Khabar Dabali २७ बैशाख २०८३ आईतवार | 10th May, 2026 Sun

कार्यपालिकाबाट जनअपेक्षा अनुसारको काम नहुँदा दुःखी छौँ : सांसद महरा

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रियसभा सदस्य महेशकुमार महरा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको असली अभ्यास र प्रतिनिधित्व राष्ट्रियसभाले गरिरहेको ठान्छन् । अपाङ्गता भएका व्यक्तिको कोटाबाट माथिल्लो सदनमा छ वर्षअघि निर्वाचित उनले प्रतिनिधिसभाको छायाका रुपमा नभई अभिभावकको भूमिकामा राष्ट्रियसभा रहेको अनुभव सुनाए । 

‘सांसदसँग रासस संवाद’मा नेकपा (माओवादी केन्द्र)का नेता महराले भने, “सङ्घीयता र समावेशिताको प्रतिनिधित्व, अभ्यास र अनुभव राष्ट्रियसभाले गरिरहेको छ ।” प्रतिनिधिसभाबाट आएका विधेयकमा चित्त नबुझेमा फिर्ता पठाइदिने अधिकार राष्ट्रियसभासँग  भएको बताउँदै उनले सञ्चारमाध्यमले प्रबुद्ध समूहका कामकारबाहीलाई महत्व नदिँदा सभाका गतिविधि छायामा परेको प्रतिक्रिया दिए ।

सांसद महराले विकृति र विसङ्गतिको अन्त्य गरी सुशासन कायम गर्न राजनीतिक दलका शीर्ष नेतृत्वका साथै कर्मचारीतन्त्र इमान्दार हुनुपर्नेमा जोड दिए । डडेलधुराको आलितालमा स्थायी बसोबास रहेका महरा विद्यालय शिक्षा पूरा गरी विसं २०५४ मा काठमाडौँको रत्नराज्य कलेजमा उच्च शिक्षाका लागि भर्ना भएलगत्तै नेकपा (माओवादी)को भ्रातृ सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको सदस्यता लिएर राजनीतिमा प्रवेश गरे ।

अखिल क्रान्तिकारी डडेलधुरा जिल्ला सचिव, माओवादी जिल्ला कमिटी सचिवालय सदस्य उहाँ द्वन्द्वकालमा धरमपानीमा घाइते भएका थिए । माओवादी केन्द्रीय महाधिवेशन आयोजक कमिटी सदस्य भई काम गरेको उनी राजदरबार हत्याकाण्डपछि भूमिगत भएका थिए ।

द्वन्द्वकालमा डडेलधुराको नेतृत्व गर्दै गण्डकी क्षेत्रमा खटिनुभएका महरा २०६२ सालको शान्तिप्रक्रिया प्रारम्भ हुनुअघि धरमपानीमा भएको भिडन्तमा घाइते भएका थिए । उनले भने, “आफ्नो टाउकोमा अहिले पनि ‘एट्टी वान’बन्दुकको गोलीको छर्रा छ, प्यारालाइसिस भएर बायाँ हात र बायाँ खुट्टाले अहिले पनि राम्रोसँग काम गर्न सक्दैन ।”

राजनीतिक परिवर्तनका लागि भएको युद्धका क्रममा नेता महराले केही वर्ष भूमिगत जीवन बिताए । भने तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी सदस्यको जिम्मेवारी समेत सम्हाल्नुभयो । हाल नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा रहेका उनलाई राष्ट्रिय सभासदस्यमा निर्वाचित भएर जनप्रतिनिधिका रुपमा जनताका पक्षमा काम गर्न सकिनेमा गर्व लागे पनि आफ्नो कार्यकाल सकिनै लाग्दा सोचेअनुसारको काम हुन नसकेको उनी बताउछन् । 

“यो अवधिमा कार्यपालिकाबाट जनअपेक्षा अनुसारको काम नहुँदा दुःखी छौँ,” नेता महरा भने । देशमा पछिल्लो समयमा विकृति र अराजकता देखिनुमा संसदीय व्यवस्था जनताप्रति उत्तरदायी हुननसक्नु प्रमुख कारण उनी मान्छन् । समाजमा थिचिएका र हेपिएकाहरुको पक्षमा आवाज उठाउन पाउनु लोकतान्त्रिक व्यवस्थाको सुन्दर पक्ष मानिएपनि बोल्न पाउने अधिकार छ भन्दैमा अराजकता हुन नहुने उनको भनाइ छ ।

उनलाई लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको प्रतिफल दिएर परिवर्तनको अनुभूति दिनका लागि संविधान संशोधन गरी साशकीय स्वरुपमा परिवर्तन, निर्वाचन प्रणालीको परिवर्तन गरी पूर्ण समानुपातिक बनाउन जरुरी रहेको लागेको छ ।  

प्रत्यक्ष चुनाव जितेर सांसद बन्ने कुनै पनि नेताले बढीमा तीन कार्यकाल, समानुपातिक प्रणालीबाट निर्वाचित हुनेले दुई कार्यकाल र प्रधानमन्त्री र मन्त्रीको कार्यकाल पनि दुईपटकका लागिमात्र हुने व्यवस्था भएमा सुधार हुन सक्ने उनको बुझाइ छ ।  

सत्तापक्षले जतिसुकै राम्रो काम गरे पनि प्रतिपक्षमा बस्नेले विरोध गर्नैपर्छ भन्ने मान्यता नहटेको धारणा व्यक्त गर्दै सांसद महराले उनले भने “यस्तो परम्परावादी सोच त्याग्न जरुरी छ ।” राज्यका प्रमुख तीन अङ्ग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकापछि चौथो महत्वपूर्ण अङ्ग आमसञ्चार क्षेत्रले आफ्नो भूमिका इमान्दारिपूर्वक निर्वाह गर्न नसकेको उनले बताए । 

आफनो छवर्षे कार्यकालमा राष्ट्रियसभाका सदस्यबाट  सरकारलाई पूरा सहयोग मिलेको अनुभव सुनाउँदै उनले भने, “गठबन्धनकै सरकार भएर हुनसक्छ, पर्याप्त बिजनेस दिन सकेन ।” नेता महरालाई सरकारबाट संविधानको प्रस्तावना विपरीत बजेट ल्याउने काम हुने गरेको लागेको छ ।

राष्ट्रियसभामा विभिन्न विधेयक छलफलका क्रममा उत्पन्न मतभेदलाई सबै दलका नेता,प्रमुख सचेतक, सचेतकले आपसमा छलफल गरेर समाधान खोजिएको तथा यस्ता विषयमा अध्यक्षले पनि समन्वयकारी भूमिका निर्वाह गर्नुपर्नेमा उनी जोड दिन्छन्। 

आगामी दिनमा सबैले केही गरौँ भन्ने उद्देश्यका साथ सकारात्मक सोच राखेर गतल प्रवृत्तिका विरुद्ध लडाइँ गर्दै अगाडि बढ्न सक्नुपर्ने खाँचो उनी औँल्याउछन् । नेपालको संविधानले प्रदेशहरुको न्यायोचित प्रतिनिधित्व, व्यवस्थापकीय शक्ति सन्तुलन, कार्यकौशलता र प्रभावकारितालाई सम्बोधन गर्न सङ्घीय संसद्मा स्थायी प्रकृतिको व्यवस्थापकीय अङ्गका रुपमा राष्ट्रियसभाको व्यवस्था गरेको छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending