Khabar Dabali ५ जेष्ठ २०८३ मंगलवार | 19th May, 2026 Tue
Investment bank

बन्दका कारण मेची राजमार्गमा यातायत सञ्चालन ठप्प

पक्राउ गरिएका कार्यकर्ता रिहाई नभएसम्म मेची राजमार्ग बन्द

खबरडबली संवाददाता

इलाम । ताप्लेजुङमा पक्राउ परेका कार्यकर्ता रिहाईको मागसहित पहिचान पक्षधरसमूहले गरेको बन्दका कारण मेची राजमार्ग आज बिहानैबाट ठप्प भएको छ । ‘कोशी’ नामविरुद्ध आन्दोलन गरिरहेको ‘प्रदेश १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण मङ्गलबार बिहानैदेखि मेची राजमार्गमा यातायात ठप्प भएको हो ।

दुई दिनअघि ताप्लेजुङमा नेकपा (एमाले) सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराई सवार सवारी साधनमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जना पहिचानवादी कार्यकर्तालाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्यकर्ता बिना सर्त  रिहाइको माग गर्दै राजमार्ग बन्दको घोषणा गरिएको हो ।

बन्दका कारण मेची राजमार्गको झापा–इलाम, इलाम– फिदिम र  फिदिम –ताप्लेजुङ सडक खण्डमा बिहानैदेखि यातायातका साधन चलेका छैनन् । बन्द कर्ताको अवरोधका कारण इलामको जिरो किलोमिटर लगायतका क्षेत्रमा यातायतका साधन रोकिएका छन् । 

प्रहरीले पहिचान पक्षधर पाथिभरा–३ निवासी विविन कालिङवा र आनन्द कालिङवालाई यही मङ्सिर ११ गते पक्राउ गरेको थियो । आन्दोलन समूहका नेता राम लिङद्मले पक्राउ गरिएका कार्यकर्ता रिहाई नभएसम्म सडक खुल्न नदिइने बताए । 

यता जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी बासदेव खतिवडाले बन्दको खासै प्रभाव नरहेको र  यात्रुको सुरक्षाका लागि स्कटिङको व्यवस्था गरिएको  बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रिसको पाँच मिनेट, सधैंका लागि सकिने जिन्दगी

काठमाडौं । एउटा फोन गलत नम्बरमा लाग्छ । केही मिनेट भनाभन हुन्छ । भेट्न बोलाइन्छ । अनि चक्कु चल्छ । दुई दाजुभाइको ज्यान जान्छ । कहीं गाँजाको खिल्लीम...

अदालतभित्र सत्ता संघर्षः न्यायालय कि शक्ति केन्द्र ?

रिट दर्तामै रोक हुँदा न्याय रोकिएको आरोप

कार्यक्रमअघि नै वीरगञ्जबाट दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईँ फेरि पक्राउ परेका छन् । ...

राउटे पुगे पूर्व, सेल्फी र टिकटकको तमासा

२०० रुपैयाँको टिकटमा राउटे संस्कृतिमाथि व्यापार

युद्धकालको घाउ फेरि अदालतमा, प्रचण्ड–बाबुरामविरुद्धको मुद्दाकाे मंगलबार निर्णय आउने

काठमाडौं । दशक लामो सशस्त्र द्वन्द्व सकिएको वर्षौं बितिसकेको छ । तर युद्धकालका घाउ, आरोप र प्रश्नहरू अझै अदालतको ढोकामै छन् । अब त्यही द्वन्द्वकालीन अ...

सर्वोच्चमा ‘अन्धकार’को बहस, बारले बाल्दैछ लालटिन

काठमाडौं । देशको सर्वोच्च अदालतभित्र यतिबेला कानुनी बहसभन्दा बढी ‘अदालत चलिरहेको छ कि रोकिएको छ ?’ भन्ने प्रश्न उठ्न थालेको छ । रिट दर्ता नै नहुने अवस...

पहिले थुन्ने, पछि सुन्ने ?’ सरकारमाथि सांसद राईको कटाक्ष

काठमाडौं । संसद्को रोस्ट्रमबाट नेपाली कांग्रेसका सचेतक निश्कल राईले सरकारमाथि तीखा प्रश्न तेर्स्याए  “सरकार व्यवसायीको कुरा सुन्न चाहन्छ कि पहिले थुन्...

कालिमाटीबाट खैरो हेरोइनसहित युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको कालिमाटीबाट खैरो हेरोइनसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय अनिल शाह छन् । जिल्ला प्रहरी पर...

विश्वकप लिग–२ अन्तर्गत नेपाल र स्कटल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल र स्कटल्यान्डबीच खेल हुँदैछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान ९ः३० बजे सुरु ...

अदालत बोलिरहेछ, डोजर चलिरहेछ

काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकाले वडा नम्बर ११ स्थित क्रिकेट मैदान आसपासको जग्गा खाली गराउन वैशाख १६ गते १० दिने सूचना जारी गर्‍यो । सूचना टाँसिए...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending