Khabar Dabali १ चैत्र २०८२ आईतवार | 15th March, 2026 Sun
Investment bank

बाँकेमा बालविवाहविरुद्धको अभियान रोकियो

खबरडबली संवाददाता
बाके। स्थानीय सरकारले चासो नदिएपछि बाँकेमा दुईवर्षयता बालविवाहविरुद्धको अभियान रोकिएको छ । आठ स्थानीय तहका ८१ वडामध्ये ५५ वडा दुई वर्ष अघिनै बालविवाह मुक्त घोषणा भएका थिए । जिल्लाको जानकी, खजुरा, वैजनाथ, खजुरा गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिकालाई बालविवाह मुक्त घोषणा गरिसकिएको छ । बाँकी रहेका चार स्थानीय तहका पनि धेरै वडा बालविवाह मुक्त घोषणा भइसकेका छन् । किशोरी क्लब सञ्जाल बाँकेकी अध्यक्ष अनु रावतले आफूहरुले बालविवाह विरुद्धको अभियान सञ्चालन गरिरहे पनि बाँकी रहेका वडा तथा स्थानीय तहमा बालविवाहमुक्त घोषणा अभियानले अहिले गति लिन नसकेको बताए। कोहलपुर नगरपालिकाका ९१, ६, ११, १२ र १३० गरी ५, राप्तीसोनारीका ९वडा नंं ३, ६ र ७० गरी ३ वडा, नरैनापुर गाउँपालिकाको वडा नं ६, डुडुवा गाउँपालिकाको वडा नंं ५ गरी जिल्लाका ५५ वडा दुई वर्षअघिनै बालविवाह मुक्त घोषणा भएका छन् । दुई वर्षयता बालविवाहविरुद्धको अभियानले गति लिन सकेको छैन । जिल्लामा अब २६ वडा मात्र बालविवाह मुक्त घोेषणा गर्न बाँकी रहे पनि जनप्रतिनिधिले चासो नदिँदा अभियान प्रभावकारी रुपमा सञ्चालन हुन नसकेको किशोरी क्लब सञ्जाल बाँकेकी अध्यक्ष रावतले जानकारी दिए । प्लान इन्टरनेसनल नेपालको साझेदारीमा स्याक बाँकेले सञ्चालन गरेको बालविवाह रोकथाम परियोजनाको अवधि सकिएसँगै जिल्लामा बालविवाह मुक्त घोषणा अभियान रोकिएको स्याकका अध्यक्ष शिवलाल पाण्डेले बताए ।
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपाले आज समानुपातिक सांसदको सूची बुझाउने, नयाँ सरकार गठन १० दिन लाग्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीबाट समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको नामावली आज निर्वाचन आयोग मा बुझाउने तयारी गरेको ...

सुनको मूल्य तोलामा चार हजार ८ सयले घट्यो

काठमाडौँ । शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा रु चार  हजार ८००  र चाँदीको मोल रु २२५ ले घटेको हो ।  ...

तानसेनमा पिकअपको ठक्करबाट युवकको मृत्यु

तानसेन। पिकअप जिपको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ । पाल्पास्थित सिद्धार्थ राजमार्ग हुँदै शनिबार साँझ आर्यभाङ्ज्याङ्बाट बर्तुङ्तर्फ गइरहेको ल...

भेडेटार-राजारानी-रविराँके सडक ४८ घण्टादेखि अवरुद्ध

धनकुटा। निर्माणधीन भेडेटार-राजारानी-रविराके सडक खण्डअन्तरगत साँगुरीगढी गाउँपालिका भेडेटार–६, स्थित थुम्की क्षेत्रको करिब ४८ घण्टादेखि सडक अवरुद्व भएको...

ठूलो परिमाणको गाँजासहित भारतीय कार नियन्त्रणमा

बर्दीबास। महोत्तरीको रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्वर प्लेटको कार नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका...

ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

सुनसरी। हरिनगर गाउँपालिका–१ मा गएराति सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीया दीपक दास रहेको जिल्ला प्रहरी कार्यालय...

वन डढेलोले ३० हेक्टर क्षेत्र नष्ट, नियन्त्रणका लागि सचेतना अभियान

सल्यान। सल्यानमा वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबारदेखि विविध कार्यक्रम सञ्चालन हुँदैछ...

माथिल्लो तहका नेताहरू नै आफुविरुद्ध घृणायुक्त अभिव्यक्ति दिएको योगेश भट्टराईको गुनासो

काठमाडौँ । फागुन २१ को निर्वाचनमा लज्जास्पद हार बेहोरेपछि एमाले नेताहरू एकअर्काविरुद्ध आक्रोश र आलोचनामा उत्रिएका छन्। आलोचना र आरोप–प्रत्यारोपका क...

प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर

काठमाडौँ। यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा चार दशमलव सात प्रतिशत मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । आयोगका सहायक प्रवक्ता...

श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौं । हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक तर्फ ४ सांसद पाउने गरी मत प्राप्त गरेपछि श्रम संस्कृति पार्टीले समानुपातिक सांसदका ला...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: