Khabar Dabali १८ श्रावण २०८३ सोमबार | 3rd August, 2026 Mon
Investment bank

जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा लाग्न वैद्यको अपिल

खबरडबली संवाददाता

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका अध्यक्ष मोहन वैद्यले यथास्थितिवादीहरूको भ्रमबाट मुक्त भई सङ्घीय जनगणतन्त्र नेपालको स्थापनाका लागि संघर्षमा अगाडि बढ्न अपिल गरेका छन् । अध्यक्ष वैद्यले सोमबार प्रेस वक्तव्य जारी गर्दै यतिबेला देश भयावह अवस्थाबाट गुज्रिरहेको तथा जनता वर्तमान व्यवस्थाको विकल्पको खोजीमा रहेको जनाएका हुन् । 

उनले जनताको परिवर्तनको चाहनालाई दुरुपयोग गर्दै पश्चगामी शक्तिहरू सङ्घीयता विरोधी र धर्मनिरपेक्षता जस्ता सीमित अधिकारहरू समेतका विरुद्ध राजा आऊ देश बचाऊ भन्ने नाराहरू लगाएर जनतालाई दिग्भ्रमित गर्ने र देशलाई पछाडि फर्काउन कसरत गरिरहेको बताएका छन् । 

 ‘नयाँ दलालहरू सत्ता र व्यवस्था होइन नेताहरू बदमास हुन् भन्दै आफूलाई साम्राज्यवादको विश्वासिला चाकरका रूपमा पेस गर्न उद्यत छन्’, वैद्यले भनेका छन्, ‘सत्ताधारीहरू आफ्नो वर्चस्वको रक्षा गर्न हरसम्भव कोसिस गरिरहेका छन् । यो स्थितिमा देश असमाधेय द्वन्द्वमा फस्ने, नेपाल असफल राष्ट्र बन्ने र नेपाली समाज विघटित हुने खतराबाट गुज्रिरहेको छ ।’

उनले देशमा यो स्थिति पैदा हुनुका पछाडि दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गीय राज्यसत्ता, संसदीय व्यवस्था र त्यसले अङ्गीकार गरेको नवउदारवादी आर्थिक प्रणाली कारक रहेको दाबी गरेका छन् । 

‘यसको समाधान पश्चगमन त हुँदै होइन, संसदीय व्यवस्था अन्तर्गत हुने सरकारको नेतृत्व परिवर्तनबाट समेत सम्भव छैन’, वैद्यले भनेका छन्, ‘यस सत्यलाई आजसम्म संसदीय व्यवस्था अन्तर्गत हुँदै आएका निर्वाचित सरकारहरूको असफलताले प्रमाणित गरेको छ । यो अवस्थाबाट देशलाई मुक्त गर्ने एक मात्र बाटो भनेको सङ्घीय जनगणतन्त्र नेपालको स्थापना हो । हाम्रो पार्टी सम्पूर्ण देशभक्त, प्रगतिशील, जनवादी क्रान्तिकारी तथा वामपन्थी शक्ति तथा व्यक्तित्वहरूलाई हार्दिक अपिल गर्दछ ।’

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

दुर्लभ बुकी फूलले ढकमक्क जलजला, प्रकृतिले सिंगारिएको रोल्पाको स्वर्ग

रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...

गोठाटारमा भीषण आगलागी, १४ पसल जलेर नष्ट

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...

पेरूमा पर्यटक विमान दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...

गोलबजारमा दिनभरका लागि कर्फ्यु खुकुलो, साँझ ७ बजेसम्म आवतजावत खुला

सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...

ट्रम्पको दाबी : इरानमाथिको नयाँ अमेरिकी आक्रमण तत्कालका लागि स्थगित

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...

६९०औँ हप्तामा पनि निरन्तर बागमती सफाइ, आधा टन फोहोर संकलन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...

आज दोस्रो राष्ट्रिय कोदो दिवस, स्वदेशी उत्पादन बढाएर आयात घटाउनेमा जोड

काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...

अन्तिम चरणमा पुग्याे मधेशमा धान रोपाइँ, ९१.५५ प्रतिशत क्षेत्रफलमा खेती सम्पन्न

जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...

इरान जाने क्रममा मरुभूमिमा १४ अफगान आप्रवासीको मृत्यु

काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending