Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस भइरहेको छः प्रधानमन्त्री दाहाल

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहार्लप्रचण्ड’ले देशको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस भइरहेको टिप्पणी गरेका छन् । 

शािबार ललितपुरमा आयोजित नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा समापन समारोहलाई  सम्बोधन गर्दे प्रधानमन्त्री दाहाललेदेशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको भन्दै व्यवस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष र प्रतिरोध गर्न आवश्यक रहेको बताएका हुन् । 

‘अहिले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरि संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन् । इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै स्ंस्कृतिहरू समानरूपमा मौलाउन र विकास हुन सक्छन् ।’उनले भने,‘त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।’

उनले नवदुर्गा भवानी देवीको १२ वर्षेे ऐतिहासीक जात्रासमापन घोषणा गर्न पाउँदा गर्व महशुस भएको बताए । 

संघीय लोकतान्त्रिक गणतन्त्रपछि १२ वर्षेे ऐतिहासीक जात्रा समापन गर्ने आफु पहिलो प्रधानमन्त्री भएकाले यो इतिहासमा कहिल्यै पनि नमेटिने उनले दाबी गरे । 

उनले भने,‘नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रामा प्रमुख अतिथिको रुपमा समापन घोषणा गर्ने यो अवसर मिल्यो आफुलाई भाग्यशालि सम्झेको छु । सायद यो इतिहास कहिल्यै पनि मेटिदैन् । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको म पहिलो प्रधानमन्त्री यो ऐतिहासिक जात्रामा समापन मा सहभागि हुने नवदुर्गाको पुजा गर्ने पहिलो प्रधानमन्त्री बन्ने अवसर पाए त्यो खुसीको कुरा हो । ’

प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउनुपर्नेमा जोड दिए । 
उनले विश्वका बिभिन्न देशमा संवद मनाउदा अन्तराष्ट्रिय र राष्ट्रिय दुई वटा नै मनाउने गरेको भन्दै चाँडै नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउने दाबी गरे । 

उनले भने,‘ आज तपाईहरुले भन्नुभएको छ काम काज भाषामा कै रुपमा बागमति र काठमाडौ उपत्यकामा त अहिले कामकाज भाषाको रुपमा नै प्रयोग हुँदै आएको छ । विस्तारै सायद एउटा अन्तराष्ट्रिय संवत् हुन्छ । एउटा राष्ट्रिय संवद हुन्छ । विश्वका बिभिन्न देशमा संवद मनाउदा दुईवटा नै मनाउने गर्छन् । हाम्रो यहाँ पनि सायद राष्ट्रिय संवत् नेपाल संवत् मात्रै हुन्छ भन्ने मैले सुनेको छु । हामी मिल्यौं भने त्यो दिन पनि धेरै टाढा छैन । नेपाल संवत् मात्रै नेपालको राष्ट्रिय संवत् हुन सक्छ ।’

प्रधानमन्त्री प्रचण्डले सातदोबाटो देखि चाँपागाउँसम्मको सडक विस्तार गर्न आवश्यक देखिएको भन्र्दै सरकाले बाटो विस्तारमा पहल गर्ने प्रतिवद्धता जनाए । 

उनले भने, सातदोबाटो देखि चाँपागाउँसम्म मूख्य रुपमा  बाटो त बन्यो तर २२ मिटरको हुनु पर्ने भएको छैन् । त्यो बाटो विस्तारको माग गरिएको छ । यो बाटोमा म आफै जानकार पनि छु  र बाटो विस्तार गर्ने कुरामा मेरो नेतृत्वको सरकारले पहल गर्ने विश्वास सबैलाई दिलाउन चाहन्छु । ’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending