काठमाडौं । पहिचान पक्षधरको आधार इलाका मानिएको माझ किरात पुगेको एमाले नेतृत्वको टोली रक्षात्मक देखिएको छ । मध्य पहाडी यात्रामा रहेको एमाले नेतृत्वको टोली कोशी प्रदेश प्रवेश गरेसँगै नरम बनेको हो ।
संकल्प यात्राका क्रममा अध्यक्ष केपी ओली नेतृत्वको टोली यतिबेला पूर्वी पहाडी जिल्लामा छ । संकल्प यात्रा शुरू गर्दा कोशीका पहिचान पक्षधरप्रति कडा आलोचना गर्ने ओली माझ किरात पुगेपछि भने सम्हालिएका छन् ।
ओखलढुङ्गाको हर्कपुरमा हिजो आयोजित सभामा उनले गरेको अभिव्यक्तिले पनि यहि पुष्टि गरेको छ । यसअघि पहिचान पक्षधरप्रति आक्रामक देखिने ओली हिजो भने शान्त भएका थिए । हर्कपुरमा ओलीले पहिचानवादीका नाममा भइरहेका आन्दोलनलाई वैधानिक र शान्तिपूर्ण बनाउन सुझाव दिएका थिए ।
गत मंसिर १४ गते सुदूरपश्चिमबाट सुरु भएको एमालेको मध्यपहाडी संकल्प यात्रा हिजोदेखि कोशी प्रदेश प्रवेश गरेको हो । हिजोसम्म जनसभा र भिड देखाउदै हिडेको एमाले टोलीले आज भने समान्य भेटघाट र संवाद गर्ने कार्यक्रम मात्रै राखेको छ । टेम्केमयुङमा कायकर्ताहरूसँग भेटघाट गर्ने र दिउँसो टक्सार बजारको अनुगमन तथा उद्योगी व्यापारीसँग छलफल गर्ने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रदेश एकको नाम कोशी राखेपछि पहिचान पक्षधर पछिल्लो समय निरन्तर आन्दोलनमा छ । कोशी प्रदेश नामांकन हुनुमा एमालेको भूमिकालाई सो समूहले मुख्य कारक ठान्दै आएको छ ।
एमालेसहितका ८२ जना सांसदले कोशी नामको पक्षमा मतदान गरेको भन्दै कोशीको मध्य पहाडी जिल्लामा आन्दोलन केन्द्रित गरिएको पुनः नामांकन संयुक्त संघर्ष समितिले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ८ गते, २०८२ - २१:४७
काठमाडौं । परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा रहेका चरनभूमिको संरक्षण गरिने भएको छ। चरनभूमिको संरक्षण गर्न ‘नेपाल...
चैत्र ८ गते, २०८२ - २१:४६
काठमाडौं। राष्ट्रिय किताबखाना (शिक्षक) ले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरेको छ। किताबखानाले गत आर्थिक वर्षमा ...
चैत्र ८ गते, २०८२ - २१:४३
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्की सरकारले गरेको निर्णयमा आफ्नो र पार्टीको तर्फबाट कुन...
चैत्र ८ गते, २०८२ - २१:४२
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री सुशीला कार्कीसँग आज बालुवाटारमा शिष्टाचार भेट गरेका छन्। सभाप...
चैत्र ८ गते, २०८२ - २१:०५
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा एउटै ‘रुख’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरे पनि नेपाली कांग्रेस व्यवहारतः दुई धारमा विभाजित देखिएको छ। नियमित १४औँ ...
चैत्र ८ गते, २०८२ - १९:४२
काठमाडौं। ठमेल पर्यटन विकास परिषदका अध्यक्ष ध्रुव अधिकारीले रास्वपा प्रवेश गर्ने संकेत गरेका छन्। एमालेका नेतासमेत रहेका अधिकारीले आइतबार सामाजिक स...
चैत्र ८ गते, २०८२ - १९:४०
काठमाडौँ । सभापति पदबाट गगन थापाले दिएको राजीनामा अस्वीकृत भएकाे छ । आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापाले दिएको राजीनामा अ...
चैत्र ८ गते, २०८२ - १९:३५
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित सांसद विश्वराज पोखरेलले पार्टी फुटाउने तथा पुरानै राजनीतिक कार्यशैलीका साथ अघि बढे रास्...
चैत्र ८ गते, २०८२ - १९:३१
काठमाडौं। फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजयसँगै नेपाली कांग्रेस र नेकपा एमाले भित्र आन्तरिक मतभेद तीव्र बनेको छ। अघिल्लो संसद्का प्रम...
चैत्र ८ गते, २०८२ - १९:१८
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक १० घण्टादेखि जारी रहेको छ। बिहान पौने ९ बजे सुरु भएको बैठकमा राजनीतिक तथा सांगठनिक एजेन्डामाथि...


प्रतिकृया लेख्नुहोस्: