Khabar Dabali ३० फाल्गुन २०८२ शनिबार | 14th March, 2026 Sat
Investment bank

ह्वात्तै बढ्यो सुरक्षित गर्भपतन गराउनेको संख्या

खबरडबली संवाददाता

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय सुरक्षितरुपमा गर्भपतन सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । तोकिएका सरकारी स्वास्थ्य संस्थामा उक्त सेवा निःशुल्क र गर्भपतन गराउनेको परिचयसमेत गोप्य राखिन थालिएपछि यो सेवा लिनेको सङ्ख्यामा वृद्धि हुँदै गएको हो । 

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका सूचना अधिकृत खगेन्द्रसिंह कार्कीले गत आर्थिक वर्ष २०७९/८० मा जिल्लामा दुई हजार पाँच सय २२ महिलाले यो सेवा लिएको बताए । कञ्चनपुर प्रहरीले पनि केही समययता अवैध गर्भपतनलगायत स्वास्थ्य क्षेत्रमा बिना अनुमति सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक बन्द गराउन थालेपछि सरकारी स्वास्थ्य संस्थामा गएर सेवा लिने सेवाग्राहीको सङ्ख्यामा वृद्धि भएको हो । 

स्वास्थ्य कार्यालयका अनुसार चालु आवको हालसम्म यहाँ आठ सय ९५ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । “मासिक दुई सय २० भन्दा बढी सेवाग्राही यो सेवा लिन आएको पाइएको छ”, सूचना अधिकृत कार्कीले भनेयो, “कञ्चनपुरमा पनि प्रादेशिक अस्पतालदेखि सरकारी केही स्वास्थ्य संस्थाबाट यो सेवा लिने व्यवस्था गरिएको छ ।” 

नेपाल परिवार नियोजन सङ्घ कञ्चनपुरका कार्यालयका प्रमुख उद्धव भट्टले पछिल्लो समय स्वास्थ्य संस्थामा सेवा पुगेसँगै सेवाग्राहीको सङ्ख्यामा वृद्धि हुँदै गएको बताए । “पहिला निश्चित ठाउँ भएकाले परिवार नियोजन सङ्घमा मासिक एक सयभन्दा बढी सेवाग्राही पुग्थे”, उनले भने, “हामीकहाँ औषधि र औजार विधिबाट यो सेवा प्रवाह गरिरहेका छौँ ।” उनले मासिक ३५ देखि ४० सेवाग्राही सेवा लिन आउने गरेको बताए । सेवा लिन आउनेमध्ये अधिकांशले औषधि विधि रोज्ने गरेको   जानकारी दिए ।

कञ्चनपुरमा परिवार नियोजन सङ्घले सन् २००८ देखि यो सेवा दिँदै आएको कार्यालय प्रमुख भट्टको भनाइ छ । स्वास्थ्य कार्यालयले भने सतप्रतिशत सेवाग्राही अझै सरकारी स्वास्थ्य संस्थामा आइनसकेको जनाएको छ । “अझै पनि लुकीछिपी अवैधरुपमा मेडिकल र भारतमा गएर पनि गर्भपतन गराउने पनि छन्”, सूचना अधिकृत कार्कीले भने, “अवैध तरिका अपनाउँदा ज्यान जोखिममा पर्न सक्छ ।”

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरानका १० उच्च अधिकारीको सुराकी दिनेलाई अमेरिकाले एक करोड डलर इनाम दिने

काठमाडौँ । अमेरिकाले इरानका नवनियुक्त सर्बोच्च नेता मोजतबा खामेनीसहित १० शीर्ष इरानी अधिकारीहरुको टाउकोमा मोल तोकेर सूचना जारी गरेको छ । अमेरिकाको ...

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ । नगरका नौवटै वडामा एकसाथ शुक्रबार चार हजार ६१७ बालबालिका र किशोरकिशोरी...

अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान

भोजपुर । भोजपुरका किसान यतिबेला अकबरे खुर्सानी रोपाइँमा व्यस्त भएका छन् । यो समयमा रोपिएको खुर्सानीले तुलनात्मक रूपमा छिट्टै उत्पादन दिने भएकाले किसान...

​ यस्तो छ आज फलफूल र तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रत...

एमालेद्वारा साँगुरीगढी उपाध्यक्षलाई साधारण सदस्य नरहने गरी कारबाही

धनकुटा । नेकपा एमाले धनकुटाले साँगुरीगढी गाउँपालिका उपाध्यक्ष मुना राईलाई साधारण सदस्य नरहने गरि कारबाही गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा अन्त...

क्यान्सर उपचारमा अनुभव आदानप्रदान

बाँके । क्यान्सर रोग उपचारका नवीन प्रविधिबारे नेपालगञ्जमा नेपाल र भारतका चिकित्सकबीच अनुभव आदान–प्रदान गरिएको छ । भारतको लखनउस्थित म्याक्स सुपर स्प...

पोलको मर्मत तथा नयाँ जडान गर्न काठमाडौँका यी स्थानमा आज काटिँदैछ बिजुली

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज विद्युत् कटौती गर्ने भएको छ ।   प्राधिकरणले एक सूचना प्रकाशित गरी, गोठाटार र ...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ ।...

सात करोडको अस्पताल सुनसान, मुस्ताङबासी उपचारका लागि भौतारिँदै

भवन बन्यो, सेवा आएन: लोमान्थाङ अस्पताल अलपत्र

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर । कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का किसानलाई आज अनुदानमा मिनी पावर टिलर वितरण गरिएक...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: