Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस भइरहेको छः प्रधानमन्त्री दाहाल

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहार्लप्रचण्ड’ले देशको संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस भइरहेको टिप्पणी गरेका छन् । 

शािबार ललितपुरमा आयोजित नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रा समापन समारोहलाई  सम्बोधन गर्दे प्रधानमन्त्री दाहाललेदेशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेको भन्दै व्यवस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष र प्रतिरोध गर्न आवश्यक रहेको बताएका हुन् । 

‘अहिले देशमा एकथरि तत्वहरू सांस्कृतिक विविधता, समुदायको पहिचान र अधिकारलाई संस्थागत गरि संविधान तथा लोकतान्त्रिक गणतन्त्रविरूद्ध भ्रम छर्ने दुस्साहस गरिरहेका छन् । इतिहासले र विश्वको अनुभवले के प्रमाणित गरेको छ भने लोकतन्त्रमा मात्रै सबै स्ंस्कृतिहरू समानरूपमा मौलाउन र विकास हुन सक्छन् ।’उनले भने,‘त्यसैले संस्कृति रक्षाका लागि, पहिचान, सम्मान र न्यायमा आधारित समाज निर्माण गर्न अहिलेको व्ववस्था उल्ट्याउन खोज्ने तत्वहरूविरूद्ध संघर्ष गर्ने र जनस्तरबाटै प्रतिरोध आवश्यक छ ।’

उनले नवदुर्गा भवानी देवीको १२ वर्षेे ऐतिहासीक जात्रासमापन घोषणा गर्न पाउँदा गर्व महशुस भएको बताए । 

संघीय लोकतान्त्रिक गणतन्त्रपछि १२ वर्षेे ऐतिहासीक जात्रा समापन गर्ने आफु पहिलो प्रधानमन्त्री भएकाले यो इतिहासमा कहिल्यै पनि नमेटिने उनले दाबी गरे । 

उनले भने,‘नवदुर्गा भवानी देवीको १२ वर्षे जात्रामा प्रमुख अतिथिको रुपमा समापन घोषणा गर्ने यो अवसर मिल्यो आफुलाई भाग्यशालि सम्झेको छु । सायद यो इतिहास कहिल्यै पनि मेटिदैन् । संघीय लोकतान्त्रिक गणतन्त्र आएपछिको म पहिलो प्रधानमन्त्री यो ऐतिहासिक जात्रामा समापन मा सहभागि हुने नवदुर्गाको पुजा गर्ने पहिलो प्रधानमन्त्री बन्ने अवसर पाए त्यो खुसीको कुरा हो । ’

प्रधानमन्त्री प्रचण्डले नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउनुपर्नेमा जोड दिए । 
उनले विश्वका बिभिन्न देशमा संवद मनाउदा अन्तराष्ट्रिय र राष्ट्रिय दुई वटा नै मनाउने गरेको भन्दै चाँडै नेपाल संवत्लाई मात्रै नेपालको राष्ट्रिय संवत् बनाउने दाबी गरे । 

उनले भने,‘ आज तपाईहरुले भन्नुभएको छ काम काज भाषामा कै रुपमा बागमति र काठमाडौ उपत्यकामा त अहिले कामकाज भाषाको रुपमा नै प्रयोग हुँदै आएको छ । विस्तारै सायद एउटा अन्तराष्ट्रिय संवत् हुन्छ । एउटा राष्ट्रिय संवद हुन्छ । विश्वका बिभिन्न देशमा संवद मनाउदा दुईवटा नै मनाउने गर्छन् । हाम्रो यहाँ पनि सायद राष्ट्रिय संवत् नेपाल संवत् मात्रै हुन्छ भन्ने मैले सुनेको छु । हामी मिल्यौं भने त्यो दिन पनि धेरै टाढा छैन । नेपाल संवत् मात्रै नेपालको राष्ट्रिय संवत् हुन सक्छ ।’

प्रधानमन्त्री प्रचण्डले सातदोबाटो देखि चाँपागाउँसम्मको सडक विस्तार गर्न आवश्यक देखिएको भन्र्दै सरकाले बाटो विस्तारमा पहल गर्ने प्रतिवद्धता जनाए । 

उनले भने, सातदोबाटो देखि चाँपागाउँसम्म मूख्य रुपमा  बाटो त बन्यो तर २२ मिटरको हुनु पर्ने भएको छैन् । त्यो बाटो विस्तारको माग गरिएको छ । यो बाटोमा म आफै जानकार पनि छु  र बाटो विस्तार गर्ने कुरामा मेरो नेतृत्वको सरकारले पहल गर्ने विश्वास सबैलाई दिलाउन चाहन्छु । ’

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending