Khabar Dabali २६ असार २०८३ शुक्रबार | 10th July, 2026 Fri
Investment bank

मधेशमा ‘लबान’ पर्व मनाइँदै

खबरडबली संवाददाता

महोत्तरी । तराई/मधेशका जिल्लामा आज ‘लबान’ (नयाँ अन्न प्रचलनमा ल्याउने) पर्व मनाईँदै छ। अन्नबालीको उर्वर भूमि मानिने मधेसका जिल्लामा यज्ञादि होम गरेपछि वर्षभरिकै दैनिक उपभोग र शुभकार्यमा अन्नचल्ने मान्यता रही आएको छ।

पूर्वीय मान्यतामा यावत अन्नलाई ‘धान्यादि’ भनिएको हुँदा मुख्य बाली धान होम गरेपछि सबै अन्न वर्षभरि प्रयोग गर्न सकिने मानिन्छ।

यस पर्व सामान्यतया नयाँ धान थन्क्याएपछि मङ्सिरभरि अनुकूलताअनुसार गर्न सकिने भए पनि कात्तिक शुक्ल एकादशी (हरिवोधनी) व्रतको साङ्गतासँगै जोडेर गरिने चलन बढी छ।

पछिल्ला केही दशकयता मङ्सिरमा पाक्ने रैथाने (स्थानीय) जातका धानको सट्टा चाँडै पाक्ने (कात्तिकमै) उन्नत जातका विकासे जातका धान लगाउने प्रचलन बढ्दै गएपछि कार्तिक शुक्ल द्वादशी तिथि पर्वका लागि व्यावहारिक पनि बन्दै गएको मिथिला परम्पराका ज्ञाता डा राजेन्द्रप्रसाद विमल बताउँछन्।

यस पर्वमा नयाँ धानको चिउरा कुटेर परिवारका सबै सदस्यले चिउरा, दूध र गुँड (सख्खर) पवित्र यज्ञको अग्निमा होम गरी भगवान् विष्णुलाई अर्पित गरेपछि शेषान्न (उब्रेको) प्रसादस्वरुप खाने चलन छ।

यसरी यो विधिसँगै पुरोहितलाई भोजन गराई दक्षिणा दिएर नयाँ अन्नको सिधा दान गरिन्छ। यो विधिपछि सबै अन्न वर्षभरि प्रचलन गर्न सकिने मान्यता छ। यो विधिमा ग्रामदेवता (डिहबारस्थान)को पूजा पनि गरिन्छ।

यो विधिलाई पहाडी परम्पराका हिन्दूले ‘न्वागी खाने’ भन्ने गरेका छन्। महोत्तरी जिल्लाको सुदूरउत्तरी क्षेत्रमा घरघरैजसो नवान्न (नयाँ अन्न, हिउँदे धान)को ‘न्वागी’ खाने विधि पनि धेरैजसोले आजै सम्पन्न गर्दैछन्।

मैथिल परम्परामा चिउरा मुख्य भोग लगाइने चलनजस्तै पहाडी परम्परामा भने नयाँ धानको चामल दही र सख्खरमा भिजाइएको परिकार खाइने परम्परा छ। यो परिकारलाई बोलीचालीमा ‘भिजाएका चामल’ भनिन्छ।

पर्वका अवसरमा घरघरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घिउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोञ्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानपिनमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने मान्यता रहँदै आएको छ।

हिन्दूहरूको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको मैथिल विश्वासजस्तै पहाडी चलनमा पनि धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानपिनमा प्रयोग गर्न सकिने धार्मिक तथा परम्परागत मान्यताले यो चलन बसेको वैदिक कर्मकाण्डका ज्ञाता बर्दिबास-१ का पण्डित रामप्रसाद बराल बताउँछन्।

वैदिक शास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनुअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो विश्वास रहेको छ। सामान्यतया मैथिल परम्पराको ‘लबान’ वा पहाडी चलनको ‘न्वागी खान’ कार्तिक शुक्ल द्वादशी नै उपयुक्त रहे पनि मार्ग (मङ्सिर) शुक्ल पञ्चमीसम्म न्वागीका लागि होमादि गर्न सकिने परम्परा रहेको भङ्गाहा-५ सीतापुरबजारका विष्णुप्रसाद शर्माको भनाइ छ।

पर्वमा पहाडी परम्पराको होमादि गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी ब्राह्मण अनिवार्य हुने हुँदा आज पुरोहितहरूको व्यस्तता हुने गर्दछ। यस पर्वमा होमादि अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर खुवाउने खाने प्रचलन छ।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उपसभामुख निर्वाचन- आज उम्मेदवारी दर्ता, रास्वपाको समर्थन कसलाई ?

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...

इरान युद्धविराम ट्रम्पका निम्ति आंशिक जित तर चर्को मूल्यमा

काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...

सम्पत्तिका विषयमा प्रदेश सांसद भतिजासँग चिसिएको थियो देउवादम्पतीको सम्बन्ध

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...

हिलो र चिप्लोले बुटवल–नारायणगढ सडक अवरुद्ध

मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...

विद्युत् प्राधिकरणले सहिद परिवारका थप आठ जनालाई रोजगार दिने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...

'पार्टीको हितमा नलाग्ने १० लाख सदस्यभन्दा एक लाख प्रतिबद्ध सदस्य भए संगठन चलायमान हुन्छ'

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् ।  केन्द्रीय प्रहर...

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावः देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending