Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

निम्तो नभएको लोकमार्ग पदयात्रामा एमाले नेता भिम रावल सहभागी नहुने

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एमालेले सुरु गर्न लागेको मध्य पहाडी लोकमार्गको पदयात्रा कार्यक्रममा नेता भिम रावन सहभागी नहुने भएका छन् । आधिकारीक निम्तो नभएको भन्दै उनी कार्यक्रममा सहभागी नहुने भएका हुन् । 

‘समृद्धिका लागि संकल्प यात्रा’ नाम दिएर बिहीबारदेखि रावल आफ्नै गृहप्रदेशबाट सुरु हुन लागेको पदयात्रामा सहभागी नहुने भएका हुन । बैतडीको झुलाघाटबाट सुरु गर्न लागेको मध्यपहाडी लोकमार्गको पदयात्रा उद्घाटनका लागि एमाले अध्यक्ष ओली भने सुदूरपश्चिममा पुगी सकेका छन् । अध्यक्ष ओलीसहितका शीर्ष नेतृत्व कार्यक्रममा सहभागी हुन बैतडीको झुलाघाटका लागि हिँडेका भए पनि एमाले नेता रावलले भने उक्त कार्यक्रमका सहभागि नहुने जनाएका छन् । 

पदयात्राको लागि आफूलाई निम्ता नगरिएको उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले निमन्त्रणाका लागि रावलसँग टेलिफोन सम्पर्क गरेका थिए । प्रदेशको अभियान नभएर केन्द्रको अभियान भएकाले अध्यक्ष ओलीसँग आफ्नो सहभागिताको बारेमा कुरा गर्न रावलले जैसीलाई भनेका थिए । प्रदेश अध्यक्ष जैसीले एमाले महासचिव शंकर पोखरेलसँग टेलिफोन पश्चात् फेरि रावलललाई सम्पर्क गरेका थिए।

‘अध्यक्षको स्वकीयसँग कुरा हुँदा महासचिवसँग कुरा गर्न भनियो, महासचिवसँग कुरा गर्दा इच्छा हुनेले जाँदा हुन्छ भन्ने जवाफ आएकोले तपाईं झुलाघाट जानु परेन अछाम आफ्नै किसिमले गए हुन्छ,’ रावलले जैसीको भनाई उद्धृत गर्दै लेखेका छन्, ‘अब सबै विवेकशील व्यक्तिले सोचौँ, यही हो त मलाई अभियानमा निम्ता गरिने कायदा?’ रावलले अध्यक्ष ओलीले निम्तो गरे आफू कार्यक्रममा सहभागी हुने सन्देश पठाएका थिए । रावलले प्रदेशको अभियान भए प्रदेश अध्यक्ष जैसीले निमन्त्रणा गर्दा कार्यक्रममा सहभागी हुने उल्लेख गरेका छन् ।

नेकपा एमालेका एक नेता राष्ट्रिय कार्यक्रम भएकाले यस कार्यक्रममा सबैले सहभागिता जनाउन सक्ने दाबी गर्छन् । राष्ट्रिय कार्यक्रम भएकाे हुँदा सहभागी हुनमा कसैलाई रोक नभएको उनी बताउँछन् । 

एमालेले बिहीबार बिहान ९ बजे पश्चिम बिन्दु झुलाघाटदेखि सुरु गर्ने पदयात्रा १ हजार ८ सय ७९ किलोमिटरको मध्यपहाडी लोकमार्ग अन्तर्गत पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिने बताइएको छ । यात्राका क्रममा एमालेले ठाउँ–ठाउँमा आमसभाको आयोजना गर्ने र बैतडीको झुलाघाटमा पदयात्रा शुभारम्भ कार्यक्रमको तयारी पूरा भएको नेकपा एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।

सुदूरपश्चिम खण्डमा झुलाघाटदेखि वनखेतसम्मको ३५८ किलोमिटर यात्राको बीचमा डडेल्धुरा, डोटी, अछामको साँफेबगर र मंगलसेनमा आमसभा हुने एमालेले जनाएको छ । पदयात्रामा निस्किने टिमलाई सुदूरपश्चिमको टोलीले वनखेतबाट बिदाइ गर्ने कार्यक्रम तय भएको छ । 

करिब १९ दिनसम्म सञ्चालन हुने पदयात्राका क्रममा बाटोमा पर्ने ठाउँको विकास सम्भावना र समृद्धिबारे छलफल, बहस र अध्ययन हुने एमाले नेताहरू बताउँछन् ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending