कञ्चनपुर । कञ्चनपुरमा लुकाएर राखेकी एक बालिकाको उद्धार गरिएको छ। भीमदत्त नगरपालिका–१० जिमुवाबाट करिब १५ वर्षीया बालिकाको उद्धार गरिएको हो।
माइती नेपाल कञ्चनपुरले भारतको उत्तराखण्डकी बालिकाको उद्धार गरेको हो । एक हप्ताअघि घरबाट बेपत्ता भएकी ती बालिकाका आफ्न्तले खोजीकार्य गर्दा पनि फेला नपरेपछि प्रहरी र विभिन्न संघसंस्थामा निवेदन दिएका थिए । भारतीय प्रहरी र संघ–संस्थाले खोजतलासका लागि माईती नेपाल कञ्चनपुरलाई आग्रह गरेका थिए।
माइती नेपाल कञ्चनपुरले आफ्नो नेटवर्क मार्फत शंकास्पद क्षेत्रबाट सूचना संकलन र प्रमाणीकरण गरेपछि जिल्ला प्रहरी कार्यालयसँगको समन्वय र सहकार्यमा भीमदत्त नगरपालिका–१० जिमुवाको एक जना टमाटा थरका ब्यक्तिको घरमा छापा हानेर बालिकाको सकुशल उद्धार गरिएको हो ।
ती बालिकालाई पिथौरागढको एक होटलमा काम गर्ने लक्ष्मण टमाटाले ललाईफकाई जिमुवा बस्ने आफ्नो ठुलो बुवाको घरमा लुकाएर राखेका थिए। उद्धारपछि बालिकालाई पारिवारिक पुनर्मिलनका लागि मानव बेचबिखन तथा ओसारपसार बिरुद्ध कार्यरत भारतीय संस्था रिड्सको जिम्मा लगाएको माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले बताइन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: