खोटाङ । किरात गणराज्य मोर्चाका संरक्षक तथा प्रदेश नं. १ पुनः नामाकरण सङ्घर्ष समितिका नेता गोपाल किरातीले आफूहरूको खबरदारी कुनै विशेष नभएकाे बताएका छन् ।सोमबार खाेटाङको हलेसीमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै नेता किरातीले ८२ प्लस एमालेका तीन नेताका लागि भएको प्रष्ट्याएका हुन् ।
उनले भने— हाम्रो अभियान कुनै राजनीतिक दलप्रति लक्षित होइन, पहिचानविरुद्धका ती ८२ जना सांसद र एमालेका ३ नेता जो पहिचानविरुद्ध लागेका छन्, उनीहरूका लागि हो ।
एमाले अध्यक्ष केपी शर्मा ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतले पहिचान देखिनसहेको उल्लेख गर्दै उनले भने— जनतासँग प्रतिनिधि भएर, जनताको नेता भनेर आफूलाई दाबी गरेर, सदनलाई आफ्नो पक्षमा जमाएर प्रगतिशील अनि पहिचानवादीहरूलाई हेप्न पाइँदैन । त्यो हुन हामी दिँदैनौँ ।
त्यसकै लागि आफूहरूले घुर्मी बजारदेखि खबरदारी सभा गर्दै आएको उनले बताए । “हामीले खबरदारी गरिरहेका छौँ । हाम्रो आन्दोलन बिथोल्न, कुल्चन र आन्दोलनलाई निस्तेज पार्न कुनै पनि हालतमा दिँदैनौँ,” उनले भने ।
यसअघि तत्कालीन प्रदेश नं. १ को नाम कोशी प्रस्ताव हुँदा ८२ जना प्रदेशसभा सदस्यले पक्षमा मतदान गरेका थिए । समितिले प्रदेशको नाम सङ्घीयतासहितको पहिचानको मर्मअनुरूप पुनर्नामाकरणको माग गर्दै आएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २१ गते, २०८२ - १०:४१
काठमाडौं उपत्यकाको जीवन, संस्कृति र संगीतमा जहाँ–जहाँ पाइला टर्छ, त्यहीँ कतै ‘सिलु’ नामको कथा अनिवार्य रूपमा उपस्थित हुन्छ। यो कथा केवल प्रेमी दम्पतीक...
मंसिर २१ गते, २०८२ - १०:३५
हेटौँडा। उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले पार्टीबाट राजीनामा दिएकी छन्। श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै पार्टीको न...
मंसिर २१ गते, २०८२ - १०:३१
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न तरकारी र फलफूलको थोक मूल्य तोकेको छ। मूल्य सूची किसान, व्यापारी र उपभोक्ताले ...
मंसिर २१ गते, २०८२ - १०:२७
ओखलढुंगा । ओखलढुंगाको ढेबुवा, बिहान ५ बजे। सुनकोशी नदी किनारमा स–साना विद्यार्थीहरू भेला हुन्छन्। उनीहरूको विद्यालयको बाटो मात्र १० मिनेटको दूरीमा भए ...
मंसिर २१ गते, २०८२ - १०:२४
म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक पहिरोले बारम्बार संकटमा पारिरहेको छ। सडकको खतर...
मंसिर २१ गते, २०८२ - १०:१६
ललितपुर । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति राजमार्ग बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका अनुसार कान्ति राजमा...
मंसिर २१ गते, २०८२ - ०९:५९
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मधेश प्रदेशको राजनीतिक यथार्थमा आएको नयाँ परिवर्तनलाई ऐतिहासिक मोडका रूपमा व्याख्या गरेका छन् । सामाजिक...
मंसिर २१ गते, २०८२ - ०८:३५
नवलपरासी । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१३ स्थित मातृभूमि मध्यवर्ती सामुदायिक वन क्षेत्रमा ८ वटा मृग मृतावस्थामा फेला परेका छन्। एकैपटक यति ठूल...
मंसिर २१ गते, २०८२ - ०८:०५
मकवानपुर । सडक डिभिजन हेटौंडाले आज बिहानैबाट बुद्धचोक क्षेत्रमा सडक विस्तारका लागि घर र संरचना भत्काउन सुरु गरेको छ। सडक डिभिजनले ५ मंसिरमा १५ दिने...
मंसिर २१ गते, २०८२ - ०७:५५
काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथग्रहण आइतबार हुने भएको छ। यादव सात दलको समर्थनमा शुक्रबार मुख्यमन्त्रीमा नियुक्...




प्रतिकृया लेख्नुहोस्: