झापा । झापाको हल्दिबारी गाउँपालिकाले आफ्नो क्षेत्रका सबै काठे पुल विस्थापित गरेर पक्की पुल निर्माण गरेको छ । गाउँपालिकामा रहेका एक सय ५० काठका जीर्ण पुल हटाएर पक्की पुल निर्माण गरिएको हो ।
झापाका अन्य स्थानीय तह भने काठे पुल यथावत छन् । काठे पुलको ठाउँमा कतै कङ्क्रिटका पुल तथा कतै कल्भर्ट हालिएको गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए । केही ठाउँमा झोलुङ्गे पुल पनि निर्माण गरिएको उनको भनाइ छ ।
झापामा तीन दशकअघिसम्म अधिकांश खोला र खोल्सामा काठका पुल मात्र थिए । ती पुल घामपानीले खिइँदै तथा पुराना हुँदै जाँदा जीर्ण भएका थिए । “अब हल्दिबारी काठे पुलमुक्त क्षेत्र भएको अध्यक्ष लिङ्देनले बताए ।
होचो भूभागको रुपमा चिनिने हल्दिबारी क्षेत्रमा देउनियालगायत खोला रहेका छन् । अजिङ्गर, हात्ती, हरिणलगायत जनावरको बासस्थान रहेको जलथल जङ्गल पनि यही गाउँपालिकामा रहेको छ । पूर्वपश्चिम राजमार्गले नछोएको यो पालिका पुरानो सदरमुकाम भद्रपुर र हुलाकी राजमार्गसँग भने जोडिएको छ ।
भद्रपुरबाट सुरु हुने हुलाकी राजमार्ग हल्दिबारीको माझबाट हुँदै पश्चिमतर्फ विस्तार भएको छ । पालिका क्षेत्रमा पर्ने हुलाकी राजमार्ग फराकिलो र कालोपत्र भइसकेको छ । सबै ठाउँमा पुल पक्की बनिसकेका छन् । हल्दिबारीको जनसङ्ख्या ४० हजार रहेको छ । पाँचै वडामा सडक कालोपत्र गरिएको पालिकाका योजना शाखा प्रमुख राजन न्यौपानेले बताए । गाउँपालिकाले विगत छ वर्षमा ६० किलोमिटर सडक कालोपत्र गरेको छ । मुख्य सडक कालोपत्र गरिएका छन् । कतिपय सडक आन्तरिक स्रोत साझेदारीको रुपमा परिचालन गरेर बनाइएका छन् भने अधिकांश सडक निर्माणमा सङ्घीय सरकारबाट प्राप्त सशर्त र समानिकरणको बजेट प्रयोग भएको छ ।
मुख्य सडक कालोपत्र भएपछि कचनकबलदेखि हल्दिबारी हुँदै विर्तामोडसम्म सार्वजनिक बस यातायात सेवा नियमित सञ्चालन भइरहेको छ । अधिकांश सडक परियोजना एक करोडदेखि छ करोडसम्मको लागतमा निर्माण भएका गाउँपालिकाले जनाएको छ । सडकको नियमित मर्मतसम्भार गर्नका लागि पालिकाले वार्षिक दुई करोड बजेट छुट्याउने गरेको अध्यक्ष लिङ्देनले बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: