Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

दुर्गम बस्तीका लागि भीरमा चट्टान फोडेर सडक निकाल्दै स्थानीय सरकार

खबरडबली संवाददाता

सल्यान  । ठाडो भिर काट्दै र कडा चट्टान फोड्दै गाउँपालिकाले दुर्गम बस्तीका लागि मोटरबाटो निर्माण थालेपछी स्थानियहरुमा उत्साहित भएका छन् । यो सल्यान छत्रेश्वरी गाउँपालिकाको खबर हो ।

बर्षौं देखि सडकको सपना बोकेका छत्रेश्वरी गाउँपालिका वडा नम्बर ४ स्थित दुर्गम बस्ती भेरिखोर, आकासी र कालुपहरका स्थानियहरु कडा चट्टान फोड्दै गाउँपालिकाले मोटरबाटो बनाउन थालेपछी आफ्नो गाउँलाई सडक संजालले जोड्ने अपेक्षामा छन् ।

निकै जटिल भुगोल भएपनी दुर्गम बस्तीमा मोटरबाटो पुर्याउने लक्ष्यको साथ आफ्नै पालिकाको स्काभेटर मार्फत निरन्तर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । झङ्खानी आकाशी हुँदै त्रीवेणी जोड्ने सडक निर्माण भएपछी करिव १५ घरधुरिलाइ विशेष लाभ पुग्ने अकासी गाउँ बस्ने खिमे कामीले बताए । ‘गाउँमा तरकारि, जडिबुटी, फलफुल उत्पादन हुन्छ, त्यसलाई बजार सम्म पुर्याउन निकै समस्या भइरहेको छ’, उनले भने, ‘अव बाटो बन्यो भने सजिलो हुनेथियो ।’  

छत्रेश्वरी ४ को पोखरा सम्म यस अघि मोटरबाटो पुगिसकेको छ । झङ्खानी आकाशी हुँदै त्रीवेणी जोड्ने सडक बनेपछि त्यस क्षेत्रका नागरिकहरुको जनजीवन फेरीने गाउँपालिका अध्यक्ष ओज बहादुर बुढाथोकीको अपेक्षा छ । उनले मोटरबाटो निर्माण कार्यको निरिक्षण÷अनुगमन गर्दै निकै जटिल भुगोल भएपनी दुर्गम बस्तीमा मोटरबाटो पुर्याउने लक्ष्यको साथ आफ्नै स्काभेटर मार्फत गाउँपालिकाले निरन्तर काम गरिरहेको उनले बताए ।

८ दिन सम्म स्काभेटरले ब्रेकर मार्फत चट्टान फोडेर करिव १६० मिटर लम्बाई मात्र करिव ४ मिटर चौडाईको सडक निर्माण भएको स्काभेटर अपरेटर प्रेम बहादुर बिष्टले बताए । उनले भने, ‘भुगोल एकदमै ठाडो छ, त्यसै माथी कडा चट्टान छ । माथिबाट ढुंगा खस्ने जोखिम छ । मैले छधेश्वरीमा काम गर्दैगर्दा सायद हाल सम्मको जटिल भुगोल यहि नै होला ।’

स्थानीयहरुले जसरी भएपछि आफ्नो गाउँसम्म सडक बनाउन गाउँपालिकालाई आग्रह गर्दै सडक निर्माण पछि उत्पादित कृषिजन्य वस्तु बजारिकरणमा सहज हुने आशा गरेका छन् । आफ्नो बस्तीमा गोभी, काउली, आलु, अदुवा, टिमुर, कागती उत्पादन हुने जनाउँदै स्थानीय फौद बहादुर खत्रीले चट्टान फोडेर बाटो बनाउन थालेको गाउँपालिकाले यो कामलाई गन्तव्यमा पुर्याउन आग्रह गरे । सडक अभावमा अहिले भिरको जटिल बाटो हिड्न बाध्य स्थानीयहरुले बिरामीलाई उपचारका लागि लैजान समेत मुस्किल हुने गरेको बताउँछन् ।

भेरिखोर, आकासी र कालुपहरका नागरिकहरु बर्षौं देखि मोटरबाटोको सुविधा प्राप्त गर्ने आशाले सार्थकता पाउने विश्वास सहित उत्साहित छन् । यो मोटरबाटो निर्माण भएपछी करिव १५ घरधुरिलाइ प्रत्यक्ष रुपमा बिषेश र अन्य सयौं घरधुरीलाई लाभ पुग्ने छ । अब भेरिखोर सम्म मोटरबाटो जोड्न करिव १५०० मिटर बांकी छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending