Khabar Dabali २० श्रावण २०८३ बुधबार | 5th August, 2026 Wed
Investment bank

कांग्रेसका नेताहरूले नै मध्यावधि निर्वाचनमा जानुपर्ने भन्न थालेः अध्यक्ष ओली

खबरडबली संवाददाता

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरूले नै मध्यावधि निर्वाचनमा जानुपर्ने भन्न थालेको बताएका छन् ।  पार्टीको ‘झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्रा’को पन्ध्रौं दिन भोजपुररको पौवादुङमा गाउँपालिकाको केन्द्र च्याङ्ग्रेमा भएको सभालाई सम्बोधन गर्दै ओलीले यस्ताे बताएका हुन् ।

एमाले नेतृत्वको सरकारलाई ढालेपछि देश ओरोलो गतिमा लागेको जिकिर गर्दै उनले राजनीति र अर्थतन्त्र बिग्रिएको देखेर सबै चिन्तित भएको बताउँदै कांग्रेस अहिलेको सरकारसँग आजित भइसककेको बताए ।

उनले भने, ‘अहिले नै देश ओरालो लागिरहेको छ, नेकपा एमाले सरकार बलजफ्ती देशी तथा विदेशी शक्तिबाट हटाएपछि देशको अवस्था एकदमै नाजुक हुँदै गएको छ,’ उनले भने, ‘यो नाजुक अवस्थालाई रोकेर, नेपाली कांग्रेसकै नेताहरू पनि भन्न थाल्नुभएको छ, ०८४ सालको चुनाव पर्खन सकिँदैन भनेर। नेपाली कांग्रेसकै सरकार पनि यो सरकारसँग आजित भइसक्नुभएको छ।’

मध्यावधि निर्वाचन नभए पनि एमालेको मिसन ८४ लाई सफल पानुपर्नेम जोड दिए। अहिलेको सरकार २०८४ सम्म टिक्न नसक्ने भन्दै ‘कुहिएको फल’को संज्ञा दिए। ‘समृद्ध नेपाल, सुखी नेपाल बनाउनका लागि पनि अन्तत्वगत्वा पनि मिसन ८४ सफल पार्नुपर्छ। अहिलेको सरकार आफ्नै अयोग्यताले ८४ सम्म टिक्नसक्ने अवस्था छैन। कुहिएको फलजस्तै आफैँ झर्ने अवस्था छ,’ उनले थपे, ‘देशभक्त, शान्तिप्रिय, विकासप्रेमी, सुशासनवाला सरकारको आवश्यकता छ, त्यसका लागि जनताले सच्याउनु आवश्यक छ।’

सबै ठाउँमा जनताको तर्फबाट पाएको न्यानो स्वागतको लागि उनले सबैलाई धन्यवाद दिए । बैतडीको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकिनेछ। एमालेले मध्यपहाडी राजमार्गलाई केन्द्रमा राखेर त्यस आसपासका पहाडी भू–भागमा आफ्नो कार्यक्रमलाई तीव्रता दिएको छ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुकुमबासीलाई लालपुर्जा वितरण सुरु भइसकेको छ, स्थानीय तहको असहयोगले काम ढिलो भयो’ : मन्त्री रावल

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...

‘ग्यास अभाव छैन’ भन्दै प्रधानमन्त्रीलाई गलत ब्रिफिङ ? उपभोक्ता लाइनमा, निगमको दाबी विवादमा

काठमाडौं  । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...

प्रतिनिधिसभामा सांसदहरूको गुनासो: मधेसमा खडेरीदेखि ग्यास अभावसम्म सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...

दुर्गमका १०३ गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...

पाँच वर्षको म्यान्डेट, बीचमै टुट्यो : सुदूरपश्चिमका सांसदले जनताको विश्वास कत्तिको जोगाए ?

धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...

भैँसीसहित खोला तर्ने क्रममा म्याग्दीमा एक व्यक्ति बेपत्ता, बिहानदेखि खोजी जारी

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...

प्यूठानको सामुदायिक वनबाट ३२ नाल अवैध भरुवा बन्दुक, कसले लुकायो जंगलमा ?

प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...

एक घण्टामै ४१ जनावर र एक बालिकालाई टोकेको कुकुरमा रेविज पुष्टि, पाँचथरमा उच्च सतर्कता

फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...

‘बुबा, आज मासु किन नपकाएको ?

महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान

विद्यालयमा थपिँदै ८ नयाँ पाठ्यक्रम, कानुनदेखि जनसङ्ख्या अध्ययनसम्म समेटिने

काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending