Khabar Dabali १ पुष २०८२ मंगलवार | 16th December, 2025 Tue
Investment bank

७४ कारागारमा २७ हजार कैदीबन्दीलाई ध्यान शिविर सञ्चालनको तयारी

खबरडबली संवाददाता

काठमाडौं । सरकारले कैदीहरूको मानसिक विकास तथा जीवनलाई सकारात्मक तवरले हेर्ने दृष्टि विकास गराउन देशका ७४ वटा कारागारमा २७ हजार कैदीबन्दीलाई दश दिवसीय विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

आफ्नो मनलाई बिकारमुक्त बनाई सुख र शान्ति अनुभूत गर्न चाहनेहरू विपश्यना ध्यानको अभ्यास गर्नेहरूको संख्या दिनानुदिनु बढिरहेको समयमा गृह मन्त्रालयले ध्यान दशदिवसीय शिविर सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले नेपाल विपश्यना केन्द्रसँग समन्वय गरी कारागारहरूमा विपश्यना ध्यान शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सोमबार मन्त्रालयमा बसेको बैठकले कारागारमा ध्यान शिविर सञ्चालन गर्ने निर्णय गरेको थियो । विभिन्न देशका कारागारमा सञ्चालन गर्दै आएको यो शिविरले कैदीमा पारेको सकारात्मक प्रभावका रूपमा लिएर मन्त्रालयले यसलाई देशभरैका कारागारमा सञ्चालन गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल र केन्द्रका क्षेत्रीय आचार्य रूप ज्योतिसहितको टोलीबीच छलफल भई ध्यान शिविरको कार्ययोजना तयार गरेको थियो ।

ललितपुरको नख्खु कारागारबाट सो शिविर सञ्चालन गरिने छ मन्त्रालयले जनाएको छ । मन्त्रालयले एक महिनाभित्र शिविर सञ्चालन गर्ने तयारी अघि बढाएको छ । केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुने छ । व्यवस्थापन अवस्थाअनुसार एकपटकमा ६०–७० जनाले ध्यान साधना गर्नेछन् । पटकपटक शिविर सञ्चालन गरी सबैलाई विपश्यना ध्यान गराइने धर्मसेवक सुशील शाहले जानकारी दिए ।

दश दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरूपको शिविर आयोजना गरिने मन्त्रालयले जनाएको छ । सरकारले २२ वर्षपछि नख्खु कारागार ध्यान शिविर सञ्चालन गर्न लागिएको हो । यसअघि २०५५ सालमा २० जना र २०५७ सालमा २३ जना नख्खु कारागारका कैदीबन्दीलाई ध्यान गराइएको थियो । त्यस्तै, यसअघि भीमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको शिविर सम्पन्न भइसकेको मन्त्रालयले जनाएको छ । केन्द्रीय कारागारसहित देशमा ७४ वटा कारागार छन् ।

विपश्यना ध्यान आजभन्दा २५ सयवर्ष अघि गौतम बुद्धले स्वयंले अनुभूत गरी प्रतिपादन गरेको ध्यान विधि हो । त्यसयता गुरु–शिष्य परम्पराअनुसार नटुटीकन यथारूपमा हस्तान्तरण हुँदै आएको छ । यो ध्यानको वैज्ञानिक र उत्कृष्ट विधिका रूपमा परिचित छ । तोकिएका मापदण्ड र अनुशासनका विधि पालना गरेर १० दिने आवासीय शिविरमा विपश्यना ध्यान सञ्चालन गरिन्छ ।

बूढानीलकण्ठ, मुहानपोखरीस्थित धर्मश्रृंग नेपालमा विपश्यना केन्द्रले हरेक महिना १ र १४ तारेखमा नियमित रूपमा इच्छुकहरूका लागि ध्यान गराउँदै आएको छ । विसं २०३७ देखि नेपालमा विपश्यना ध्यान शिविरहरू सञ्चालन हुँदै आएका छन् । देशभर विभिन्न ३० वटाभन्दा बढी विपश्यना ध्यान केन्द्र छन् ।

नेपालमा अन्यका लागि सहज भए पनि जेलका कैदीबन्दीका लागि विपश्यना त्यति अभ्यासरत छैन । नेपालमा नख्खु जेलमै २०५२ र ५३ सालमा दुईपटक विपश्यना शिविर सञ्चालन भएको थिए । तर, त्यसको निरन्तरता हुन सकेन । गत वर्ष भीमफेदी कारागारमा यो शिविर सञ्चालन गरिएको थियो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एमाले संस्थापनमा आकांक्षी धेरै, इतरपक्ष प्यानलको तयारीमा

काठमाडौं । एमाले महाधिवेशनका लागि संस्थापन र इतरपक्ष आआफ्नो प्यानल बनाउने गृहकार्यमा जुटेका छन् । संस्थापनतर्फ पदाधिकारीका आकांक्षी तीन दर्जनभन्दा बढी...

काठमाडौंमा आज न्यूनतम तापक्रम ६ डिग्री सेल्सियस, देशभरको मौसम कस्तो रहन्छ ?

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । आज दिउँसो कोशी प्रदेशका उच्च पहाडी तथा हिम...

डडेल्धुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना

काठमाडौं । डडेल्धुराबाट काठमाडौँतर्फ जादैँ गरेको ना८ख ७४५५ नम्बरको बस दाङको लमही नगरपालिका–१ स्थित कौडियापुल नजिकै दुर्घटनामा परेको छ। पूर्व–पश्चिम रा...

दक्षिण कोरियामा बढ्यो रोजगारी

सिओल । दक्षिण कोरियामा रोजगारी लगातार बढ्दै गएको छ। विशेषज्ञहरूले यो वृद्धिलाई जनसङ्ख्या संरचनामा परिवर्तन र काम गर्ने उमेर समूहका अवसर बढेकोसँग जोडेर...

अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य बढ्यो, पाउन्डको घट्यो

काठमाडाैं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अस्ट्रेलियन डलर, युरो र कुबेती दिनारको मूल्य...

सरकार र जेनजी प्रतिनिधिबीच भएको सम्झौतामा के छ ?

राष्ट्र प्रमुख र सरकार प्रमुख तथा मन्त्रिपरिषद्मा दुई कार्यकालमा सीमित गरिने

एनपीएल: फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत  दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स ...

धार्मिक सद्भावको अनुपमस्थल ‘कम्मर शाह मजार’

बाँके । यहाँको डुडुवा गाउँपालिका–५ कम्दीस्थित हजरत कम्मर शाह बाबाको मजार धार्मिक सद्भावको अनुपम स्थल बन्दै गएको छ । कम्मर शाह बाबाको सम्झनामा यहाँ ...

बडीमालिकाका सात वडा छाउपडी गोठमुक्त

बाजुरा । बडीमालिका नगरपालिकाले सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अन्त्यका लागि पालिकाका सात वटा वडालाई छाउ गोठमुक्त घोषणा गरेको छ । पालि...

‘प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाइने’

काठमाडौँ । सरकार र जेनजीबिच आगामी प्रतिनिधिसभासहित हरेक तहका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण, सबैका लागि पहुँचयुक्त र भयरहित बनाउने सहमति...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending