काठमाडौं । रुसी सेनामा भर्ना भएका थप दुई नेपाली नागरिक युक्रेनी सेनाको कब्जामा रहेको खुलेको छ । रुसी सेनामा भर्ना भई युक्रेनी सेनाको कब्जामा रहेका काभ्रेका सिद्धार्थ ढकाल र मोरङको लेटाङका विकास राईको भिडियो सार्वजानीक भए सँगै उनीहरु हालसम्म सुरक्षित भएको खुलेको हो ।
छुट्टाछुट्टै भिडियो सन्देशमा उनीहरुले आफू हालसम्म सुरक्षित भएको बताएका छन् । ‘अहिले म युक्रेनको कष्टडीमा छु, आजको दिनसम्म राम्रै छ, सुरक्षित नै छु’, काभ्रेका सिद्धार्थ ढकालले भनेका छन्, ‘म रिहा हुन्छु कि हुदिनँ थाहा छैन । पछि के हुन्छ भनेर भन्न सकिदैन । सकुशल नै हुन्छु होला ।’
३ मिनेट ३२ सेकेण्ड लामो भिडियो सन्देशमा उनले आफू पैसाका लागि रुसी सेनामा भर्ना भएर धेरै दुःख पाएको बताउँदै भनेका छन् ‘पैसाका लागि रुसी सेनामा भर्ना हुँदा मैले धेरै नै दुःख पाएँ ।’
विकासले रुसमा धेरै जोखिम भएकाले पैसाका लागि रुसी सेनामा नआउन समेत आग्रह गरेका छन् । ‘यहाँ धेरै गाह्रो छ, जिन्दगीको सवाल छ’, उनले भनेका छन्, ‘जो–जो यहाँ आउने सोचमा हुनुहुन्छ, कृपया नआउनु होला । उनीहरु हामीलाई जंगली जनावर जस्तै व्यवहार गर्छन् । यहाँ बाँच्न धेरै गाह्रो छ ।’ उनले रुसी सेनामा भर्ना भएका आफ्ना केही साथीहरु मारिएको समेत खुलाएका छन् ।
तीन महिनाअघि अध्ययनका लागि मस्को गएका २२ वर्षीय ढकाल रुसी सेनामा भर्ना भएका थिए । मंसिर १८ गते युक्रेनी सेनाले भिडियो सार्वजनिक गरेसँगै उनी युक्रेनी सेनाको नियन्त्रणमा रहेको खुलेको थियो ।
यस्तै युक्रेनमा बन्दी बनाइएका मोरङ लेटाङ नगरपालिका– ३ का विकास राईले नोभेम्बर ५ तारिखदेखि युद्धमा सहभागी भएको र १० दिनअघि युक्रेनमा पक्राउ परेको बताएका छन् । ‘म भाग्यमानी रहेछु, यहाँ (युक्रेन) आएर पक्राउ परेँ र सकुशल हुन पाएँ,’ उनले भने, ‘तर सबैको त्यस्तो हुन सक्दैन ।’
२ मिनेट ४८ सेकेण्डको भिडियो सन्देशमा रुस–युक्रेन युद्ध एकदमै भयानक भएको भन्दै यहाँ नआउन आग्रह गरेका छन् । ‘यो २१ औं शताब्दीको युद्ध हो । यहाँ मेशिनरी हतियार प्रयोग हुन्छ । यो युद्ध हामीले सोचेको भन्दा एकदमै भयानक छ’ उनले भनेका छन्, ‘मैले आँखै अगाडि साथीहरु ज्यान गुमाएको देखेको छु ।’ उनले नेपालमै भविष्य बनाउन सकिने बताउँदै पैसाको पछाडि परेर ज्यान फाल्नका लागि रुसी सेनामा नआउन आग्रह गरेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: