काठमाडौं । रातिको समयमा मदिरा सेवन गरी एम्बुलेन्स चलाउने चालकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति प्र१ ०२ ००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी जिल्ला दुहवी ४ का २८ वर्षीय सुनिल राजवंशीलाई मदिरा सेवन गरी एम्बुलेन्स चलाएको भेटिएपछि नियन्त्रणमा लिइएको हो।
उनलाई नियन्त्रणमा लिने क्रममा अभद्र व्यवहारसमेत गरेको हुँदा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय मोरङबाट अभद्र व्यवहार कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यस्तै को १ च ४१५८ नम्बरको एम्बुलेन्स चालक मोरङ जिल्ला रतुवामाई नगरपालिका ५ बस्ने वर्ष २९ को सफल मुर्मु सतारले मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाई को २५ प २३६८ नम्बरको स्कुटरलाई ठक्कर दिनुका साथै अन्य मोटरसाइकल र पसलको सटरमा समेत क्षति पुर्याएको पाइएपछि पक्राउ गरी उनलाई पनि अभद्र व्यवहार कसुर अन्तर्गत अनुसन्धानपछि जिल्ला प्रशासन कार्यालय मोरङबाट १० हजार धरौटी माग गरिएको छ।
एम्बुलेन्स जस्तो संवेदनशील सेवामासमेत मादक पदार्थ एवं लागु पदार्थ सेवन गरी सवारी चलाई बिरामी र सडक प्रयोगकर्ताहरूलाई जोखिम पुर्याउने प्रवृति देखिएकोले सो लाई नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय मोरङले शून्य सहनशिलताको नीति अख्तियार गर्दै कानुनको दायरामा ल्याउने अभियान सञ्चालन गरेको छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: