काठमाडौं । उत्तर कोरियाको बढ्दो आणविक खतराको बीच दक्षिण कोरियाले जासुसी उपग्रह बोकेको रकेट प्रक्षेपण गरेको छ ।
कोरियाले शुक्रबार क्यालिफोर्नियाको अमेरिकी सैन्य आधारबाट आफ्नो पहिलो स्वदेशी सैन्य जासूस उपग्रह बोकेको रकेट सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको हो ।
उत्तर कोरियाले गत हप्ता आफ्नै जासूसी उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको थियो । यो कदमले बढ्दो अन्तर–कोरियाली सुरक्षा प्रतिद्वन्द्वलाई संकेत गरेको बताइएको छ ।
उपग्रह स्थानिय समयअनुसार बिहान १०ः १९ मा प्रक्षेपण भएको लगभग चार मिनेट पछि कक्षमा राखिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । यसले सामान्य रुपमा काम गरिरहेको बताइएको हो ।
उच्च रिजोल्युसन इमेजरीका लागि दक्षिण कोरियाले अमेरिकी व्यावसायिक र सैन्य सम्पत्तिहरूमा भर परेको हुनाले उत्तर कोरियाको जानकारी संकलन गर्न स्वतन्त्र सैन्य स्याटेलाइट नेटवर्क स्थापना गर्न दबाब दिइरहेको छ ।
एक इलेक्ट्रो–अप्टिकल र इन्फ्रारेड उपग्रहको साथ सुरु गर्दै दक्षिण कोरियाले उत्तर कोरियालाई राम्रोसँग निगरानी गर्न सन् २०२५ सम्ममा थप चारवटा उपग्रहहरू अन्तरिक्षमा पठाउने योजना बनाएको छ ।
यी उपग्रहहरूले पृथ्वीको सतहमा मौसमको प्रर्वाह नगरी डाटा संकलन गर्ने बताइएको छ ।
यो योजनाले दुई कोरियाबीच अन्तरिक्ष हतियारको दौडलाई चर्काउने कतिपयले विश्लेषण गरेका छन् । किनभने उत्तर कोरियाले नोभेम्बर २१ मा आफ्नो पहिलो जासुसी उपग्रह अन्तरिक्षको कक्षमा पठाएको थियो र उसले यस वर्षको सुरुमा दुई असफल प्रयासहरू पछि छोटो अवधिमा थप प्रक्षेपण गर्ने वाचा समेत गरेको थयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...



प्रतिकृया लेख्नुहोस्: