Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

मेलम्चीको पानी ल्याउन माग गर्दै काठमाडौँवासी आन्दोलित

खबरडबली संवाददाता

काठमाडौं । मेलम्चीको पानी छिटोभन्दा छिटो उपलब्ध गराउन सरकारलाई दबाब दिन काठमाडौं उपत्यकाका नागरिक आन्दोलित भएका छन् ।  मेलम्चीको पानी ल्याउन सरकारले तदारुकता नदेखिएको भन्दै उनीहरूले आन्दोलन थालेका हुन् ।

काठमाडौँ उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण गत असार ७ गतेदेखि ठप्प  रहेको छ । आयोजना शुरूआत भएको २२ वर्षपछि २०७७ चैत १५ मा पहिलो पटक मेलम्चीको पानी काठमाडौंमा वितरण गरिएको थियो। 

काठमाडौंका ३२ वटै वडाको प्रतिनिधित्व हुनेगरी मेलम्ची खानेपानी संघर्ष समिति बनाएर आन्दोलन थालेको कोटेश्वरका स्थानीय हरि गौतमले बताए । विभिन्न चरणमा खानेपानीमन्त्री, अर्थमन्त्री तथा सरकारका प्रतिनिधिसँग भेटवार्ता र छलफल गर्दा आश्वासन मात्र पाएको, तर मेलम्चीको पानी आउने छाँटकाँट नदेखिएपछि सडकमा उत्रिनु परेको उनको भनाइ छ। पुस २ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रिने गौतमले बताए।

झन्डै ३५ अर्ब रुपैयाँ खर्चेर निर्माण सम्पन्न गरिएको आयोजनाबाट पानी नआएपछि गौतम सहितका स्थानीयले अर्थमन्त्री डा। प्रकाशशरण महत र खानेपानीमन्त्री महेन्द्र राय यादवलाई गत मंसिर १२ मा सिंहदरबारमै भेटेर एक हप्ताको ‘अल्टिमेटम’ दिएका थिए। 

उपभोक्ताको अल्टिमेटमपछि खानेपानीमन्त्री यादवले मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा स्थलगत निरीक्षणसमेत गरेका छन्। तर बाढीले संरचनामा क्षति पुर्‍याएका कारण मेलम्चीको पानी कहिले आउँछ भन्न सक्ने अवस्था नरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। 

“झन्डै चार दशक व्यतीत गरेको, नेपाली जनतालाई अर्बौंको ऋणको भारी बोकाएको, सरकारको राष्ट्रिय प्राथमिकता प्राप्त सूचीमा रहेको यो आयोजना अहिले आएर सरकारकै उपेक्षामा परेको देखिन्छ र कागजी रूपमा मात्र प्राथमिकता सूचीमा रहेको प्रष्ट हुन आउँछ,” संघर्ष समितिले जारी गरेको ध्यानाकर्षण पत्रमा भनिएको छ “अहिले यो आयोजना सम्बन्धित कर्मचारी र राज्य संयन्त्रका लागि दुहुनो गाईसरह भएको छ र ४० लाखभन्दा बढी जनताका लागि हात्ती आयो हात्ती फुस्सा सरह भएको छ।”

उनीहरूले सम्भावित बाढीबाट हेडबक्स सुरक्षार्थ भन्दै बन्द गरिएको आयोजना वर्षायाम सकिएको दुई महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउने सुरसार नगरिएको भन्दै आपत्ति जनाएका छन् । २०७७ सालमै उद्घाटन भइसकेको आयोजनाका लागि ११ करोड बजेट छुट्टयाइएको प्रति पनि उपभोक्ताले आर्थिक चलखेलको आशंका व्यक्त गरेका छन्।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending