Khabar Dabali २६ मंसिर २०८२ बिहीबार | 11th December, 2025 Thu
Investment bank

घुर्मि र हर्कपुरमा एमालेको चिहान खन्दैछौं : गोपाल किराँती

हामीलाई आतङ्ककारी र तेरो बाउको बिर्ता हो भनेर धम्क्याउनेलाई प्रदेशमा निशेध नै हुन्छ

खबरडबली संवाददाता

खाेटाङ। प्रदेश १ पुनः नामकरण संघर्ष समितिका नेता गोपाल किराँतीले  उदयपुरको घुर्मिमा एमालेको चिहान खन्दैगरेको बताएका छन् । एमाले र उक्त पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै नेता किराँतीले आफूहरुले घुर्मि र हर्कपुरमा चिहान खन्दै गरेको  बताएका हुन् ।

खोटाङको सदरमुकाम दिक्तेलमा गरेकाे पत्रकार सम्मेलनमा किराँतीले उदयपुरकाे घुर्मि र ओखलढुंगाकाे हर्कपुरमा खनिएका चिहानमा  को को पुरिने हो थाहा नभएकाे बताए । साे क्रममा उनले  भने, ‘संघर्ष समितिको एक सदस्यको हैसियतबाट मैले प्रष्टसँग के भन्न चाहन्छु भने । खड्ग ओलीको चिहान खन्दैछौं हामी । त्यहाँ गाड्नु पर्ने हो या नपर्ने हो ? हामी शान्तिपूर्ण गर्छौं । शान्तिपूर्ण भनेर चिहानको कुरा भन्नुहोला । तर, शान्तिपूर्ण आन्दोलनमा हाम्रा साथीहरुको चिहान खने । हामी छोड्नेवाला छैनौं र छोड्दैनौं । हामी तयारी गरिरहेका छौं,’ किराँतीले भने, ‘एमालेका साथीहरुको प्रश्न छ । एमालेलाई मात्रै किन ? एमाले नै जोरी खोजेर आउने अनि के गर्नु त ?’

किराँतीले कोशी नामको पक्षमा हस्ताक्षर गर्ने ८२ जना सांसदलाई निर्णय सच्याउने दबाब दिनका लागि निषेध गरिएको बताए । ‘जसले हस्ताक्षर गरे । उनीहरुलाई दबाब गरिरहेका हौं । उहाँहरुलाई दबाब दिनका लागि हाम्रो कुरा सुनाउनका लागि कार्यक्रम गरिएको हो,’ उनले भने, ‘८२ सांसद जबर्जस्ती आए कालोमोसो दल्ने वा कालो झण्डा देखाउने काम हुन्छ ।’

एमाले अध्यक्ष ओली, सचिव योगेश भट्टराई र नेता महेश बस्नेतलाई रोक्नुको कारण चाहिं के हो नि भन्ने प्रश्नमा किराँतीले भने, ‘ओलीजीले हामीलाई आतङ्ककारी भन्नुभयो, अपराधी भन्नुभयो । योगेशजीले पहिचानवादीलाई लल्कार्नु भयो । महेश बस्नेतले तेरो बाउको बिर्ता हो भनेर धम्क्याए । त्यसकारण उनीहरुलाई हामी निषेध गर्ने, भण्डाफोर गर्ने र प्रतिरोध गर्ने हो ।’

किराँतीले पहिचानवादीलाई नै लक्षित गरेर एमालेले अभियान चलाएको दाबी गरे । ‘हामीलाई कुल्चनकै लागि यो अभियान चलाइएको हो । एमाले अध्यक्ष ओलीले दार्चुलादेखि हामीलाई गाली गर्दै आउनु भएको छ । अभियान चलाएको हो भने उहीदेखि पहिचानवादी विरुद्ध किन बोल्दै आउनु पर्यो ?’ किराँतीले प्रश्न गरे ।

उनले आदिवासी तथा प्रगतिशिलहरुले कि मासिनु पर्यो कि लड्नु पर्यो भन्दै आक्रामक अभिव्यक्ति दिएका हुन् । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि कोशी प्रदेश पहिचानवादीको बिर्ता नभएको भन्दै आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए ।

नेकपा एमालेले मंसिर १४ गते (बुधबार)देखि सुरु गरेको मध्यपहाडी संकल्प यात्रालाई अवरोध गर्ने पहिचानवादीको तयारी छ । यसअघि किराँतीले एमालेले जबर्जस्ती गरे आफूहरुको लाशमाथि टेकेर हिंड्नुपर्ने चेतावनी दिएका थिए । प्रदेश १ पुनः नामकरण संघर्ष समितिले पनि मंसिर २६ गतेदेखि उदयपुरको घुर्मिदेखि पाँचथरको चिवाभन्ज्याङ्सम्म अनिश्चितकालिन बन्द आव्हान गरेको छ । मंसिर २६ गते नै उदयपुरको घुर्मिमा एमालेले संचालन गरेको अभियान पनि आइपुग्ने कार्यक्रम रहेकेा छ ।

दुवै पक्ष एक अर्काप्रति लक्षित गर्दै अभियान चलाएपछि झडप हुने आशङ्कामा प्रहरीले भने एकीकृत सुरक्षा योजना लागू गर्ने जनाएको छ । 
यता, एमालेले भने आफूहरुको संकल्प यात्रालाई अवरोध नगर्न पहिचानवादीलाई आग्रह गरेको छ । विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै एमालेले यस्तो आग्रह गरेको हो ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेकपा नेता काशी महतोको निधन, पार्टी र समाजमा अपूरणीय क्षति

काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को  निधन भएकाे छ । महतोको नि...

जुम्लामा ‘फायर हाइड्रेन्ट’ को सफल प्रयोग, जोगियो ठूलो क्षति

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...

एमाले महाधिवेशनअगाडि पोखरेलको फरक दस्तावेज, ओलीसँग छलफलको तयारी

काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...

४ महिनाका शिशुको हत्या आरोपमा प्रहरी असई पक्राउ

काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...

विप्लव, प्रभाकर र घनश्याम सँग बलदेव आक्रमक: अन्तिममा तीनैजना ओलीकै पछि लाग्छन्

रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...

सल्यानको कोटबारामा बस दुर्घटना

सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...

राष्ट्रिय बायोग्यास कार्यक्रम कागजमै सीमित, मैदानमा प्रणाली बन्द

उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट

जेनजी आन्दोलनपछिको चुनौतीबीच पनि तनहुँ प्रशासनको सेवा निरन्तर

तनहुँ  । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...

नेपाल बैंक र क्यूरा हेल्थबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...

मतपत्रमा १०७ चिन्ह: प्रतिनिधि सभा चुनावमा ११४ दल मैदानमा

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending