Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

सुशासन समितिले माग्द्वायाे गृहमन्त्री श्रेष्ठसँग भूकम्पपीडित व्यवस्थापनको विवरण

खबरडबली संवाददाता

काठमाडौं । राष्ट्रिय सभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितको पुनर्वास, उद्धार, पुननिर्माण तथा त्यसका दीर्घकालीन व्यवस्थापनको सम्बन्धमा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग विवरण लिएको छ ।

बिहीबार समितिले उद्धार, राहत र अस्थायी पुनर्वासको व्यवस्थापन लगायत विषयमा गृह मन्त्रालयले हालसम्म गरेको कार्य र प्रभावित जिल्लामा रहेका पीडितका समस्या समाधानको विषयमा गृहमन्त्री श्रेष्ठलाई समितिमा बोलाएर प्रगति विवरण माग गर्दै छलफल गरेको हो । 

त्यस क्रममा उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले प्रभावित जिल्लाका पीडितको राहत तथा उद्धारमा सरकारले तदारुकता साथ काम गरेको समितिलाई बताए । 

समितिले गरेको स्थलगत निरीक्षणमा कतिपय प्रभावितले अझै त्रिपाल तथा राहत नपाएको, केन्द्र र स्थानीय निकायबीच समन्वय अभावमा पीडितको विवरण संकलन गर्न ढिलाई भएको र चिसो बढ्दै गएकाले पीडित समस्यामा परेको विषयमा गृहमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।

गृह प्रशासन, प्राधिकरण र सम्बन्धित निकायकाबीच सम्न्वय अभाव भएको समितिको प्रश्नको जवाफमा गृहमन्त्री श्रेष्ठले भने, ‘जति चिसो बढ्छ त्यसको कारणले नागरिकको स्वास्थ्य प्रतिकूल हुने र जीवन पनि जाने खतरा हुन्छ । त्यसमा हामी संवेदनशील छौं र छिटोभन्दा छिटो अस्थायी आवास निर्माण गर्न सहजीकरण गरिरहेका छौं ।’

समितिले स्थलगत निरीक्षणमा जाँदा ५० वर्षीय महिलामाथि बलात्कार प्रयास भएको तथा चोरी डकैतीका घटना जानकारीमा आएको उल्लेख गर्दै सोबारे गृहमन्त्रीको जवाफ मागेको थियो । गृहमन्त्रीले प्रभावित क्षेत्रमा बलात्कार प्रयास तथा चोरीका घटनाबारे आधिकारिक रुपमा जानकारी नआएको बताए ।

उनले भने, ‘प्रभावित क्षेत्रमा बलात्कार सम्मको घटना आधिकारिक रुपमा जानकारीमा आएको छैन । भूकम्पको बेलामा यति तल्लो स्तरको घटना भएको रिपोर्ट हामीलाई छैन । हामी तुरुन्तै त्यसबारेमा बुझ्छौं ।’

उनले तत्काल अस्थायी आवास निर्माण कार्यलाई तीव्रता दिन सकेसम्म सरल रुपमा समन्वय गरिरहेको उल्लेख गरे । भूकम्प प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन जिल्ला विपद् समितिमा रहने गरी पाँच–पाँच करोड रुपैयाँमा पठाइसकेको पनि उनले बताए । 

चिसो सुरु भइसकेको अवस्थामा अस्थायी आवास निर्माणका लागि आवश्यक कार्यविधि तयार गरेको  बताउँदै कार्यान्वयनको चरणमा रहेको गृहमन्त्री श्रेष्ठले बताए । 

समितिका सदस्य कुमार दसौदीले भूकम्प प्रभावित जनताको पुनर्वासका लागि सरकार र अन्तर मन्त्रालयबीच पटक्कै समन्वय नभएको तथा स्थानीयको विवरण संकलनमा ढिलाई गरेको भन्दै सरकारको कार्यप्रति असन्तुष्टि जनाए । 

उनले भने, ‘स्थलगत निरीक्षणमा जाँदा त्यहाँ सरकारको उपस्थिति नै देखिएन । भूकम्प गएको तीन साताभन्दा बढी समय भएपछि मात्रै त्यहाँ मुचुल्का उठाउन गएको पाइयो । न त्यहाँ प्राविधिक टोली छन्, न पीडितको विवरण अहिलेसम्म पूरा संकलन गरिएको छ । शहरी विकास मन्त्रालयले के गरिरहेको छ ?’

प्रभावित क्षेत्रमा स्वास्थ्यसम्बन्धी जनशक्ति पनि नरहेको भन्दै उनले प्राविधिक टोली खटाइयो भनिएको भए पनि महिना दिन हुन लाग्दा प्राविधिकहरु फिल्डमा नपुगेको उल्लेख गरे ।

‘सरकारले ध्यान दिएन भनाैं भने राष्ट्रपतिदेखि लिएर हाइ प्रोफइल भिजिट भइरहेको छ, ध्यान गएको छ भनौ भने फिल्डमा माछे छैनन् । कहाँनेर कमजोरी भएको हो ? यो तरिकाले हामीले जनातालाई साथ र सेवा दिन सकिँदैन यसमा सरकारको गम्भीर ध्यानाकर्षण होस्’ उनले भने ।

समितिले भूकम्पबाट क्षति भएका घरहरुको ठोस विवरण छिटो संकलन गर्नुपर्ने, जनतालाई अस्थायी आवास निर्माणका लागि उपलब्ध गराउने सरकारी रकम छिटो र सहज रुपमा प्रभावितसम्म पुर्याउनुपर्ने तथा भूकम्पमा परी मानसिक रुपमा विछिप्त बनेकालाई परामर्श गराउनुपर्नेमा गृह मन्त्रालय र मातहतका निकायको ध्यानाकर्षण गराएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवनका गाईभैँसीमा खोरेत रोगको समस्या

चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...

एमालेको ११औं महाधिवेशन: बन्दसत्र १ बजे सुरु हुने गरी फेरि सारियो

काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...

विश्वम्भरको जर्बुटा कला: प्रकृतिसँगको अनौठो संवाद

ललितपुर  ।  सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...

जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था छिटो स्थापित गर्न साझा प्रतिबद्धता जरूरी’ : उपसभामुख राना

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...

संसदीय अभ्यासले राजनीतिक परिपाटी निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याएको छः उपाध्यक्ष घिमिरे

काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍याएको बताएकी छिन् । सं...

भृकुटीमण्डपको सुरक्षा कडा, एमाले बन्दसत्र केही ढिलो हुने

काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...

बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’

बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...

धान उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट

मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...

एमालेको ११औँ महाधिवेशनको बन्दसत्र आजदेखि

काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...

एमालेले नेतृत्व चयन सहज बनाउन केन्द्रीय कमिटी बैठक आह्वान

काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending