Khabar Dabali १९ असार २०८३ शुक्रबार | 3rd July, 2026 Fri
Investment bank

दुई महिनादेखि हुम्लामा खाद्यान्न अभाव: सहरमै थन्कियो दुर्गमको चामल

खबरडबली संवाददाता

हुम्ला । समयमै ढुवानी नहुँदा हिमाली जिल्ला हुम्लामा खाद्यन्न अभाव देखिएको छ । ढुवानीको जिम्मा पाएका सप्लायर्स कम्पनी र खाद्य व्यवस्था तथा व्यापार कम्पनीको लापारबाहीका कारण यहाँ खाद्यान्न अभाव भएको हो । 

लिमिटेडको सिमकोट शाखामा  दुई महिना यतादेखि खाद्यान्न अभाव हुँदै आएको छ । आर्थिक वर्ष २०८०/८१ मा हुम्लाका लागि १४ हजार क्विन्टल चामल स्वीकृत गरिए पनि हालसम्म ढुवानी हुन नसक्दा यहाँको गोदाम रित्तिएको छ ।

स्थलमार्गबाट चार हजार क्विन्टल र हवाई मार्गबाट १० हजार क्विन्टल ढुवानीका लागि सम्झौता भए पनि सप्लायर्सहरूले समयमै ढुवानी गर्न नसकेको सिमकोट शाखा प्रमुख कृष्ण अधिकारीले बताउनुभयो । स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सले अहिलेसम्म ढुवानी गरेको छैन । एक हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको चाङला ढुवानी सेवाले एक सय ४८ क्विन्टल मात्रै उठाएको छ । साउनमा ढुवानीका लागि बोलपत्र आह्वान गरेर भदौदेखि  ढुवानी हुनुपर्ने खाद्यान्न हालसम्म सप्लायर्सले ढुवानी गर्न सकेका छैन । लिमिटेडले भदौ महिनामा मात्र ढुवानीका लागि बोलपत्र आह्वान गरेको थियो । हाल गोदामा रहेको कम परिमाणको खाद्यान्न पनि बिक्री गर्न सक्ने अवस्थामा नरहेको उहाँले जानकारी दिनुभयो  । 

खाद्यान्न ढुवानी नहुँदा र नागरिकलाई वितरण गर्न नसक्दा आफूलाई रातभर निद्रासमेत नलाग्ने गरेको उहाँले बताउनुभयो । यहाँ एक पटक खाद्यान्न सर्वसाधारण, बजारवासी र कर्मचारीलाई बिक्री तथा वितरण गर्दा दुई हजार पाँच सय क्विन्टल आवश्यक पर्छ । भैपरी आउने कार्य जन्म, मृत्यु र कैदीबन्दीलाई पनि अब चाँडै ढुवानी नभए वितरण गर्न नसकिने अवस्था छ । अहिले ढुवानीका लागि सप्लायर्स सिम्रिक एयरको हेलिकोप्टर छनोट भएर सम्झौता मात्र भएको तर उक्त एयरलाइन्सले खाद्यान्न बुझेर ढुवानी गर्ने काम अगाडि नबढाएका कारण जिल्लामा खाद्यान्न समस्या देखिएको हो । सिम्रिक एयर हेलिकोप्टर लिमिटेडले हवाई मार्गबाट १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको छ । सिमकोट शाखाका लागि सुर्खेतबाट छ हजार क्विन्टल र नेपालगञ्जदेखि सिमकोटसम्म चार हजार क्विन्टल गरी १० हजार क्विन्टल चामल ढुवानी गर्ने जिम्मा पाएको हो । नेपालगञ्जबाट सिमकोटका लागि प्रतिकेजी रु एक सय ४३ र सुर्खेतबाट सिमकोटका लागि प्रतिकेजी एक रु सय ३७ रुपैयाँका दरले सम्झौता भएको थियो । 

सहरमै थन्किए ढुवानी हुने चामल

हालसम्म राष्ट्रिय सडक सञ्जालले छुन नसकेको हुम्लाको सदरमुकाम सिमकोट शाखामा पुग्नुपर्ने चामल सिम्रिक एयरले ढुवानी नगर्दा नेपागलञ्ज र सुर्खेतमै थन्किएका छन् ।

यसैगरी स्थलमार्गबाट तीन हजार क्विन्टल चामल ढुवानीको जिम्मा पाएको एलबी सप्लायर्सका प्रोपाइटर लोकेन्द्र भण्डारीले अहिलेसम्म ढुवानीमा चासो देखाएका छैनन । स्थलमार्गबाटै एक हजार क्विन्टल चामल ढुवानी गर्नुपर्ने चाङला ढुवानी सेवाले पनि हालसम्म खाद्यान्न ढुवानी गरेको छैन । स्थलमार्गबाट नेपालगञ्ज हुँदै हुम्लाको सिमकोटसम्म प्रतिकेजी  ४० रुपैयाँ ६८ पैसा, सुर्खेतबाट स्थलमार्ग हुँदै सिमकोटसम्म रु ३९, धनगढीदेखि सिमकोटसम्म  ४२ रुपैयाँ ९४ पैसा र राजापुर बर्दियादेखि सिमकोटसम्म  ४१ रुपैयाँ ८१ पैसामा ढुवानी गर्न सम्झौता गरेको पाइएको छ । 

दुई महिनादेखि चामल पाइएन
  
समयमै खाद्यान्न ढुवानी नहुँदा दुई महिना यतादेखि नियमित कोटाको पाउनुपर्ने चामल नपाइएको सिमकोट गाउँपालिका–७ डाडाँफयाका वीरबहादुर सिंहको गुनासो थियो । उक्त लिमिटेड र ढुवानीको जिम्मा पाएका सप्लायर्सले ढुवानीमा बेवास्था गर्दा सङ्कट निम्तीनुका साथै खाद्यान्न नपाएको उहाँले  बताउनुभयो । सिंहले भन्नुभयो, “नागरिकले चामल पाउन कहिले नागरिकतासमेत पेस गर्नुपर्छ त कहिले महिनौँ दिनसम्म यस्तै समस्या भोग्नुपर्छ ।” जिल्लाका राजनीतिक दलले चामलमा राजनीति गर्छन्  तर जनताको समस्या कहिल्यै बुझ्न नसकेको उहाँको गुनासो थियो, यस्तै सदरमुकामवासीलाई झन थप समस्या निम्तिएको छ । सिमकोट शाखाले गोदाम रित्तै हुँदा खाद्यान्न वितरण गर्न नसकेपछि सदरमुकाम सिमकोटमा बस्दै आएका विद्यार्थी, होटेल व्यवसायी, कर्मचारी, सर्वसाधरण र सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका नागरिकलाई थप समस्या भएको छ । सिमकोट तल्लो गाउँ र माथिल्लो गाउँका बासिन्दाको खेतीपाती कम हुने र सधैँ किन्नुपर्ने खाद्यान्नको भरपर्नुपर्ने भएका कारण उनीहरुलाई समस्या निम्तिएको हो । 
  
यस्तै मासिक १५ केजी चामल प्रतिव्यक्ति पाउने सदरमुकामका कर्मचारीले समेत पाउन सकेका छैन् । कोटाको चामल नपाउँदा कर्मचारीले बजारमा महँगो मूल्य तिरेर खदिर गर्नुपर्ने बाध्यता छ । सिमकोट शाखाको गोदाम खाली भएपछि उपभोक्ता खाली हात फिर्ता जान बाध्य भएका छन् । हुम्लाका दुईवटा डिपो र चारवटा बिक्री केन्द्रमा पनि खाद्यान्न छैन । याल्वाङ र लिमी बिक्री केन्द्रबाहेक अरू बिक्री केन्द्रमा चामल पुग्न सकेको छैन् ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

जनकपुरधाम । थमन विक हत्या प्रकरणमा पाँच वर्ष कैद सजाय सुनाइएपछि नेकपा एमालेका पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ परेका छन्। प्रहरीले उनलाई महोत्त...

आज राति तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले बिहीबार राति गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका केही...

सबै प्रदेशमा राष्ट्रिय विधिविज्ञान प्रयोगशाला विस्तार गर्ने मन्त्री पुनको घोषणा

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधिविज्ञान प्रयोगशालालाई देशका सबै प्रदेशमा विस्तार गर्ने बताएका छन्। शिक्...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

सिटिइभिटिको एकेडेमिक काउन्सिलमा चार क्षेत्रका विज्ञ मनोनीत

काठमाडौं। शिक्षा तथा खेलकुद प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) को एकेडेमिक काउन्सिलमा सूचना प्रविधि, उद्योग,...

संसद्मै इन्टरनेट समस्या, प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रसारण अवरुद्ध

काठमाडौं। संघीय संसद् भवनमा इन्टरनेट सेवा अवरुद्ध भएपछि प्रतिनिधिसभाको बैठकको प्रत्यक्ष प्रसारण हुन सकेको छैन। इन्टरनेट समस्याका कारण संसद्को आधिकारिक...

पक्राउ परेका पत्रकार भण्डारी अदालतमा पेस

धनगढी। फैसला कार्यान्वयनका लागि पक्राउ परेका कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ निवासी ५० वर्षीय पत्रकार खेम भण्डारीलाई अदालतमा पेस गरिएको छ । फैसला क...

हेलमेट नलगाई मोटरसाइकल चलाएका मुख्यमन्त्री शाह ट्राफिक कारबाहीमा, निवासमै पुगेर ट्राफिक प्रहरीले चीट काट्यो

कैलाली। हेलमेट नलगाई मोटरसाइकल चलाएको कसुरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ट्राफिक कारबाहीमा परेका छन्। मुख्यमन्त्री शाहले आफ्नै ...

काठमाडौँ उपत्यकामा ‘ब्लू बस’ सेवा सञ्चालनको तयारी

काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुध...

सवारी साधनको कालो स्टिकर हटाउने अभियान तीव्र

तनहुँ । तनहुँ प्रहरीले सवारी साधनमा नियम विपरीत जडान गरिएका कालो स्टिकर (कालो सिसा) हटाउने अभियानलाई तीव्र पारेको छ । जिल्ला ट्राफिक प्रहरी कार्याल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending