Khabar Dabali ३० मंसिर २०८२ सोमबार | 15th December, 2025 Mon
Investment bank

हमासले कब्जामा लिएकालाई दुई पटक छोड्दा पनि आएन विपिन पालो

खबरडबली संवाददाता

काठमाडौं । गाजास्थित हमास समूहले कब्जामा लिएकालाई दुई पटक रिहा गरी सकेको छ । दुईपटक रिहागर्दा हमास समुहले  ४१ जनालाई रिहा गरिसकेको छ ।

हमासले ४१ जनालाई रिहा गर्दा पहिलो पटक शुक्रवार १३ इजरायली, १० थाई र १ फिलिपिनोसहित २४ जनालाई मुक्त गरेको थियो भने दोस्रो पटक १७ जनालाई रिहा गरेको छ । त्यसको बदलामा इजरायलले तेब्बर बढीको सङ्ख्यामा प्लालेस्टिनीहरू रिहा गरेको बताइएको  छ । 

हमासले दुई–दुई पटक बन्धकहरू छोडिसक्दा पनि नेपालका विपिन जोशी भने अझै पर्न सकेका छैनन् । गत अक्टोबर ७ तारिखमा हमास समूहले आक्रमण गरेर जोशी सहितकालाई बन्धक बनाएर लगेको थियो । अन्यलाई धमाधम रिहा गरिरहँदा जोशी भने रिहा हुने टोलीमा पर्न सकेका छैनन् ।  इजरायलस्थित नेपाली दूतावासले जोशीको रिहाइबारे आफूहरू जानकारी नहुने बताएको छ ।

राजदूत कान्ता रिजालले कहिले रिहाइ हुन्छ भन्ने विषयमा आफूहरूलाई जानकारी नहुने बताएकी छन्  । रिहा हुने भएमा केही समय अगाडि मात्रै आफुहरुलाई जानकारी गराइने उनको भनाइ छ । त्यस्तै इजरायलसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गर्दै आएको छ । तर पनि जोशी भने दुई पटकको रिहाइमा पर्न सकेका छैनन् । राजदूत रिजालले जोशीको रिहाइका लागि कूटनीतिक पहल जारी रहेको बताइन् । 

जोशीको रिहाइको लागि नेपालले कूटनीतिक पहल जारी राखेको छ । दुई दिने नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्रीसँग समेत नेपालले जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेको थियो ।  सरकार र दूतावासले जोशीको रिहाइका लागि अथक प्रयास गरिरहेको छ । तर, त्यो प्रयासले सार्थकता पाउन सकेको छैन ।  हमास समूहले १८ वर्ष मुनीका बालबालिका, वृद्धवृद्धा तथा महिलालाई रिहा गर्ने बताउँदै आएको छ ।

सोही कारणले उसले त्यही आधारमा रिहा गर्दै आएको छ ।  हमास समूहले रिहा गरेकाहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस संगठनका प्रतिनिधिहरूको जिम्मा लगाउँदै आएका छन् ।

कतारको मध्यस्थतामा इजरायल र हमासबीच चार दिने अस्थायी युद्धविराम भएको थियो । त्यो बीचमा बन्दी रिहा गर्ने सम्झौता भएको थियो । सोही अनुसार हमासले बन्धक बनाएकाहरूलाई रिहा गर्दै आएको छ । त्यसको बदलमा एक जनाको साटा इजरायलले तीन जना प्यालेस्टिनीलाई रिहा गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुनिता डङ्गोलदेखि अब्दुस मियाँसम्म एमाले केन्द्रीय सदस्य बन्दै

काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशनमा केही चर्चित युवा नेताहरू केन्द्रीय सदस्यको सूचीमा स्थान बनाउन लागेका छन्। प्रतिनिधि मनोनयन पश्चात् यी नयाँ अ...

मकवानपुरमा सिकार दुर्घटना: एकको मृत्यु, एक पक्राउ

मकवानपुर । मकवानपुरको मनहरी–६ सिस्नेरी पाखामा सिकार खेल्न गएका दुईजनामध्ये एक जनाको लडाइँबाट अन्यको मृत्यु भएको छ। राक्सिराङ–८ राजराङका ४५ वर्षीय ग...

एमाले महाधिवेशनमा ओलीपक्षभित्रै तँछाडमछाडकाे अवस्था

महासचिवमा प्रदीप ज्ञवालीको अडान, ओली–पोखरेल भिडन्त जारी

एमाले पदाधिकारी भिडन्तको खाका तयार

ईश्वर पोखरेल अध्यक्ष, महासचिवमा सुरेन्द्र पाण्डे तय

इको पहिरो दीर्घकालीन नियन्त्रणको सहमति, दुई महिनापछि खुल्यो तातोपानी नाका सडक

सिन्धुपाल्चोक । बाह्रबिसे–कोदारी राजमार्गअन्तर्गत पर्ने इको पहिरो दुई महिनाभित्र दीर्घकालीन रूपमा नियन्त्रण गरी बस्ती संरक्षणको काम थाल्ने सहमति भएपछि...

सुन्तला खेतीले उज्यालिँदै भोजपुरका किसानको आर्थिक अवस्था

भोजपुर । भोजपुरका किसानका लागि सुन्तला खेती भरपर्दो आम्दानीको आधार बन्दै गएको छ। व्यावसायिक रूपमा सुन्तला उत्पादन गर्दै आएका किसानले बजार विस्तार र रा...

काम रोकेर छोडियो: दुर्घटनाको पर्खाइमा हेटौँडा बजार

भत्किएका संरचना, स्क्र्याब र फुटपाथ अतिक्रमणले दुर्घटनाको जोखिम बढ्दो

राजनीतिसँगै उद्यमशीलता : दुर्गाजयन्ती राईको कृषिजन्य उत्पादनमा उदाहरणीय यात्रा

खाेटाङ । राजनीति गर्दैमा अरू कुनै पेसा गर्न नहुने भन्ने मान्यता छैन। बरु राजनीतिलाई मात्रै पेसा बनाउँदा देशमा भ्रष्टाचार बढेको आरोप लाग्दै आएको छ। यही...

जेनजी आन्दोलनको प्रभाव : अनुभवी नेताहरूको चुनावबाट स्वैच्छिक अवकाश

काठमाडौँ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन घोषणा गरेसँगै देशभर चुनावी माहोल तातेको छ। नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा लगायत दल...

चोरीको आरोपमा समातिएका युवकको प्रहरी हिरासतमा मृत्यु

काभ्रेपलाञ्चोक । इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवक मृत फेला परेका छन्। भ्रेपलाञ्चोकको रोशी गाउँपाल...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending