बैतडी । त्रिपुरा क्रिकेट क्लब बैतडीमा जारी बिडिसिए कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा त्रिपुराले पाटन क्रिकेट क्लबलाई सात रनले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
दशरथचन्द क्रिकेट मैदानमा भएको उक्त खेलमा त्रिपुराले ३० दशमलव तीन ओभरमा सवै विकेट गुमाउँदै पाटनसामु जितका लागि एक सय ९५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । त्रिपुराका लागि लोकेन्द्र थापाले ५० रन बनाउनुभयो । जवाफी ब्याटिङमा उत्रेको पाटनले ३३ दशमलव एक ओभरमा सवै विकेट गुमाएर एक सय ८८ रन मात्र बनाउन सक्यो । पाटनका लागि मधुर विष्टले ५० रन बनाए ।
चार विकेट लिएका त्रिपुराका जयसिंह धामी म्यान अफ दी म्याच घोषित भए । उनलाई सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले पुरस्कार प्रदान गरे । उनले प्रदेश सरकारले खेलकुदलाई प्राथमिकतामा राखेको बताए ।
बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही मङ्सिर १६ गतेदेखि सुरु भएको सो प्रतियोगिता आगामी पुस ४ गतेसम्म चल्ने छ । प्रतियोगिताको विजेतालाई रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेतालाई रु ३५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि खेलाडी छनोट गर्न प्रतियोगिता आयोजना गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ८ गते, २०८२ - १६:४६
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री सुशीला कार्कीले तीन दलका शीर्ष नेतासँग छलफल गरेका छन्। छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्म...
पौष ८ गते, २०८२ - १६:३३
काठमाडौं । जाँचबुझ आयोगले तीन जनाको स्थानहद फुकुवा गरेको छ। आयोगले मंगलबार पत्र पठाउँदै तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका आईजीपी चन...
पौष ८ गते, २०८२ - १६:०४
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शीतल निवास पुगेका छ...
पौष ८ गते, २०८२ - १५:५४
सिन्धुली। सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँट निवासी ३२ वर्षीया सुशीला बम्जनको हत्यामा संलग्न रहेको आशङ्कामा दुई जनालाई पक्राउ गरी घटनाको थप अनुस...
पौष ८ गते, २०८२ - १५:४१
काठमाडौँ । जेनजी आन्दोलनका घटनाको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई बयानका लागि उपस्थित हु...
पौष ८ गते, २०८२ - १५:३७
काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी कार्यालयको सरकारी टोलीले अनुगमन गरेको छ। सरकारद्वारा गठित र...
पौष ८ गते, २०८२ - १५:०३
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमुख तीन दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि सहभागी हुने भएकी छन्।...
पौष ८ गते, २०८२ - १४:५६
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले नयाँ र वैकल्पिक भनिएका सबै राजनीतिक शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको ब...
पौष ८ गते, २०८२ - १४:४४
काठमाडौं । नेकपा एमालेले चुनावी वातावरण तयार पार्न सरकारसँग आग्रह गरेको छ। मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सरकारी टोलीसँग भेट्दा महासचिव शं...
पौष ८ गते, २०८२ - १४:३१
नेपालगन्ज। बाक्लो शीतलहर तथा कुहिरोका कारण भिजिबिलिटी नपुग्दा मङ्गलवार दिउँसोसम्म नेपालगन्ज विमानस्थलबाट कुनै हवाइ उडान हुन सकेन । नागरिक उड्डयन क...




प्रतिकृया लेख्नुहोस्: