इलाम । इलामको किटेनीमा बन्दकर्ताद्धारा पराल बोकेको पिकअपमा आगजनी गरेका छन् । बन्दकर्ताले शनिबार साझ इलामको रोङ गाउँपालिका ४ किटेनीमा पराल बोकेको पिकअपमा आगजनी गरेका हुन् ।
झापाबाट पराल लिएर इलामको तारगाउँ आउदै गरेको मे १ ज ११४० नम्बरको पिकअपलाई बन्दमा चलाएको भन्दै बन्दकर्ताले रोकेर आगजनी गरेका प्रत्यक्षदर्शीले बताए । बन्दकर्ताले चालकलाई ओराली पिकअपमा आगो लगाएको स्थानीयले बताएका छन् । बन्दकर्ताले आगो लगाउदा पिकअप जलेर काम नदिने भएको छ ।
मेची राजमार्गमा बन्दकर्ताले दिन भर बिभिन्न ठाउँमा यातयात अवरुद्ध गरेका थिए । बन्दको समयमा मेची राजमार्गमा कुनै सुरक्षाको ब्यवस्था नभएको यातायत ब्यवसायीले जनाएका छन । आन्दोलनको क्रममा पक्राउ परेका नेता तथा कार्यकर्ताको रिहाइको माग गर्दै पहिचानवादी मोर्चाले शनिबार र आइतबार दुईदिन आह्वान गरेको कोशी प्रदेश बन्दको प्रदेशभर आंशिक प्रभाव देखिएको छ ।
प्रहरीले हाल सम्म विभिन्न ठाउँबाट यातायात बन्द गराउँदै हिँडेका नौ जना पहिचानवादी आन्दोलनकारीलाई पक्राउ गरेको छ । राष्ट्रीय जनमुक्ती पार्टी (सुनसरी सचिव) संघर्ष समिति सचिवालय सदस्य सिवहाङ राई, जसपा धरान १५ का अध्यक्ष हरि राई, जसपा युवा संघ सुनसरी अध्यक्ष करूण राई, जसपा धरान सह–सचिव सुमन चेम्जोङ लिम्बू र किरात राई यायोख्खा सुनसरी सह–सचिव शम्भु राई धरानबाट पक्राउ परेका हुन् ।
यसैगरी झापाको कमल गाउँपालिका–३ केर्खामा यातायात बन्द गर्न खोज्ने संघीय लोकतान्त्रीक मञ्च नेपालमा आबद्ध ईलाम चुलाचुलीका ध्रुव लावती, सिवसताक्षी नगरपालिका–७ का लिम्बुवान कार्यकर्ता उदयशिगु लिम्बू, नेपाल तामाङ घेदुङ संघ प्रदेश सदस्य जस कुमार तामाङ र संघीय लिम्बुवान चुलाचुली अध्यक्ष नरेन्द्र लिम्बु झापाबाट पक्राउ परेका हुन् ।
नेकपा एमालेको संकल्प यात्रा बिथोल्न खोजेको आरोपमा पक्राउ परेका कार्यकर्ता रिहाइको माग गर्दै पहिचानवादी आन्दोलनकारीले आह्वान गरेको बन्दले प्रदेशको पहाडी क्षेत्रको जनजीवन प्रभावित भएको छ । प्रहरीले भने बन्दको प्रभाव आंशिक मात्रै रहेको जनाएको छ ।
कोशी प्रदेशका प्रहरी प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार बन्दको प्रभाव आंशिक छ । यातायातका साधनहरु केहि कम भएपनि सबैतिर चलेको उनले बताए ।
पक्राउ परेका आफ्ना ३५ जना नेता, कार्यकर्ताहरुको रिहाईको माग गर्दै प्रदेश १ पुनः नामाकंन संयुक्त संघर्ष समितिले शनिबार र आइतबार प्रदेशभर यातायात बन्दको घोषणा गरेको छ । बन्दका कारण पहाडी जिल्लाहरुमा यातायातका साधन चल्न नसकेको बताइएको छ ।
धरानको भानुचोकस्थित बसपार्क क्षेत्रबाट पहाडी जिल्लामा जाने लामो दुरीको सवारी साधनहरु चलेनन् । बन्दकर्ताहरु भानुचोक क्षेत्रमा केन्द्रीत भएर मुख्य चोक ठप्प बनाएका थिए । साना तथा निजी सवारीहरु भने निर्वाध चलेका छन् । पूर्व पश्चिम राजमार्गमा सवारी साधन अरुबेला भन्दा केही पातलो चलेका थिए ।
मंसिर २६ मा कोशी प्रदेश प्रवेश गर्ने एमालेको यात्रा रोक्न सोही दिन पक्राउ परेका पूर्वमन्त्री गोपाल किराँती, झापाका पाण्डवलाल चौधरीसहितका ३५ जनाको विनाशर्त रिहाइको माग गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: