काठमाडौं। नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रामा अवरोध गर्नेलाई प्रहरीले अझै केहि दिन नछाड्ने भएको छ । एमालेको मध्यपहाडी संकल्प यात्रालाई प्रभाव पर्ने भएका कारण उनीहरुलाई अझ केही दिन नछाडीने भएको हो ।
प्रहरीले मंगलवार उदयपुर भोजपुर र ओखलढुङ्गाबाट १४ जनालाई पक्राउ गरेको र तीमध्ये दुई जनालाई छाडेको जनाएको छ । क्राउ परेका दुईजना आन्दोलनकारी नभएको पुष्टि भएकाले छोडिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
हाल प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको र ‘शान्तिपूर्ण कार्यक्रम गर्दा अवरोध गर्नेलाई केही दिन छाड्न नसकिने कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बाँस्तोलाले बताए । उनीहरूले बुधवारदेखि गर्ने आन्दोलनका थप कार्यक्रमलाई हेरेर मात्रै कहिले छाड्ने भन्ने भन्न सकिने उनको भनाइ छ ।
पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीसहितका पहिचानवादी नेता तथा कार्यकर्ताहरूलाई तीन दिनपछि मात्रै छाड्ने रणनीति प्रहरीले बनाएको छ । तीन दिनपछि एमालेको कार्यक्रम पनि पक्राउ परेका नेताको पहुँच क्षेत्रभन्दा बाहिर पुग्ने र आन्दोलनकारी पनि गलेका कारण त्यस पछि मात्र उनीहरुलाई छाडीने प्रहरी स्रोतले बतायो ।
।’
अब पहिचानवादी नरम हुने सुरक्षा निकायको विश्लेषण रहेको छ । यसअघिसम्म पहिचानवादीसँग आक्रामक बनेका एमाले अध्यक्ष ओली कोशी प्रदेशमा प्रवेश गरेपछि नरम हुन थालेकाले पहिचानवादीहरू पनि थप आक्रोशित नहुने सुरक्षा निकायको विश्लेषण रहेको छ । एमाले अध्यक्ष ओलीले आज पहिचान पक्षधरलाई चिढ्याउने गरी नबोलेका कारण पनि पहिचानवादीहरूले थप आक्रोशित नहुने सुरक्ष निकाय विश्वस्त रहेको स्रोतको भनाइ छ ।
सुदूरपश्चिमको झुलाघाटबाटमंसिर १४ गते शुरू भएको एमालेको मध्यपहाडी संकल्प यात्रा मंगलवारदेखि कोशी प्रदेशमा प्रवेश गरेको छ । बिहान मध्यपहाडी राजमार्गका विभिन्न ठाउँमा पहिचानवादीहरूले रुख ढालेर सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुलाएका थिए । अध्यक्ष ओली मंगलवार राति खोटाङको सदरमुकाम दिक्तेलमा बस्ने कार्यक्रम छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १९ गते, २०८३ - २२:०९
काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुमबासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई...
श्रावण १९ गते, २०८३ - २१:५८
काठमाडौं । बजारमा खाना पकाउने ग्यासको चरम अभावका बीच नेपाल आयल निगम र ग्यास उद्योगीले प्रधानमन्त्री कार्यालयमा ‘ग्यास अभाव नभएको’ भन्दै गलत जानकारी द...
श्रावण १९ गते, २०८३ - २१:५२
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरूले तराई–मधेसमा खडेरी, सीमावर्ती डुबान, मल र ग्यास अभाव, बाढी–पहिरो, खानेपानी, सडक तथा विपद् व्यवस्थ...
श्रावण १९ गते, २०८३ - ०९:२६
काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा दुर्गम तथा विकट क्षेत्रका १०३ गर्भवती र सुत्केरी महिलाको निःशुल्क हवाई उद्धार गरेको छ। राष्ट्रपति महिला उत्थान ...
श्रावण १९ गते, २०८३ - ०९:२२
धनगढी । २०७९ सालको प्रदेशसभा निर्वाचनमा सुदूरपश्चिमका मतदातासँग पाँच वर्ष प्रदेशसभामा रहेर विकास गर्ने, जनताको आवाज उठाउने र आफ्नै निर्वाचन क्षेत्रको ...
श्रावण १९ गते, २०८३ - ०९:१५
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता भएका छन्। प्रहरीका अनुसार रघुगङ्गा...
श्रावण १९ गते, २०८३ - ०८:५३
प्यूठान । प्यूठानको नौबहिनी गाउँपालिका–२ पूर्तिबाङस्थित मास्बिर सामुदायिक वनबाट प्रहरीले ३२ नाल अवैध भरुवा बन्दुकसहित विभिन्न हतियारका पार्टपुर्जा बरा...
श्रावण १९ गते, २०८३ - ०८:४०
फिदिम । पाँचथरको फिदिम बजार क्षेत्रमा आतंक मच्चाएको भुस्याहा कुकुरमा रेविज संक्रमण पुष्टि भएपछि जिल्लाभर उच्च सतर्कता अपनाइएको छ। करिब एक घण्टाको अवधि...
श्रावण १९ गते, २०८३ - ०८:३४
महँगीले खोस्दै लगेको नेपाली परिवारको मुस्कान
श्रावण १९ गते, २०८३ - ०७:४७
काठमाडौं । विद्यालय तहको पाठ्यक्रममा आठ वटा नयाँ विषय थपिने भएका छन्। पाठ्यक्रम विकास केन्द्रले तयार पारेका नयाँ पाठ्यक्रम स्वीकृतिका लागि शिक्षा तथा ...



प्रतिकृया लेख्नुहोस्: