रावलकोट। पाकिस्तान प्रशासित कश्मीर(पीओजेके को रावलकोटमा अवामी हकुक लङ मार्चका प्रदर्शनकारीमाथि पाकिस्तानी सुरक्षा बलले गोली चलाउँदा कम्तीमा १४ जनाको मृत्यु भएको र करिब दुई दर्जन घाइते भएको आन्दोलनसँग आबद्ध प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन् । घटनाबारे पाकिस्तानी अधिकारीहरूले तत्काल कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।
सार्वजनिक गरिएको भिडियोमा संयुक्त अवामी एक्सन कमिटी (जेएएसी) का कोर सदस्य इम्तियाज असलमले प्रदर्शनकारीहरूको काफिला(सवारी) चिनार चोक हुँदै मकबूल भट शहीद चोक पुग्ने क्रममा सुरक्षा बलले गोली चलाएको आरोप लगाएको छन् । उनका अनुसार मृतकमध्ये आन्दोलनका संस्थापक उमर नाजिर कस्मिरीका कान्छा भाइ उस्मान नाजिर पनि छन्। अन्य मृतकहरू खैगला, कोटली, तत्तापानी, बञ्जा–बासपुर, छोटा गाला, हवेली तथा दुई जना बलुच सहभागी रहेको उहाँको दाबी छ ।
उनले करिब दुई दर्जन प्रदर्शनकारी घाइते भएको बताउँदै विदेशमा रहेका कश्मीरी समुदायलाई घटनाबारे अन्तर्राष्ट्रिय स्तरमा आवाज उठाउन आग्रह गरे। उनले पाकिस्तानी दूतावास तथा संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय मानवअधिकार निकायसमक्ष विरोध जनाउन र आन्दोलनप्रति ऐक्यबद्धता प्रदर्शन गर्न अपिल गरे।
असलमले मिरपुर र मुजफ्फराबाद क्षेत्रमा इन्टरनेट तथा मोबाइल सेवा बन्द गरिएको दाबी गर्दै सञ्चारमा समस्या भएकाले आन्दोलनकारीहरू पैदल यात्रा गर्दै आगामी तीनदेखि चार दिनभित्र मुजफ्फराबाद पुग्ने योजना रहेको बताउनुभयो । उहाँका अनुसार आन्दोलनकारीहरूले पहिलो रात मकबूल भट शहीद चोकमा बिताउनेछन् ।
अर्का एक प्रत्यक्षदर्शीले प्रदर्शनकारीहरू सेतो झण्डा बोकेर शान्तिपूर्ण रूपमा रावलकोटको चाँदनी चोक पुगेको दाबी गर्दै उनीहरूमाथि बल प्रयोग गरिएको आरोप लगाउनुभयो । उहाँले आन्दोलन पाकिस्तान वा पाकिस्तानी सेनाविरुद्ध नभई आफ्ना अधिकारका लागि भएको दाबी गर्दै सुरक्षा बललाई पछि हट्न आग्रह गरे ।
ती प्रत्यक्षदर्शीले पनि क्षेत्रमा पूर्ण सञ्चार अवरोध गरिएको दाबी गर्दै विदेशमा रहेका कश्मीरी समुदायलाई आन्दोलनको आवाज अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउन अनुरोध गरे।
गोली चलाइएको, १४ जनाको मृत्यु भएको तथा अन्य आरोपहरू आन्दोलनसँग सम्बद्ध प्रत्यक्षदर्शीहरूको दाबीमा आधारित छन् । घटनाबारे पाकिस्तानी अधिकारीहरूबाट समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २८ गते, २०८३ - १७:२९
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित 'होटल रेडिसन'मा अनुगमन गर्...
श्रावण २८ गते, २०८३ - १७:२३
रोल्पा। रोल्पाको थबाङमा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुर्दा मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। दुर्घटनामा परि दुई जना घाइते भएका छन् भने ...
श्रावण २८ गते, २०८३ - १७:०८
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको सम्पर्क कार्यालयमा ‘सभापति शेरबहादुर देउवा’ लेखिएको बोर्ड राखिएको छ। करिब पाँच महिनाको स्वास्थ्य उपचार...
श्रावण २८ गते, २०८३ - १६:५६
दमौली। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले नेपालकै आन्तरिक आम्दानीबाट देशको विकास गर्ने लक्ष्यका साथ नयाँ बजेट ल्याइएको बताएको छन्। आफ्नो निर्वाचन क्...
श्रावण २८ गते, २०८३ - १६:४६
काठमाडौं । बुधबार राति पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतमा उपस्थित गराउनुअघि ...
श्रावण २८ गते, २०८३ - १६:०५
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई दबाबमा पार्न विगतमा विभिन्न प्रयास भए पनि सफल हुन नसकेको...
श्रावण २८ गते, २०८३ - १५:५३
काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने वर्तमान व्यवस्था तत्काल परिवर्तन नगर्ने स्पष्ट पारेको छ। राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसदह...
श्रावण २८ गते, २०८३ - १५:४९
काठमाडौं । अविरल वर्षापछि आएको पहिरोमा परी रोल्पामा मृत्यु हुनेको संख्या सात पुगेको छ। थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी सात...
श्रावण २८ गते, २०८३ - १५:४३
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...
श्रावण २८ गते, २०८३ - १५:३०
काठमाडौं । नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गरी त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालत...



प्रतिकृया लेख्नुहोस्: