काठमाडौँ । बुधवार बेलुकाका काठमाडौँ–दुबई उडाउनको क्रममा रहेको नेपाल एयरलाइन्सको जहाजमा ३१ जना यात्रु काठमाडौँमै छुटेपछि चर्चा चुलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड समेत उड्ने सो जहाजले जानिजानी सर्वसाधारण यात्रुहरूलाई छाडेर उडेको भन्दै एयरलाइन्सको आलोचना भइरहेको हो ।
तर, यता नेपाल एयरलाइन्सले भने जहाजले नभएर यात्रुहरू आफैँ छुटेको प्रतिक्रिया दिएको छ ।
नेपाल एयरलाइन्सले जहाजले छाडेको नभएर यात्रुहरू आफैँ छुटेका एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बताए । जहाजको उडान तालिका परिवर्तन भएको सबै यात्रुहरूलाई पहिले नै फोन, एसएमएस, मेल सबै तरिकाबाट सूचना पुर्याइएको भए पनि केही यात्रुहरू संवेदनशील नभइदिँदा छुटेकाे उनकाे भनाइ छ ।
एयरलाइन्सको आरए २२९ नम्बरको जहाज बुधवार बेलुका ११ः३० बजे काठमाडौँ–दुबई उडान तालिका रहेको थियो । तर प्रधानमन्त्री समेत सोही विमानमार्फत दुबई जाने भएपछि पूर्ववत् उडान सेडूलमा २ घण्टा अघि सारिएको थियो । एयरलाइन्सको ११ः३० को उडानलाई ९ः३० मा सारिएको सबैमा सूचना गरिएको प्रवक्ता पौडेलले बताए ।
तर, २५० जना यात्रुहरूले सूचना अनुसार नै समयमा नै उडानका लागि एयरपोर्ट आएको तर बाँकी ३१ जना नआएको प्रवक्ता पौडेलले बताए । तथापि, ढिला गरी आउने ३१ यात्रुलाई एयरलाइन्सले होटलमा लगेर राखेको र आज पुनः अर्को उडानमार्फत दुबई पठाउन लागिएको उनले जानकारी दिए ।
प्रवक्ता पौडेलका अनुसार आज बेलुकाको नेपाल एयरलाइन्सकै ११ः३० कै अर्को जहाजमार्फत छुटेका यात्रुहरूलाई दुबई पठाउन लागिएको र सम्भव भएसम्म अन्य जहाजहरूमार्फत समेत पठाउने तयारी नेपाल एयरलाइन्स गरिरहेको जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २९ गते, २०८२ - १०:३७
चितवन । चितवनमा गाईभैँसीमा खोरेत रोगको समस्या देखिएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिका र भरतपुर महानगरमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।...
मंसिर २९ गते, २०८२ - १०:३३
काठमाडौं। नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्र फेरि सारिएको छ। बिहानै सुरु गर्ने तयारी गरिएको यस बन्दसत्र सवा १२ बजेलाई सारिएको थियो भने, अब दिउ...
मंसिर २९ गते, २०८२ - १०:१८
ललितपुर । सिन्धुलीको कमलामाई नगरपालिका वड नं ७ मा अवस्थित विश्वम्भर लामिछानेको निवास मात्र एउटा घर होइन, यहि घरमा अवस्थित उनको निजी सङ्ग्रहालय नै दे...
मंसिर २९ गते, २०८२ - ०८:४७
काठमाडौँ । उपसभामुख इन्दिरा रानाले संसद्को सर्वोच्चता कायम राख्दै संविधानले परिकल्पना गरेअनुसार छिटो जनप्रतिनिधिमार्फत शासन सञ्चालन हुने अवस्था स्थापि...
मंसिर २९ गते, २०८२ - ०८:३४
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले संसदीय अभ्यासले वर्तमान राजनीतिक परिपाटी निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याएको बताएकी छिन् । सं...
मंसिर २९ गते, २०८२ - ०८:३२
काठमाडौँ । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनको दोस्रो दिन आज भृकुटीमण्डपमा बन्दसत्रको तयारी सुरु भएको छ । उच्च सुरक्षा व्यवस्थाका बीच सञ्चालन हुन...
मंसिर २९ गते, २०८२ - ०८:२१
बागलुङ । पछिल्लो समय बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा ओखलेस्थित बेलढुङ्गा सामुदायिक घरबासमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै गएको छ । यहाँ पुग्ने पाह...
मंसिर २९ गते, २०८२ - ०८:२०
मोरङ । बेमौसमी वर्षाका कारण यस वर्ष मोरङ जिल्लामा धान उत्पादन घटेको छ । धान उत्पादनका हिसाबले देशकै प्रमुख जिल्लामध्ये एक मानिने मोरङमा गत वर्षको तुलन...
मंसिर २९ गते, २०८२ - ०८:१५
काठमाडौं । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आइतबारदेखि काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र सुरु हुँदैछ । पार्टीको नयाँ नेतृत्व चयन र मह...
मंसिर २९ गते, २०८२ - ०८:११
काठमाडौँ । नेकपा एमालेले पार्टीको नेतृत्व चयन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ । भृकुटीमण्डपमा जारी महाधिवेशनक...




प्रतिकृया लेख्नुहोस्: