Khabar Dabali ९ असार २०८३ मंगलवार | 23rd June, 2026 Tue
Investment bank

कांग्रेसकाे कोइराला समूह नै मुख्यधार भएकाे एमाले अध्यक्ष ओलीकाे बुझाइ

'संघीय सरकारमा कांग्रेसको मुख्यधार नरहेको र कोइरालासँग मात्र एमालेकाे सहकार्य रहेको छ'

खबरडबली संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले आफ्नो पार्टीको प्रभाव कमजोर हुँदै गएर अर्काको हात समाएर हिँड्नु परेकामा चिन्ता जनाएका छन् । पार्टी नेतृत्वमा उच्च नैतिकता र आत्मविश्वासको अभाव भएकाले इतिहास बिर्सेर निर्वाचनमा समेत विपरित विचारका दलसँग सहकार्य गर्नुपरेको उनीहरुको भनाई छ । 

कोशी प्रदेशको सत्ता परिवर्तनमा नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चुकेको र पार्टी भित्रकै कोइराला समूहले नेकपा एमालेसँग समीकरण गरेर मुख्यमन्त्री पदमा आफ्नो पक्षको नेतालाई बिजयी गराएको प्रसंगले कांग्रेस राजनीति तताएको छ । 

प्रदेश सरकार गठन गर्दा आफूलाई उपेक्षा गरेको भनेर असन्तुष्टि जनाएपनि एमालेले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थनलाई निरन्तरता दिने बताएको छ । कोइराला समूहका भनी चिनिएका कार्कीलाई मुख्यमन्त्री पदको उम्मेदवार नै बनाउने कि नबनाउने भन्ने बिषयमा सभापति शेरबहादुर देउवा र उनका सहयोगी स्पष्ट थिएनन् । उनीहरुको अलमल जसरी हुन्छ आफ्नै समूहको नेतालाई मुख्यमन्त्री बनाउन पाए हुन्थ्यो भन्ने उदेश्यमा केन्द्रित रहेको बुझेपछि नेता कोइरालाले केदार कार्कीलाई अघि सारेर एमालेको सहयोग जुटाएका थिए ।

गएको शनिबार काठमाडौंस्थित एमाले मुख्यालयमा वर्गीय संगठनका नेताहरुको भेलामा अध्यक्ष केपी शर्मा ओलीले नेता शेखर कोइरालालाई नेपाली कांग्रेसको मुख्यधार भनेर चर्चा गरेका थिए । उनले माओवादीसँग सहकार्य गरिरहेको संघीय सरकारमा कांग्रेसको मुख्यधार नरहेको अथ्र्याउँदै कोइरालासँग मात्र पार्टीको सहकार्य रहेको भनेर बुझ्न नेता कार्यकर्ताहरुलाई सम्झाएका थिए ।

सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष पुष्पकमल दाहालको प्रभावमा पुरै परिसकेकोले नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व हल न चलको अवस्थामा पुगेकाले नेता कोइराला नै कांग्रेसको मुख्यधार हुन सक्ने विश्वास आफूलाई लागेको भनेर अध्यक्ष ओलीले लामो चर्चा गरेका थिए ।

भ्रष्टाचार र दण्डहीनता बढेकै कारण जनतामा निराशा बढ्याेः नेता काेइराला

कोशी प्रदेशको सत्ता समीकरण परिवर्तन भएपछि नेपाली कांग्रेस मोरङले स्थानीय निकायका पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिहरु र नेता कार्यकर्ताको सम्मेलन आयोजना गरेर नेता कोइरालालाई सम्बोधन गर्ने तारतम्य मिलाएको थियो ।

सम्मेलनमा नेता कोइरालाले भ्रष्टाचार र दण्डहीनता बढेकै कारण नेपाली जनतामा निराशा बढ्दै गएको बताएका थिए । विराटचोकमा बुधबार आयोजित १७ वटै पालिकाका ३ हजार ५ सय ५५ जना क्षेत्रीय प्रतिनिधिहरू सहभागी सम्मेलनमा नेताहरुले गणतन्त्रमाथि नै प्रश्न उठ्न थालेको भनेर चर्चा गरेका थिए ।

नेता कोइरालाले गणतन्त्र के लागि भनेर प्रश्न उब्जिएको बताएका थिए । उनले ‘देशमा राजनैतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक अराजकता बढ्दै गएको’ प्रसंग कोट्याँदै, ‘दण्डहीनता र भ्रष्टाचार पनि मौलाएको  र केका लागि र कसका लागि गणतन्त्र भनेर प्रश्न उब्जिएको’ भनेर प्रश्न उठाएका थिए ।

पार्टीको नेतृत्वप्रति संकेत गर्दै नेता कोइरालाले उच्च नैतिकता र आत्म विश्वासका साथ कांग्रेस अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए । उनले युवाहरूको विदेश पलायनका कारण नेपाल बुढ्यौलीहरूको देश बन्ने अवस्था देखिएकामा चिन्ता गर्दै पछिल्लो समय अध्ययनका लागिसमेत विदेश जाने युवाहरू बढ्दै गएको चर्चा गरे । गत आर्थिक वर्ष अध्ययनकै लागि १ खर्ब ४२ अर्ब रुपैयाँ बाहिरिएको तथ्यांक प्रस्तुत गर्दै नेता कोइरालाले युवाहरूको विदेश मोह बढ्दै जानु चिन्ताको विषय भएको बताए । 

कांग्रेस कांग्रेस जस्तो रहेनः नेता आचार्य

कांग्रेसका अर्का नेता महेश आचार्यले अहिले संसद संसद जस्तो र न्यायालय न्यायालय जस्तो नभएको टिप्पणी गरेका थिए । ‘अहिले के संसद संसद जस्तो छ? न्यायालय न्यायालय जस्तो छ ? वीपीले निर्माण गरेको कांग्रेस कांग्रेस जस्तो छ ?’ आचार्यले प्रश्न गरे, ‘गठबन्धन गरेर चुनावमा जानुपर्ने अवस्था आउनु कांग्रेस त्यति धेरै कमजोर र निरीह भएको हो ?’  

कस्तुरीले आफ्नो वासना खोजे जसरी कांग्रेसले आफ्नो वासना खोज्दै हिँड्नु परेको छः नेता रिजाल

अर्का नेता डा. मीनेन्द्र रिजालले कांग्रेसले आफ्नै योगदान बिर्सिएको चर्चा गर्दै कस्तुरीले आफ्नो वासना खोजे जसरी कांग्रेसले आफ्नो वासना खोज्दै हिँड्नु परेकोमा चिन्ता गरेका थिए । ‘कांग्रेसले देशको प्रजातान्त्रिक आन्दोलन र संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेको, प्रसंग उल्लेख गर्दै रिजालले भने, ‘तर कांग्रेसले प्रजातन्त्र र देशका लागि गरेको योगदान जनतालाई बुझाउन सकिरहेका छैन।’

नेपाली कांग्रेसको १४ औं महाधिवेशनपछि पहिलोपटक आयोजित सम्मेलनलाई केन्द्रीय सदस्यहरु डा. डीला संग्रौला, अमृत अर्याल, भीम पराजुली, कोशी प्रदेश सभापति उद्धव थापा, उपसभापति रमेशजंग रायमाझी, कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मोरङ कांग्रेसका सभापति डिगबहादुर लिम्बू, विराटनगर महानगरपालिकाका मेयरसमेत रहेका उपसभापति नागेश कोइराला, सचिव ललित श्रेष्ठलगायतले कांग्रेसको एकतामा जोड दिएका थिए ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

खुला दिसामुक्त घोषणा कागजमै, मुसहर बस्ती अझै शौचालयविहीन

जनकपुरधाम । नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरिएको आठ वर्ष बितिसक्दा पनि धनुषाको एक मुसहर बस्तीका बासिन्दा अझै खुला स्थानमा शौच गर्न बाध्य छन्। ...

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका–१० पितौजीमा ईभी हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। पोखराबाट कपिलवस्तुतर्फ ज...

स्थलमार्गबाट काठमाडौं ल्याइँदै विष्णु पौडेल, ललितपुर हिरासतमा राखिने

काठमाडौं । सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई प्रहरीले स्थलमार्ग हुँदै काठमाडौं ल्याइरहेको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी ...

विश्वकप २०२६ : नकआउटको दौड तीव्र, ६ टोली अन्तिम ३२ मा, ३ टोलीको यात्रा समाप्त

काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गरिरहेको फिफा विश्वकप २०२६ को समूह चरण अन्तिम मोडमा पुगेसँगै नकआउट चरणको तस्वीर क्रमशः स...

भक्तपुरमा चक्कु प्रहार गरी एक युवकको हत्या, तीन जना पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका–१ स्थित नगरकोटमा गएराति करिब १० बजे सामान्य विवादका क्रममा भएको झैझगडामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । जिल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending