Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

श्रीमती र बुहारीको हत्या आरोपमा दुई जना पक्राउ

खबरडबली संवाददाता

सिरहा ।  सिरहाको छुट्टाछुट्टै स्थानमा दुई महिलाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक महिलाका श्रीमान् र ससुरालाई पक्राउ गरेको छ ।

हत्या आरोपमा  सिरहा नगरपालिका—१५ सुखचैना गाउँका ४० वर्षीय देवेन्द्र यादव र कल्याणपुर नगरपालिका–८ बड्की टोलका ५१ वर्षीय रामअशिष दास  पक्राउ परेका छन् ।  यादवविरूद्ध श्रीमतीलाई कुटपिट गरी हत्या गरेको आरोप छ भने दासविरूद्ध बुहारीलाई बञ्चरो प्रहारी गरी हत्या गरेको आरोप छ।

प्रहरीका अनुसार मंसिर ७ गते राति १० बजे बाँसको भाटा र इँटा प्रहार गरी यादवले ३० वर्षीया श्रीमती सञ्जितालाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए। कुटपिटबाट उनको घरमै मृत्यु भएपनि संजितालाई उपचार गराउन भन्दै यादवले भारतको जयनगरतर्फ लगेका थिए ।

भोलिपल्ट छिमेकीले सूचना दिएपछि ८ मंसिरको बिहान सुखचैना पुगेको प्रहरीले थप अनुसन्धान गर्दा कुटपिटको क्रममै संजितको मृत्यु भएको र उपचारको बहानामा शव भारत लगेको खुलेको सिरहाका डिएसपी रविन्द्रराज पाण्डेयले जानकारी दिए।

उनका अनुसार प्रहरी चौकी खिरौना, इलाका प्रहरी कार्यालय माडर र जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले माडरको बोर्डर क्षेत्रबाट गत शनिवार देवेन्द्रलाई पक्राउ गरी सोधपछु गर्दा श्रीमतीको शव भारतमै फालेर आएको बताएका थिए ।

नेपाल भारत सीमा क्षेत्रबाट करिब ३०र३५ किलोमिटरको दुरीमा रहेको भारतको मधुवनी जिल्लाको खजोली थाना अन्तर्गत सेलरा भन्ने ठाउँमा रहेको झाडीबाट आइतबार विहान सञ्जिताको शव फेला परेको थियो।

भारतीय प्रहरीसँगको समन्वयमा सम्पूर्ण कानूनी प्रक्रिया पूरा गरी सञ्जिता शव पोष्टमर्टम गरिएको डिएसपी पाण्डेयले बताए । उनका अनुसार देवेन्द्रलाई ९ मंसिरदेखि लागू हुनेगरी सिरहा अदालतबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।

प्रहरीले सार्वजनिक गरेको  ५१ वर्षीय रामअशिषविरूद्ध बुहारी संगिताकुमारी दासको गत २७ कात्तिकमा हत्या गरेको आरोप छ । छोरा राजकिशोर मेला हेर्न गएका बेला घरायसी विवादको क्रममा बुहारीको टाउकोमा बञ्चरो प्रहार गर्दा संगिताको घटनास्थलमै मृत्यु भएको अनुसन्धानमा खुलेको प्रहरी नायव उपरिक्षक पाण्डेयले बताए।

बुहारीको हत्यापछि लुकीछिपी बस्दै आएका दासलाई इलाका प्रहरी कार्यालय मिर्चैया र मातहतको कल्याणपुर प्रहारीको संयुक्त टोलीले खोजतलासको क्रममा गत मंसिर १ गते पक्राउ गरेको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय मिर्चैयामा राखेर घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending