जुम्ला । जुम्लाको अर्गानिक कोसेली यहाँ आउने पर्यटनको रोजाइमा पर्ने गरेको छ । यहाँको मार्सी चामल, स्याउको चुना, फापर तथा कोदोको पिठो आन्तरिक पर्यटनको रोजाइमा पर्ने गरेको सदरमुकाम खलङ्गास्थित रारा अर्गानिक पसलका सञ्चालक अर्जुन बुढाले बताए ।
घुम्नका लागि उपयुक्त मानिने यो समयमा मुगु जिल्लामा रहेको रारा ताल पुगेर फर्केका अधिकांश आन्तरिक पर्यटनको मुख्य रोजाइ अर्गानिक सिमीको दालसँगै मार्सी चामलको खाना हुने गरेको यहाँस्थित दौतरी होटलका सञ्चालक पदम महतले जानकारी दिए।
रारा घुमेर फर्किदा सदरमुकामबाट २० किलो कोदोलगायत अर्गानिक खाद्यान्न किनेको बुटवलका रमेश केसीले बताए । कोदोको रोटी, ढिँडो र केक बनाएर खान मिल्नुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुने भएकाले किनेको उनको भनाइ थियो ।
खलङ्गास्थित चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले खोलेको अर्गानिक मिनी मार्केटमा कोदोको पिठो किन्ने आन्तरिक पर्यटकको घुइँचो हुने गरेको मार्केटका व्यवस्थापक ऋषिराम पाण्डेले बताउनुभयो । “दुई वर्षअघिसम्म कोदाको दाना बेच्ने गरेका थियौँ । अहिले किसानसँग पिठो खरिद गरी बेच्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “किसानको घरदैलोमा पुगेर कोदो, फापरको पिठो किनेर ल्याउने गरेका छौँ ।”
चन्दननाथ नगरपालिका–८ कोटिलाका धर्मराज बोहोरा कोदो खेती गर्ने किसान हुन् । अधिकांश बारीमा कोदो रोपिएको उहाँले जनाउँदै करिब ८० किलो पिठो बिचेर रू आठ हजार आम्दानी भएको बताउनुभयो । उहाँका अनुसार कोदो र स्याउखेतीबाट आएको आम्दानीले घरखर्च चलेको छ ।
कोदोको पिठो बेचेर छोराछोरीको पढाइ र घरखर्च चलिरहेको तिला गाउँपालिका–१ का किसान शेर रावतले बताउनुभयो । पर्यटकले पिठो लिने गरेकाले बजारको कुनै समस्या नभएको उहाँको भनाइ थियो । उहाँका अनुसार जुम्लामा चैत–वैशाखमा कोदो रोपेर असोजमा भित्राइन्छ ।
यस वर्षमा तीन सय किलो कोदोको पिठो बिक्री भइसकेको चन्दननाथ अर्गानिक मिनी मार्केटले जनाएको छ । मार्केटले किसानबाट कोदोको पिठो रू एक सयमा किनेर उपभोक्तालाई रू एक सय ५० मा उपलब्ध गराउँदै आएको जनाएको छ ।
कोदोको अत्यधिक माग भए पनि यसको संरक्षणमा यहाँका स्थानीय तहले कुनै नीति तथा कार्यक्रममा चासो नदिएको तिला गाउँपालिकाका स्थानीयवासी नौशेर रावतले बताउनुभयो । नेपालको पहाड र तराई दुवै क्षेत्रमा कोदोको खेती हुने गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ४ गते, २०८१ - १६:५६
काठमाडौं। सरकारको महत्त्वाकाङ्क्षी कार्यक्रमका रूपमा रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग सम्बन्धी निर्देशिका २०८१ को कार्यान्वयन सम्बन्धी स...
माघ ४ गते, २०८१ - १६:४३
काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गरेको बताएका छन । माध...
माघ ४ गते, २०८१ - १६:२५
काठमाडौं। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक द...
माघ ४ गते, २०८१ - १६:१९
काठमाडौं। एकीकृत समाजवादी निकट पत्रकारहरूको संगठन प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकार प्रेस चौतारी नेपालमा नै फिर्ता भएका छ...
माघ ४ गते, २०८१ - १६:१५
काठमाडौं । सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक देखिएका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओ...
माघ ४ गते, २०८१ - १६:०७
काठमाडौं। सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक देखिएका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओल...
माघ ४ गते, २०८१ - १६:०२
काठमाडौं । सरकार बिरूद्द बिपक्षी ७ दल आक्रामक देखिएका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ७ बिपक्षी दलले केपी ओ...
माघ ४ गते, २०८१ - १५:५१
काठमाडौं। सरकार बिरूद्द बिपक्षी ६ दल आक्रामक देखिएका छन् । काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरी संघीय संसद भित्र रहेका ६ बिपक्षी दलले केपी ओल...
माघ ४ गते, २०८१ - १५:३८
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै फलामखानी र मल कारखानाजस्ता ठुला उद्योगको स्थापना हुने क्रममा रहेको र बन्द भएका उद्योगलाई नयाँ ढाँचाम...
माघ ४ गते, २०८१ - १५:३२
काठमाडौँ। काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको आपसी विवाद सुल्झिएको छ । विवाद समाधान गर्न गठित सहजीकरण समितको सुझावसहितक...
प्रतिकृया लेख्नुहोस्: