रामेछाप । खाँडादेवी गाउँपालिकामा यसै वर्षबाट पाँच शय्याको अस्पताल आफ्नै भवनमा सञ्चालनमा आउने भएको छ । खाँडादेवी गाउँपालिका–५ को गोगनपानीमा निर्माणाधीन गाउँपालिकाको अस्पतालको भवन चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरी सेवा सञ्चालन गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।
अस्पताल भवन निर्माण सम्पन्न गरी यसै वर्षबाट पाँच शय्याको अस्पताल सञ्चालनमा ल्याउने गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । उक्त भवनको सबै काम पूरा हुँदा १५ शय्याको अस्पताल सञ्चालन गर्न सकिने भए पनि यस वर्ष एउटा तलाको काम पूरा गरी कम्तिमा पाँच शय्याको अस्पताल सञ्चालन गरिने उनले बताए । ‘कम्तिमा पाँच शय्याको अस्पताल यस वर्षबाट असस्पतालकै भवनबाट सञ्चालन हुन्छ’, उनले भने ।
अस्पताल भवन निर्माणको लागि गाउँपालिकाले गत वर्ष १ करोड ३० लाख रुपैँया विनियोजन गरेको थियो । तर गतवर्ष सो काम पूरा हुन सकेन । यस वर्ष अस्पताल निर्माणको लागि गाउँपालिकाले सो भवनको लागि ४० लाख रुपैँया विनियोजन गरेको छ । यस वर्ष ५ शय्या सञ्चालन गर्ने गरी काम सम्पन्न गरी त्यहीँबाट सेवा सञ्चालन गर्ने श्रेष्ठले जानकारी दिए ।
अस्पतालको भवन निर्माण सम्पन्न नभएको कारण अहिले सो अस्पतालले दिने सेवा पकरबास स्वास्थ्य चौकीबाट प्रवाह हुँदै आएको छ । सो स्वास्थ्य चौकीबाट चिकित्सक सहितका स्वास्थ्यकर्मीले सेवा प्रवाह गरिरहेका छन् । खाँडादेवी गाउँपालिकामा १३ वटा स्वास्थ्य इकाई छन् । ती स्वास्थ्य इकाइले ९ वटा वडाका नागरिकलाई सेवा दिँदै आएको छ ।
गाउँपालिकाले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न मोबाइल अस्पतालको धारणा समेत ल्याएको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: