खोटाङ । खोटाङको एक विद्यालयमा जम्मा ११ जना मात्र विद्यार्थी रहेको पाइएको छ । उक्त विद्यालयमा दुई जना शिक्षक रहेका छन् ।
यो बिद्यालयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाको साकेला प्राथमिक विद्यालयमा कक्षा ५ सम्म पढाइ हुने गर्छ । उक्त विद्यालयमा कक्षा–२ र कक्षा–३ मा एक–एक जना मात्रै विद्यार्थी छन् । नयाँ शैक्षिक सत्रमा भर्ना हुँदा नै दुईवटा कक्षामा एक–एक जना मात्रै विद्यार्थी भर्ना भएको प्रधानाध्यापक कमलप्रसाद रिजालले बताए ।
उनका अनुसार उक्त विद्यालयमा कक्षा–१ मा पाँचजना, कक्षा–४ र ५ मा दुई–दुई जना विद्यार्थी भर्ना भएका थिए । ‘हाम्रो विद्यालयमा जम्मा विद्यार्थीको सख्या ११ जना हो,’ प्रअ रिजालले भने, नौजना चाहिँ नियमित विद्यालय आइरहेका छन् ।’
साकेला प्राथमिक विद्यालय दरबन्दीका रिजाल मात्रै हुन् । राहतका एकजना शिक्षक रहेका छन् । उनी शान्तिराम राई रहेका छन् । अझ चाखलाग्दो कुरा त के छ भने त्यहाँ कार्यालय सहायक ९पियन०लाई पनि पढाउन लगाउने गरिएको छ ।
प्रअ रिजालका अनुसार प्रशासनिक कामसमेत गर्नुपर्ने भएकाले कोर्स सक्न समस्या हुने गरेको छ । यस्तोमा कार्यालय सहायक पवित्रा राईलाई पनि पढाउन लगाउने गरिएको हो ।
पहाडी इलाका भएकाले बसाइँ सरेर जानेको संख्या सो क्षेत्रमा धेरै छ । विद्यालयसम्म हिँडेर आउन झण्डै दुई घण्टा जति समय लाग्छ । सो क्षेत्रमा खोला–नाला पनि छन् । दाजु–दिदी माथिल्लो कक्षामा पढ्न जान थालेपछि कतिपय साना बालबालिका उनीहरू पनि जान्छन् । वैदेशिक रोजगारीमा जानेहरूका कारण पनि विद्यार्थी संख्यामा असर गरेको प्रअ रिजाल बताउँछन् । ‘आजकल अधिकांशका एकजना मात्रै बच्चा हुन्छ । त्यो पनि सदरमुकाममा राखेर पढाउने गरेका छन् । निजी स्कूलका गाडीहरू गाउँ–गाउँसम्म आउँछन् । त्यसले पनि विद्यार्थीको सख्या कम भएको हो,’ उनले भने ।
अहिले विद्यालयसँग दुईवटा भवन मात्रै रहेका छन् । अहिले अफिस रहेको ढुङ्गा माटोले बनेको दुईकोठे भवनलाई बारेर तीन कोठा बनाइएको छ । एउटा कोठामा अफिस तथा अरु दुईमा कम्प्युटर ल्याब र स्टोर बनाइएको छ ।
दुईकोठे भवनलाई फलामे ट्रस्टले बारेर तीन कोठा बनाइएको छ । त्यहीँ पठन–पाठन गर्ने गरिएको छ । कक्षा–१ का विद्यार्थीलाई एउटा कोठामा पढाइन्छ भने कक्षा–२ र ३ का लाई अर्कोमा । यस्तै कक्षा–४ र ५ का विद्यार्थीलाई एउटा कोठामा राखेर पढाउने गरिएको छ ।
विद्यार्थी थोरै हुन थालेपछि विद्यालय ‘मर्च’को तयारी भइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका शिक्षा शाखाका अधिकृत तीर्थबहादुर विश्वकर्माले बताए । ‘पछि विद्यार्थी बढे भने पुनस्र्थापना गर्ने गरी मर्च गर्ने तयारीमा छौँ,’ उनले भने, ‘हाम्रो नगरकै सबैभन्दा कमजोर सामुदायिक विद्यालय साकेला नै हो । यसर्थ, दरबन्दी कटौती गर्दै शिक्षकलाई अन्यत्र काजमा पठाइरहेका छौ ।’
अधिकृत विश्वकर्माले कार्यालय सहायकलाई पढन पाठनमा लगाएको भए विद्यालयलाई कारबाही गरिने बताए । ‘कक्षा– १ देखि ३ सम्म बहुशिक्षण गर्न पाउने व्यवस्था रहेको छ,’ उनले भने,’ त्यसो गर्दा पठन–पाठनमा कुनै असर हुँदैन । जसले जे काम गर्ने भनेर नियुक्ति गरिएको छ, त्यसले त्यही गर्ने हो ।’
साकेला मात्र होइन बसाइँ सराइ र निजी विद्यालयप्रति अविभावकको आकर्षणका कारण पहाडी जिल्लाका धेरै बिद्यालय बन्द हुने अवस्थामा पुगेका छन् । पढाइको गुणस्तरमा सुधार नगर्दा सामुदायिक विद्यालयहरू बन्द हुने अवस्थामा पुगेको शिक्षा क्षेत्रका जानकारहरू बताउछन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: