काठमाडौं । पहिचान पक्षधरको आधार इलाका मानिएको माझ किरात पुगेको एमाले नेतृत्वको टोली रक्षात्मक देखिएको छ । मध्य पहाडी यात्रामा रहेको एमाले नेतृत्वको टोली कोशी प्रदेश प्रवेश गरेसँगै नरम बनेको हो ।
संकल्प यात्राका क्रममा अध्यक्ष केपी ओली नेतृत्वको टोली यतिबेला पूर्वी पहाडी जिल्लामा छ । संकल्प यात्रा शुरू गर्दा कोशीका पहिचान पक्षधरप्रति कडा आलोचना गर्ने ओली माझ किरात पुगेपछि भने सम्हालिएका छन् ।
ओखलढुङ्गाको हर्कपुरमा हिजो आयोजित सभामा उनले गरेको अभिव्यक्तिले पनि यहि पुष्टि गरेको छ । यसअघि पहिचान पक्षधरप्रति आक्रामक देखिने ओली हिजो भने शान्त भएका थिए । हर्कपुरमा ओलीले पहिचानवादीका नाममा भइरहेका आन्दोलनलाई वैधानिक र शान्तिपूर्ण बनाउन सुझाव दिएका थिए ।
गत मंसिर १४ गते सुदूरपश्चिमबाट सुरु भएको एमालेको मध्यपहाडी संकल्प यात्रा हिजोदेखि कोशी प्रदेश प्रवेश गरेको हो । हिजोसम्म जनसभा र भिड देखाउदै हिडेको एमाले टोलीले आज भने समान्य भेटघाट र संवाद गर्ने कार्यक्रम मात्रै राखेको छ । टेम्केमयुङमा कायकर्ताहरूसँग भेटघाट गर्ने र दिउँसो टक्सार बजारको अनुगमन तथा उद्योगी व्यापारीसँग छलफल गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रदेश एकको नाम कोशी राखेपछि पहिचान पक्षधर पछिल्लो समय निरन्तर आन्दोलनमा छ । कोशी प्रदेश नामांकन हुनुमा एमालेको भूमिकालाई सो समूहले मुख्य कारक ठान्दै आएको छ ।
एमालेसहितका ८२ जना सांसदले कोशी नामको पक्षमा मतदान गरेको भन्दै कोशीको मध्य पहाडी जिल्लामा आन्दोलन केन्द्रित गरिएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: