मंसिर २९ गते, २०८० शुक्रवार 15th December, 2023 Fri१५:४३:१० मा प्रकाशित
खबरडबली संवाददाता
बागलुङ । बागलुङका १० वटै पालिकामा यतिबेला राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
कुनै पालिकाले पाँचौँ पटक गर्दै छन्, त कुनैले छैटौँ पटक प्रतियोगिता सञ्चालन गरिरहेका छन् । खास गरी माध्यमिक तहमा पढ्ने बालबालिका प्रतियोगितामा सहभागी हुन्छन् र आफ्नो प्रतिभा प्रस्फुटन गर्छन् ।
जिल्लाका धेरै विद्यालयमा खेल मैदानको अभाव छ । तर पनि विद्यार्थी बारीको कुना, सडक र साँघुरा ठाउँमा खेल खेल्दै आएका छन् । धेरै ठाउँका विद्यार्थी मध्यपहाडी लोकमार्गमा बढी खेल्ने गरेको पाइन्छ । खेल्नका लागि राम्रो खेल मैदान नहुँदा लोकमार्गमै खेल खेल्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।
बागलुङमा अहिलेसम्म पनि व्यवस्थित खेल मैदान नहुँदा यहाँका हजारौँ बालबालिका र खेलाडीलाई खेल्ने र सिक्ने वातावरण राम्रो छैन । यद्यपि बागलुङबाट राष्ट्रियस्तरका खेलाडी धेरै उत्पादन भएका छन् । जिल्ला सदरमुकामस्थित बाङ्गेचौर खेल मैदान, तमानखोलाको तमान मिनी रङ्गशाला र बुर्तिबाङमा रहेको उत्तर गङ्गा माविको खेल मैदान बाहेक अन्य ठाउँमा पर्याप्त खेल्ने ठाउँ छैन ।
जिल्लाका सबै पालिकामा व्यवस्थित खेल मैदान हुनुपर्ने हो तर सरोकारवाला निकायले खेल क्षेत्रलाई उपेक्षामा पारेको खेलाडीहरुको गुनासो छ । हरेक वर्ष पालिकाले सञ्चालन गर्ने राष्ट्रपति रनिङ शिल्डलगायतका प्रतियोगितात्मक कार्यक्रम कि सडकमा कि विद्यालयको प्राङ्गणमा गर्दै आएका छन् । जसले गर्दा सडकमा दुर्घटना हुने जोखिम बढेको छ भने विद्यालयमा पढाई रोकेर कार्यक्रम गर्नुपर्ने अवस्था छ ।
हरेक वर्ष पालिकाले सञ्चालन गर्ने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दा खेल मैदानको अभाव भोग्दै आए पनि व्यवस्थापन गर्नतर्फ चासो दिएका छैनन् । विद्यालय र गाउँपालिकामा व्यवस्थित खेल मैदान नहुँदा वर्षौँदेखि आफूहरु सडकमै खेल खेल्ने र अभ्यास गर्ने गरेको निसीखोला गाउँपालिका–५का बिमल घर्ती मगरले बताए । उनले विद्यालयले दौड, कबड्डीलगायतका खेल लोकमार्गमा खेलाउने गरेको भन्दै समय समयमा विद्यार्थीहरु लडेर चोटपटक लाग्ने गरेको सुनाए ।
उनले भने, “विद्यालयको खेल मैदान बाहेक अन्य ठाउँमा पनि व्यवस्थित खेल मैदान हुनुपर्ने हो, तर कतै पनि छैन, हाम्रो निसीखोलामा धेरै मेला महोत्सव लाग्छन्, ती मेला महोत्सव सबै विद्यालयमा लाग्ने गर्छन्, त्यसले गर्दा धेरै दिन विद्यालय बन्द हुन्छ, मेलाले गर्दा पढाइँ रोकिने समस्या धेरै वर्ष पहिले देखियो, स्थानीय सरकार छ, तर अहिलेसम्म राम्रो खेल मैदान बनाउन सकेको छ, खेल क्षेत्रको विकासका लागि लगानीसमेत गरेको पाइँदैन ।”
निसीखोला गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले अहिलेसम्म पालिकामा खेल मैदान निर्माण नभएको जानकारी दिए । यस वर्ष गाउँपालिका–७ को नरसिंहकोटमा पालिकास्तरीय खेल मैदान बनाउने गरी निर्णय गरेको भन्दै आगामी वर्ष बजेट विनियोजन गरेर निर्माण गर्ने गौतमको भनाइ छ । खेल क्षेत्रको प्रवद्र्धनका लागि पालिकाका विभिन्न ठाउँमा खेल मैदान आवश्यक रहेको छ निर्माणका लागि योजना बनाएको उनले बताए ।
जिल्लाको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका, जैमिनी नगरपालिकामा पनि व्यवस्थित खेल मैदान बन्न सकेका छैनन् । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले पालिकाको ग्रामीण क्षेत्रमा खेल मैदान भए पनि बजार आसपासमा नभएको बताए ।
बजार क्षेत्रमा जग्गा व्यवस्थापन गर्न समस्या भएको हुँदा विद्यालयमै कार्यक्रम गर्दै आएको उनको भनाइ छ । नगरपालिका–१ दुदिलाभाटी, वडा नम्बर ८ को काँडबास र वडा नम्बर ११ को रिघामा खेलमैदान रहेको भण्डारीले बताए ।
“गलकोट नगरपालिकामा खेल मैदान नभएका होइनन्, गाउँका केही ठाउँमा छन्, तर पालिकास्तरीय कार्यक्रम गर्नु पर्दा बजारमै खेल मैदान नहुँदा नजिकका विद्यालयमा गर्ने गरेका छन्, यस क्षेत्रमा धेरै युवा र बालबालिका भलिबल खेलप्रति बढी चासो देखाउने गरेका छन्, त्यसले गर्दा जग्गा पाइने ठाउँहरुमा खेल मैदान बनाउने गरी काम गरेका छौँ” उनले भने, “विद्यालयमा पनि व्यवस्थित खेल मैदानको जरुरी हुन्छ, नगरपालिकाले साँघुरा र अप्ठ्यरा मैदानलाई व्यवस्थित बनाउने तयारीमा छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...
प्रतिकृया लेख्नुहोस्: