Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

महंगिएपछि भान्छामा प्याजको खपत घट्दै

गरिबका लागि प्याज किन्नु र सुन किन्नु उस्तै

खबरडबली संवाददाता

काठमाडौं  । मासु होस् वा अन्य तरकारी प्याज हालेर पकाउँदाको स्वादै बेग्लै । प्याज नहाली तरकारी नपकाउने बानी परेकाहरु यतिबेला साँच्चै समस्यामा परेका छन् । प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा पाइरहेको प्याजको मूल्य दुई महिनायता बढेर १२० देखी १८० रुपैयाँ पुगेको छ ।

त्यसको मारमा प्याज मिसाएर तरकारीको मिठास लिन सिपालु गृहिणीहरु बढी परेका छन् । मूल्य वृद्धिको मार भने सबै उपभोक्ताहरुले समान रुपमा लिइरहेका छन् ।

प्याजको महंगिएपछि बजारमा प्याज किन्नेहरुले परिणाम घटाइरहेका छन् । घरमा खपत पनि क्रमश घटाउँदै गएका छन् ।  बजारमा तरकारी किन्न पुगेका गृहिणीहरु  प्याज नकिनी फर्कने गरेका छन् । प्याज नहाली तरकारी नबनाउने उनीहरु अहिले थोरै प्याज हालेर काम चलाउन थालेका छन् । 

दसैंसम्म प्याजको मूल्य ठिकै भएपनि त्यसपछि आम सर्वसाधारणले उपभोग गर्न सक्ने अवस्था भन्दा मूल्य बाहिर पुगेको कारण पनि अहिले प्रत्यक घरमा प्याज बिनाको तरकारी पाक्न थालेको हो ।

अधिकांश गृहिणीहरु बजार बाट प्याज नलिई फर्कने गरेको ब्यापारीहरु बताउँछन् । प्याज किन्ने पैसाले चार छाक तरकारी खान पुग्ने भएकोले तरकारीमा प्याज प्रयोग गर्नेहरु पनि प्याज नै नकिनी फर्कने गरेका छन् ।

अहिले बजारमा हरीयाे तरकारीको मूल्य सस्तिएको छ । अरु तरकारीको मूल्य घट्दा प्याज किनिसक्नु छैन, प्याज किन्नु र सुन किन्नु गरिबका लागि उस्तै भएको छ ।  त्यसैले त कतिपयले प्याज प्रयोग गर्नु भन्दा अरु तरकारीमै जोड दिएको पाइन्छ ।

एकातिर आर्थिक मन्दी र अर्कोतिर दैनिक उपभोग्य वस्तु मूल्यवृद्धिको असरले समस्या पारिरहेको उपभोक्ताहरु बताउँछन् ।

नेपाल सरकारले प्याज उत्पादनमा आत्मनिर्भर बन्ने भन्दै आयातमा कडाइ गरेको छ । प्याज बिक्रीमा नेपाल सरकारले मूल्य अभिवृद्धि कर लगाएको छ । जसले गर्दा नेपालमा प्याज महंगिएको हो । भारत सरकारले पनि प्याज निर्यातमा कडाइ गरेको जसले गर्दा प्याजको मूल्य बढ्दै गएको छ ।

अहिले भारतबाट प्याजको आयत कम भएको र भन्सार कर वृद्धी भएको कारण प्याज बजारमा ल्याएर बेच्ने अवस्था घटेको थोक व्यापारीहरु बतायँछन । नेपालकै अन्य स्थानहरुबाट प्याज किनमेल गरी विराटनगर बजारमा बेच्ने गरेको उनले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending