगायतले स्वागत गरेका छन् भने जन्ती मटिहानीमा एकरात विश्राम गरेर विवाहपूर्व गरिने मटकोर विधि पनि सोही स्थानमा सम्पन्न गरेको लक्ष्मीनारायण मठका महन्थ रविन्द्रदास वैष्णवले बताए ।  

विवाह पञ्चमीका अवसरमा प्रत्येक वर्ष जनकपुरधाममा पाँचदेखि सात लाखसम्म भक्तजन विवाह पञ्चमी उत्सवमा सहभागिता जनाउने गरेका र यस वर्ष सो सङ्ख्या बढेर १० लाखसम्म पुग्ने अनुमान गरिएको छ । 

विवाहपञ्चमी उत्सवअन्तर्गत यसपाली मङ्सिर २६ गते जनकपुरधाम दर्शन, २७ गते फूलबारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर विधि सम्पन्न भएको छ भने आज स्वयंवर तथा विवाह पञ्चमी ९शुभविवाह० र पुस २ गते राम कलेवा हुने कार्यक्रम तय गरिएको हो । 

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending