काठमाडौं । मासु होस् वा अन्य तरकारी प्याज हालेर पकाउँदाको स्वादै बेग्लै । प्याज नहाली तरकारी नपकाउने बानी परेकाहरु यतिबेला साँच्चै समस्यामा परेका छन् । प्रतिकिलो ४० देखि ४५ रुपैयाँमा पाइरहेको प्याजको मूल्य दुई महिनायता बढेर १२० देखी १८० रुपैयाँ पुगेको छ ।
त्यसको मारमा प्याज मिसाएर तरकारीको मिठास लिन सिपालु गृहिणीहरु बढी परेका छन् । मूल्य वृद्धिको मार भने सबै उपभोक्ताहरुले समान रुपमा लिइरहेका छन् ।
प्याजको महंगिएपछि बजारमा प्याज किन्नेहरुले परिणाम घटाइरहेका छन् । घरमा खपत पनि क्रमश घटाउँदै गएका छन् । बजारमा तरकारी किन्न पुगेका गृहिणीहरु प्याज नकिनी फर्कने गरेका छन् । प्याज नहाली तरकारी नबनाउने उनीहरु अहिले थोरै प्याज हालेर काम चलाउन थालेका छन् ।
दसैंसम्म प्याजको मूल्य ठिकै भएपनि त्यसपछि आम सर्वसाधारणले उपभोग गर्न सक्ने अवस्था भन्दा मूल्य बाहिर पुगेको कारण पनि अहिले प्रत्यक घरमा प्याज बिनाको तरकारी पाक्न थालेको हो ।
अधिकांश गृहिणीहरु बजार बाट प्याज नलिई फर्कने गरेको ब्यापारीहरु बताउँछन् । प्याज किन्ने पैसाले चार छाक तरकारी खान पुग्ने भएकोले तरकारीमा प्याज प्रयोग गर्नेहरु पनि प्याज नै नकिनी फर्कने गरेका छन् ।
अहिले बजारमा हरीयाे तरकारीको मूल्य सस्तिएको छ । अरु तरकारीको मूल्य घट्दा प्याज किनिसक्नु छैन, प्याज किन्नु र सुन किन्नु गरिबका लागि उस्तै भएको छ । त्यसैले त कतिपयले प्याज प्रयोग गर्नु भन्दा अरु तरकारीमै जोड दिएको पाइन्छ ।
एकातिर आर्थिक मन्दी र अर्कोतिर दैनिक उपभोग्य वस्तु मूल्यवृद्धिको असरले समस्या पारिरहेको उपभोक्ताहरु बताउँछन् ।
नेपाल सरकारले प्याज उत्पादनमा आत्मनिर्भर बन्ने भन्दै आयातमा कडाइ गरेको छ । प्याज बिक्रीमा नेपाल सरकारले मूल्य अभिवृद्धि कर लगाएको छ । जसले गर्दा नेपालमा प्याज महंगिएको हो । भारत सरकारले पनि प्याज निर्यातमा कडाइ गरेको जसले गर्दा प्याजको मूल्य बढ्दै गएको छ ।
अहिले भारतबाट प्याजको आयत कम भएको र भन्सार कर वृद्धी भएको कारण प्याज बजारमा ल्याएर बेच्ने अवस्था घटेको थोक व्यापारीहरु बतायँछन । नेपालकै अन्य स्थानहरुबाट प्याज किनमेल गरी विराटनगर बजारमा बेच्ने गरेको उनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: