धनकुटा । निर्माण सम्पन्न भएर अलपत्र परेका स्वास्थ्य चौकी भवनहरू धमाधम हस्तान्तरण हुन थालेका छन् । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाले निर्माण सम्पन्न भएर पनि अलपत्र भएका स्वास्थ्य चौकी भवनहरू आवश्यक कागजात पत्र पूरा गरी हस्तान्तरण गर्न सुरु गरेको हो।
आयोजनाले मंगलबार एक कार्यक्रमका बीच छिन्ताङ धाप स्वास्थ्य चौकीको नवनिर्मित भवन हस्तान्तरण गरेको छ। आयोजनाका प्रमुख सुमनकुमार मिश्रले सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईलाई भवन हस्तान्तरण सम्बन्धी पत्र प्रदान गरेका थिए।
११ वटा कोटा र ४ वटा शौचालय रहेको भवन बिरुवा कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको हो। गाउँपालिका र वडा कार्यालयको रोहवरमा भवन हस्तान्तरण गरिएको सघन शहरीका प्रमुख सुमनकुमार मिश्रले बताए । निर्माण सम्पन्न भएका अन्य स्वास्थ्य चौकी भवनहरू पनि स्थलगत निरीक्षण गरी हस्तान्तरण योग्य देखिए तत्काल हस्तान्तरण हुने बताए ।
भवन प्राप्ति भएसँगै स्वास्थ्य सेवा सञ्चालनका लागि सहज भएको छिन्ताङ स्वास्थ्य चौकी इन्चार्ज सुमितकुमार रामले बताए । पुरानो स्वाथ्य चौकी भवनबाट सेवा प्रवाह गर्न समस्या हुँदै आएको थियो। अब नयाँ भवनबाट सञ्चालन भएसँगै सेवा प्रवाह गर्न सहज भएको उनले बताए।
यसैगरी धनकुटा नगरपालिका(२ स्थित भीरगाउँ स्वास्थ्य चौकी भवन पनि हस्तान्तरण गरिएको छ। उक्त भवन निर्माण सम्पन्न भएको लामो समय बित्दा समेत हस्तान्तरण हुन सकेको थिएन। केही दिनअघि मात्रै अन्नपूर्ण पोस्ट् दैनिक र एपिवान टेलिभिजनले निर्माण सम्पन्न भएर पनि स्वास्थ्य चौकी भवन अलपत्र परेको समाचार प्रकाशन गरेको थियो।
आयोजनामार्फत् २०७७ सालमा धनकुटाका ९ स्थानमा स्वास्थ्य चौकी भवन निर्माण सुरु भएको थियो। तीमध्ये खुवाफोक, फाक्सिव, भीरगाउँ, छिन्ताङ र सान्नेका स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भइसकेका छन् ।
यसैगरी डाँडागाउँ, मूतिढुंगा, मारेककटहरे, हात्तीखर्कको स्वास्थ्य चौकी भवन निर्माणाधीन अवस्थामा छन् । यी स्वास्थ्य चौकी भवनको भौतिक प्रगति ७५ देखि ८० प्रतिशतसम्म भएका छन् ।
काठमाडौंको बिरुवा कन्स्ट्रक्सन प्रालिले दुई भिन्दा भिन्दै ठेक्कामा निर्माणको जिम्मा पाएको थियो। २०७६ मंसिर १० गते भवन निर्माणको जिम्मा पाएको उक्त कम्पनीले २०७७ चैत्र १२ गते निर्माण सम्पन्न गरिसक्नु पर्ने ठेक्का सम्झौता थियो।
तर कम्पनीले विभिन्न बाहना बनाउँदै समयमा निर्माण गर्न नसक्दा २०८० असार मसान्तसम्म समयसीमा थप भएको थियो। उक्त म्यादसम्म नौमध्ये पाँचवटा भवन सम्पन्न गरिसकेको छ भने ४ वटा स्वास्थ्य चौकीको भवन निर्माणको काम अझै सम्पन्न भएका छैनन्। भवन निर्माण नभएका स्वास्थ्य चौकीले जीर्ण भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेका छन्।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ २७ गते, २०८३ - २०:१२
बाजुरा । रानीसैन संघर्ष समिति बाजुराले जिल्ला सदरमुकाम मार्तडीसहितका हाटबजार र कर्णाली करिडोर सडक बन्द गरेको छ।जिल्लाको हिमाली गाउँपालिका–३ रानीसैनमा ...
जेष्ठ २७ गते, २०८३ - ०९:३६
सुर्खेत । सम्भावित मनसुनजन्य विपद् न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यलाई प्रभावकारी बनाउन आयोजना गरिएको ‘प्रथम कर्णाली प्रदेश मनसुन फोरम २०२६’ सुर्खेत...
जेष्ठ २७ गते, २०८३ - ०९:३०
काठमाडौं । नेपाली कांग्रेसभित्र लामो समयदेखि अलग–अलग गतिविधि गर्दै आएका संस्थापन पक्ष र इतर समूह पहिलो पटक एउटै मञ्चमा देखिने भएका छन् । कोशी प्रदेशमा...
जेष्ठ २७ गते, २०८३ - ०९:१४
म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ भालेबासस्थित धवलागिरि आधारभूत विद्यालयमा विद्यार्थी र शिक्षक–कर्मचारीको सङ्ख्या बराबर भएपछि ग्रामीण शिक्षामा बसाइँसर...
जेष्ठ २७ गते, २०८३ - ०९:११
काठमाडौं । यस वर्ष मनसुन औसतभन्दा कम पानी पर्ने पूर्वानुमान गरिए पनि त्यसले विपद्को जोखिम घट्ने छैन भन्ने चेतावनी विज्ञहरूले दिएका छन्। बरु, छोटो अवधि...
जेष्ठ २७ गते, २०८३ - ०८:५१
कञ्चनपुर । वर्षौँदेखि रासायनिक मलमा निर्भर रहँदै आएका किसान हाल गड्यौला मलप्रति आकर्षित हुन थालेका छन् । माटोको उर्वराशक्ति जोगाउन, उत्पादनको गुणस्तर ...
जेष्ठ २७ गते, २०८३ - ०८:४५
बागलुङ । बडिगाड गाउँपालिका–९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो । पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय ...
जेष्ठ २७ गते, २०८३ - ०८:३६
बाजुरा । बाजुराको हिमाली गाउँपालिका–३ रानीसैन क्षेत्रमा पुनः तनाव बढ्दै जाँदा ३५ भन्दा बढी भोटे समुदायका परिवार विस्थापित भएका छन्। स्थानीय अनुसार भेड...
जेष्ठ २७ गते, २०८३ - ०८:३१
काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएको डेढ महिनापछि सुधन गुरुङ पुनः गृह मन्त्रालयको नेतृत्वमा फर्किएका छन्। विवाद, छानबिन र राजनीतिक दबाबबीच पदबाट...
जेष्ठ २७ गते, २०८३ - ०८:२४
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। पछिल्ला दिनको तुलनामा केही तरकारीको मू...



प्रतिकृया लेख्नुहोस्: