Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

जनताका समस्या पहिचान गर्न एमालेको सङ्कल्प यात्रा

खबरडबली संवाददाता

भोजपुर ।  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जनताका समस्या पहिचान गर्न आफ्नो पार्टीले ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ सञ्चालन गरेको बताएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राका क्रममा आज पौवादुङमा गाउँपालिका पुगेका उनले यस्तो बताएका हुन् ।

मध्यपहाडी क्षेत्रका जनताबाट आएका माग तथा सुझावलाई सङ्कलन गरिएको बताउँदै अध्यक्ष ओलीले नागरिकका आवश्यकताका आधारमा भावी योजना तयार गरिने बताए । मध्यपहाडी क्षेत्रमा धेरै उत्पादनशील तथा सम्भावना बोकेका क्षेत्र रहेकाले आएका मागका आधारमा जनताको जनजीवनसँग जोडिएका विषयमा एमालेले ध्यान दिने प्रतिबद्धता  व्यक्त गरे । 

“जनताका समस्या पहिचानका लागि एमालेले यो यात्रा तय गरेको हो”, अध्यक्ष ओलीले भने, “हामीले जनताका तर्फबाट आएका धेरै मागपत्र लिएका छौँ । जनतालाई केन्द्रमा राखेर उनीहरूको समृद्धिका निम्ति भावी योजना तयार गछौँ ।”

पूर्वप्रधानमन्त्री ओलीसमक्ष पौवादुङमा गाउँपालिकाले आफ्ना समस्यासँगै गाउँपालिकाको गौरवको योजनाको रूपमा रहेको  तिवारीभञ्याङ–अँधेरीघाट सडक निर्माणसँगै  अरुण नदीको अँधेरीघाटमा पक्की पुल निर्माणको पहलका लागि मागपत्र हस्तान्तरण गरेको छ । 

यसैबीच, आजै तेह्रथुमको  वसन्तपुर अध्यक्ष ओलीले जनसभालाई सम्बोधन गर्दै नेपालीको एउटै समस्या गरिबी र अभाव हटाउन आफ्नो दल चिन्तनशील रहेको बताए । उनले गरिबी, अशिक्षा, अभाव, बेरोजगारी, विपन्नता नै नेपालका साझा शत्रु भएकाले तिनलाई हटाउन पार्टीले सक्दो सहयोग गर्ने बताउनुभयो । माटोअनुसारको उत्पादन गर्न र कृषिलाई आर्थिक समृद्धिको आधार बनाउनुपर्नेमा जोड दिए । 

फरक प्रसङ्गमा नेता ओलीले सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गर्नु अपरिहार्य भएको बताए । उनले देशको स्वाधीनता तथा भौगोलिक अखण्डतालाई अक्षुण्ण राख्न आफ्नो दल पूर्ण प्रतिबद्ध रहेको बताए । 

मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायत विकासका सम्भावनाबारे जानकारी लिन अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्य, प्रदेश कमिटीलगायत नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सङ्कल्प यात्रामा छन् । बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending