काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज मुलुकभर नरक चतुर्दशी र कुकुर तिहार मनाइएको छ । परम्परागतरुपमा आजका दिन नरक चतुर्दशी मनाउन स्थानीय धारा, पँधेरा, कुवा, खोला वा नदीमा नुहाएर तोरण टाँगी टपरीमा दियो बाली नर्के बगाइन्छ भने भैरवको बहानका रुपमा कुकुरलाई पूजा गरी मिठो खाना खुवाइन्छ । हिन्दू परम्पराअनुसार कुकुरलाई यमलोकका राजा यमराजको दूतका रुपमा पनि लिने गरिन्छ । कुकुरलाई आदेशपालक, कर्तव्यनिष्ठ, अनुशासित र सुरक्षा दिने जनावरका रुपमा लिइन्छ । आज घरघरमा कुकुरलाई माला लगाइ पूजा गरी मिठो खाना दिइएको छ ।
यसैबीच नेपाली सेनाको भक्तपुरको सानोठिमीस्थित भैरव बहान गुल्ममा आज ७२ वटा कुकुरलाई एकसाथ पूजा गरिएको छ । सो अवसरमा तालिमप्राप्त कुकुरबाट विभिन्न ‘सैनिक डग कला प्रदर्शनी’ तथा सांस्कृतिक प्रस्तुति गराइयो । नेपाली सेनाका सहायक रथी विष्णु खड्काको उपस्थितिमा भएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, विभिन्न निकायका प्रमुख र नागरिक समाजका प्रतिनिधिको सहभागिता थियो ।
गुल्मपति सेनानी गणेश अधिकारीले उक्त गुल्मभित्र सेनाको जिम्मेवारी, अतिविशिष्ट व्यक्तिको सवारी र कार्यक्रमपूर्व त्यहाँ हुनसक्ने सम्भावित दुर्घटनाबारे सूचना सङ्कलनका लागि कुकुरहरुको परिचालन, विभिन्न घटनामाथि त्यहाँ रहेका तालिमप्राप्त कुकुरहरुको प्रयोगबाट हुने अनुसन्धानको विधि र प्रक्रियाबारे जानकारी गराउनुभएको थियो । उक्त गुल्म २०६० साल वैशाख १ गते स्थापना भएको थियो ।
सो गुल्मले संयुक्त राष्ट्रसङ्घको शान्ति मिसनमा समेत कुकुर प्रयोग गर्दै आएको छ । हराएका हतियार फेला पार्न, बेपत्ता भएका नागरिकको खोजतलास, भूकम्प तथा प्राकृतिक प्रकोपमा हराएका वा पुरिएका व्यक्तिको खोजतलासमा पनि कुकुरको प्रयोगबाट सफलता मिल्दै आएको छ ।
यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा अनुसन्धानका लागि तालिम प्राप्त कुकुरहरुको पनि आज सामूहिकरुपमा पूजा गरी मिठो खाना खुवाइएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: