काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले कतार भ्रमणका क्रममा आफूले इजरायलमा बेपत्ता विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाएको बताएका छन् ।
दोहा २१औं फोरममा सहभागिता जनाएर शनिबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै जोशीको रिहाइ, नेपालको विकासमा कतारको सहयोग र नेपालको जलवायुको विषय उठाएको बताए ।
त्यसमा कतार सरकारबाट निकै सकारात्मक जवाफ प्राप्त भएको पनि उनको भनाइ थियो । उनले भने, ‘नेपालको विकासमा कतारको सहयोगलाई निरन्तरता दिन नेपाली नागरिकहरुलाई सुरक्षित रोजगारीका थप अवसरहरु उपलब्ध गराउन, नेपालको जलवायु लगायतका क्षेत्रमा कतारको लगानी अभिवृद्धि गर्न, हमास समूहको अपहरणमा परि बन्धक बनाइएका विपिन जोशीको कुशल रिहाइमा कतार सरकारको थप सहयोग र समन्वय लगायतका विषयमा छलफल गरेको छु । यी विषयहरुमा कतार सरकारबाट निकै सकारात्मक जवाफ प्राप्त भएको छ ।’
यस्तै, उनले दोहा पुगेकै दिन नेपाली दूतावासको स्थलगत अवलोकन गरि सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएको जानकारी पनि गराए । उनले भने, ‘दोहा पुगेको दिन त्यहाँ नेपाली दूतावासको अवलोकन गरेर दूतावासको कार्यप्रगति एवं समस्या र चुनौतीहरुका बारेमा जानकारी लिएको छु । दूतावासको कार्यसम्पादन थप प्रभावकारी बनाएर सेवाग्राहीहरुलाई सहज तरिकाले सेवा प्रदान गर्न निर्देशन दिएको छु । त्यहाँ गएर जलवायु परिवर्तनका कारण नेपालले सामना गर्नुपरेका समस्याहरुको न्यूनीकरणका लागि नेपालले आफ्नो तर्फबाट चालेका कदमहरुका बारेमा जानकारी गराएँ ।’
परराष्ट्रमन्त्री साउद दोहा २१औं सम्मेलनमा सहभागी हुन गत शनिबार कतार एयरलाइन्सको विमानबाट दोहा गएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: