खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले आम्बोटेका ९३ वर्षीय वृद्ध बिष्णुबहादुर राई मृत फेला परेका छन् ।
हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित नातिनी ज्वाइँको घरमा एक रात पाहुना बसेर सल्ले जानेक्रममा गत कात्तिक १३ गतेदेखि बेपत्ता बनेका बृद्ध आइतबार सल्लेकै चिचिङ्गा जंगलमा मृत फेला परेका हुन् ।
वृद्धको शव सडेर चिन्न नसकिने अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । अनुहारबाट चिन्न नसकिने अवस्थामा भेटिएको शवलाई आफन्तले पहिचान गरेको प्रहरीले जनाएको छ ।
घटनाको विषयमा थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरिक्षक दिनेश अधिकारीको कमाण्डमा प्रहरीको टोली खटाइएको डिएसपी खड्काले जानकारी दिए ।
हाल उदयपुरको त्रियुगा नगरपालिका–१३ गाईघाट असारी बस्दैआएका बृद्ध गत कात्तिक १२ गते नातिनी ज्वाइँको घरमा पाहुना बसेर भोलीपल्ट सल्ले जानेक्रममा बेपत्ता बनेका थिए ।
सल्ले जानेक्रममा गैरीगुठ हुँदै बिहान ११ बजे अँधेरी खोलासम्म पुगेको जानकारी आएको तर त्यसपछि वृद्ध बेपत्ता बनेका थिए । बृद्ध राई महिनामा दुई तीन पटक गाईघाटबाट सल्ले आउने जाने गर्दैआएका थिए ।
यसअघि नातिनी ज्वाइँले हलेसीबाट बाईक वा अटोमा सल्ले पुर्याइदिने गरेकामा यसपल्ट भने वृद्ध ‘आफै जान्छु’ भन्दै हिँडेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण १७ गते, २०८३ - ०९:५१
रोल्पा । वर्षाको मौसमसँगै रोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य जलजला यतिबेला रङ्गीबिरङ्गी दुर्लभ बुकी फूलले ढकमक्क ढाकिएको छ। हरिया फाँट, कुहिरोले ढाकिए...
श्रावण १७ गते, २०८३ - ०९:४६
काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटारस्थित पहेलोपुल नजिक शनिबार राति भएको भीषण आगलागीमा १४ वटा पसल जलेर नष्ट भएका छन्। करेन्ट सर्...
श्रावण १७ गते, २०८३ - ०९:४३
काठमाडौं । दक्षिण अमेरिकी मुलुक पेरूमा पर्यटक बोकेको एउटा सानो विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै १३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारी र सञ...
श्रावण १७ गते, २०८३ - ०९:१७
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार नगर क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार दिनभरका लागि खुकुलो बनाएको छ। पछिल्लो सुरक्षा अवस्थाको समीक्षा ...
श्रावण १७ गते, २०८३ - ०९:१२
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने तयारीमा रहेको नयाँ सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको बताएका छन्। इरानसँग छिट...
श्रावण १६ गते, २०८३ - २२:०९
काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित सञ्चालन हुँदै आएको बागमती सफाइ महाअभियानले शनिबार ६९०औँ हप्ता पूरा गरेको छ। यस ...
श्रावण १६ गते, २०८३ - २२:०८
काठमाडौं । कोदो बालीको संरक्षण, प्रवर्द्धन र उपभोग विस्तार गर्ने उद्देश्यले आज देशभर दोस्रो राष्ट्रिय कोदो दिवस विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ मन...
श्रावण १६ गते, २०८३ - २१:५१
जनकपुरधाम । मधेश प्रदेशमा यस वर्षको धान रोपाइँ अन्तिम चरणमा पुगेको छ। प्रदेश कृषि विकास निर्देशनालयका अनुसार हालसम्म कुल रोपाइँयोग्य क्षेत्रफलको ९१.५५...
श्रावण १६ गते, २०८३ - २१:५०
काठमाडौं । इरान पुग्ने प्रयासमा रहेका १४ अफगान आप्रवासी दक्षिण–पश्चिम अफगानिस्तानको मरुभूमिमा मृत अवस्थामा फेला परेका छन्। अत्यधिक गर्मी र कठिन यात्रा...
श्रावण १६ गते, २०८३ - २१:४८
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित कालापानी क्षेत्रमा आन्दोलनका कारण अवरुद्ध भएको बीपी राजमार्ग स्थानीय प्रशासन र आन्दोलनरत पक्षबीच मौखि...



प्रतिकृया लेख्नुहोस्: