Khabar Dabali २४ मंसिर २०८२ मंगलवार | 9th December, 2025 Tue
Investment bank

पूर्वमन्त्री किरातीसहितका पहिचानवादीलाई अझै केही दिन नछाडिने

खाेटाङ, ओखलढुङ्गा, उदयपुर र भोजपुरबाट १४ जना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं।  नेकपा एमालेको मध्यपहाडी संकल्प यात्रामा अवरोध गर्नेलाई प्रहरीले अझै केहि दिन नछाड्ने भएको छ ।  एमालेको मध्यपहाडी संकल्प यात्रालाई प्रभाव पर्ने भएका कारण उनीहरुलाई अझ केही दिन नछाडीने भएको हो ।

प्रहरीले मंगलवार उदयपुर भोजपुर र ओखलढुङ्गाबाट १४ जनालाई पक्राउ गरेको र तीमध्ये दुई जनालाई छाडेको जनाएको छ ।  क्राउ परेका दुईजना आन्दोलनकारी नभएको पुष्टि भएकाले छोडिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

हाल प्रहरीले १२ जनालाई नियन्त्रणमा लिएको र  ‘शान्तिपूर्ण कार्यक्रम गर्दा अवरोध गर्नेलाई केही दिन छाड्न नसकिने कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बाँस्तोलाले बताए । उनीहरूले बुधवारदेखि गर्ने आन्दोलनका थप कार्यक्रमलाई हेरेर मात्रै कहिले छाड्ने भन्ने भन्न सकिने उनको भनाइ छ  ।

पक्राउ परेका पूर्वमन्त्री गोपाल किरातीसहितका पहिचानवादी नेता तथा कार्यकर्ताहरूलाई तीन दिनपछि मात्रै छाड्ने रणनीति प्रहरीले बनाएको छ । तीन दिनपछि एमालेको कार्यक्रम पनि पक्राउ परेका नेताको पहुँच क्षेत्रभन्दा बाहिर पुग्ने र आन्दोलनकारी पनि गलेका कारण त्यस पछि मात्र उनीहरुलाई छाडीने प्रहरी स्रोतले बतायो । 
।’

अब पहिचानवादी नरम हुने सुरक्षा निकायको विश्लेषण रहेको छ । यसअघिसम्म पहिचानवादीसँग आक्रामक बनेका एमाले अध्यक्ष ओली कोशी प्रदेशमा प्रवेश गरेपछि नरम हुन थालेकाले पहिचानवादीहरू पनि थप आक्रोशित नहुने सुरक्षा निकायको विश्लेषण रहेको छ । एमाले अध्यक्ष ओलीले आज पहिचान पक्षधरलाई चिढ्याउने गरी नबोलेका कारण पनि पहिचानवादीहरूले थप आक्रोशित नहुने सुरक्ष निकाय विश्वस्त रहेको स्रोतको भनाइ छ ।

सुदूरपश्चिमको झुलाघाटबाटमंसिर १४ गते शुरू भएको एमालेको मध्यपहाडी संकल्प यात्रा मंगलवारदेखि कोशी प्रदेशमा प्रवेश गरेको छ । बिहान मध्यपहाडी राजमार्गका विभिन्न ठाउँमा पहिचानवादीहरूले रुख ढालेर सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक नेपाल प्रहरी र सशस्त्र प्रहरीले खुलाएका थिए । अध्यक्ष ओली मंगलवार राति खोटाङको सदरमुकाम दिक्तेलमा बस्ने कार्यक्रम छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending