खाेटाङ। प्रदेश १ पुनः नामकरण संघर्ष समितिका नेता गोपाल किराँतीले उदयपुरको घुर्मिमा एमालेको चिहान खन्दैगरेको बताएका छन् । एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नेता किराँतीले आफूहरुले घुर्मि र हर्कपुरमा चिहान खन्दै गरेको बताएका हुन् ।
खोटाङको सदरमुकाम दिक्तेलमा गरेकाे पत्रकार सम्मेलनमा किराँतीले उदयपुरकाे घुर्मि र ओखलढुंगाकाे हर्कपुरमा खनिएका चिहानमा को को पुरिने हो थाहा नभएकाे बताए । साे क्रममा उनले भने, ‘संघर्ष समितिको एक सदस्यको हैसियतबाट मैले प्रष्टसँग के भन्न चाहन्छु भने । खड्ग ओलीको चिहान खन्दैछौं हामी । त्यहाँ गाड्नु पर्ने हो या नपर्ने हो ? हामी शान्तिपूर्ण गर्छौं । शान्तिपूर्ण भनेर चिहानको कुरा भन्नुहोला । तर, शान्तिपूर्ण आन्दोलनमा हाम्रा साथीहरुको चिहान खने । हामी छोड्नेवाला छैनौं र छोड्दैनौं । हामी तयारी गरिरहेका छौं,’ किराँतीले भने, ‘एमालेका साथीहरुको प्रश्न छ । एमालेलाई मात्रै किन ? एमाले नै जोरी खोजेर आउने अनि के गर्नु त ?’
किराँतीले कोशी नामको पक्षमा हस्ताक्षर गर्ने ८२ जना सांसदलाई निर्णय सच्याउने दबाब दिनका लागि निषेध गरिएको बताए । ‘जसले हस्ताक्षर गरे । उनीहरुलाई दबाब गरिरहेका हौं । उहाँहरुलाई दबाब दिनका लागि हाम्रो कुरा सुनाउनका लागि कार्यक्रम गरिएको हो,’ उनले भने, ‘८२ सांसद जबर्जस्ती आए कालोमोसो दल्ने वा कालो झण्डा देखाउने काम हुन्छ ।’
एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई रोक्नुको कारण चाहिं के हो नि भन्ने प्रश्नमा किराँतीले भने, ‘ओलीजीले हामीलाई आतङ्ककारी भन्नुभयो, अपराधी भन्नुभयो । योगेशजीले पहिचानवादीलाई लल्कार्नु भयो । महेश बस्नेतले तेरो बाउको बिर्ता हो भनेर धम्क्याए । त्यसकारण उनीहरुलाई हामी निषेध गर्ने, भण्डाफोर गर्ने र प्रतिरोध गर्ने हो ।’
किराँतीले पहिचानवादीलाई नै लक्षित गरेर एमालेले अभियान चलाएको दाबी गरे । ‘हामीलाई कुल्चनकै लागि यो अभियान चलाइएको हो । एमाले अध्यक्ष ओलीले दार्चुलादेखि हामीलाई गाली गर्दै आउनु भएको छ । अभियान चलाएको हो भने उहीदेखि पहिचानवादी विरुद्ध किन बोल्दै आउनु पर्यो ?’ किराँतीले प्रश्न गरे ।
उनले आदिवासी तथा प्रगतिशिलहरुले कि मासिनु पर्यो कि लड्नु पर्यो भन्दै आक्रामक अभिव्यक्ति दिएका हुन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कोशी प्रदेश पहिचानवादीको बिर्ता नभएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।
नेकपा एमालेले मंसिर १४ गते (बुधबार)देखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने पहिचानवादीको तयारी छ । यसअघि किराँतीले एमालेले जबर्जस्ती गरे आफूहरुको लाशमाथि टेकेर हिंड्नुपर्ने चेतावनी दिएका थिए । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले पनि मंसिर २६ गतेदेखि उदयपुरको घुर्मिदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालिन बन्द आव्हान गरेको छ । मंसिर २६ गते नै उदयपुरको घुर्मिमा एमालेले संचालन गरेको अभियान पनि आइपुग्ने कार्यक्रम रहेकेा छ ।
दुवै पक्ष एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशङ्कामा प्रहरीले भने एकीकृत सुरक्षा योजना लागू गर्ने जनाएको छ ।
यता, एमालेले भने आफूहरुको संकल्प यात्रालाई अवरोध नगर्न पहिचानवादीलाई आग्रह गरेको छ । विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै एमालेले यस्तो आग्रह गरेको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २६ गते, २०८३ - ०८:५२
काठमाडौं । रातको समय थियो । दिनभरको काम सकेर मानिसहरू घर फर्किसकेका थिए । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा पनि बस्ती विस्तारै निदाउने तयार...
श्रावण २६ गते, २०८३ - ०८:२८
जनकपुरधाम । नेपाली, मैथिली र हिन्दी साहित्यका अध्येता तथा वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल अब रहेनन् । ७९ वर्षको उमेरमा सोमबार राति उनको निधन भएको...
श्रावण २६ गते, २०८३ - ०८:२५
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज विभिन्न कृषि उपजको थोक मूल्य सार्वजनिक भएको छ। बजारमा तरकारी, फलफूल, सागसब्जी तथा माछाको मूल्यमा वस्तु ...
श्रावण २६ गते, २०८३ - ०८:१९
काठमाडौं । सार्वजनिक जीवनमा रहेका व्यक्तिको पहिरन प्रायः उसको व्यक्तित्व र हैसियतसँग जोडेर हेरिन्छ। महँगा कपडा, आकर्षक जुत्ता र चिटिक्क परेको पहिरन र...
श्रावण २६ गते, २०८३ - ०८:०७
स्याङ्जा । कुनै समय जंगलको माथिल्लो भागमा पानीका मुहान भेटिन्थे, तलका बस्तीमा धाराहरू चल्थे । तर पछिल्ला वर्षमा अवस्था फेरिँदै गएको छ । पानी पर्ने समय...
श्रावण २६ गते, २०८३ - ०८:०३
कञ्चनपुर । कुनै समय शुक्लाफाँटाको जंगलमा बाघको संख्या घट्दै जान थालेपछि चिन्ता थियो। अहिले अवस्था फेरिएको छ। जंगलमा आहारा बढेको छ, पानीको पर्याप्त स्र...
श्रावण २६ गते, २०८३ - ०८:०१
चितवन । बजारमा अण्डाको माग बढेसँगै व्यवसायीले अण्डाको समर्थन मूल्य बढाएका छन्। नेपाल लेयर्स कुखुरापालक सङ्घले मंगलबारदेखि लागू हुने गरी अण्डाको नयाँ स...
श्रावण २६ गते, २०८३ - ०७:५६
सुर्खेत । मुख्यमन्त्री नियुक्त भएको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेपछि कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीमाथि राजनीतिक दबाब...
श्रावण २६ गते, २०८३ - ०७:३१
काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपाली आरोहीको शव आज काठमाडौं ल्याइँदै छ। गत साउन १४ गते ब्रोड पिकमा गएको हिमपह...
श्रावण २६ गते, २०८३ - ०७:२५
काठमाडौं । कोलम्बियाको पश्चिमी क्षेत्रमा गएको शक्तिशाली ७.४ म्याग्निच्युडको भूकम्पले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। भूकम्पमा परी कम्तीमा ११...



प्रतिकृया लेख्नुहोस्: