काठमाडौं । प्रशिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुइत र प्रशिद्ध वैज्ञानिक एवं राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनसहित १० जना विज्ञहरु सम्मानित एवंम पुरस्कृत भएका छन् ।
अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउण्डेसनले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डाक्टर रुइत र वैज्ञानिक पुनसँगै पूर्वराजदूत, कुटनीतिज्ञ एवं शैक्षिक अभियन्ता प्रहल्लाद कुमार प्रसाईं, प्रशिद्ध कवि नवराज पराजुली, नारायण पोखरेल फाउण्डेसन, इञ्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो ।
त्यस्तै फाउण्डेसनले बरिष्ठ समालोचक एवंम साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवंम गीतकार उन्नती बोहोरा शिला, प्राध्यापक एवं साहित्यकार डाक्टर फणिन्द्रराज निरौला गरी ३ जनालाइ अभिनन्दित गरेको हो । त्यस्तै फाउण्डेसनले साहित्यकार सुशीला ढकाल अधिकारी, पत्रकार सुमन सापकोटा, समाजसेवी प्रेम प्रकाश सिटौला, पत्रकार एचबी ताम्राकार र गायिका कोपिला शिवाकोटीलाई सम्मान गरेको छ ।
त्यस्तै कार्यक्रममा बृद्ध अवस्था र सन्तानको दायित्व बोलको शीर्षकमा बिजयी हुने प्रतिभाहरुलाई सम्मान गर्दै निबन्ध प्रतियोतिाका मुख्य निर्णायक फणिन्द्रराज निरौलाले प्रतियोगीताको बारेमा संक्षिप्त मन्तब्य राखेका थिए ।
हरेक वर्ष विभिन्न पेशा, व्यबसायमा सक्रिय रहँदै आएका विज्ञ,संस्था, समाजसेवी तथा श्रष्टाहरुलाई सम्मानरपुरस्कार अर्पण गर्दै आएको नीलकृष्ण जशोदा सिटौला फाउन्डेसन, नर्दन क्यालिफोर्नियाका संस्थापक एवंम संरक्षक इन्जिनियर ईश्वरकान्त सिटौला बताए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवंम शिक्षाविद्ध सुरेन्द्र सिटौलाले इञ्जिनियर इश्वरकान्तको समाजसेवी मनको तारिफ गरे । उनले समाजका प्रतिभाहरु महावीर पुन जस्ता सदगी जीवन बिताउनेहरुलाई गरिएको सहयोग निकै राम्रो काम भएको बताए । शिक्षाविद्ध सुरेन्द्र सिटौला सिटौला समाजका संस्थापक एवंम संरक्षक पनि हुन् ।
इञ्जिनियरि इश्वरकान्तले २०१७ मा आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउण्डेसन संचालन गरेका हुन् । आफ्ना बाबु र आमाको मुख हेर्ने दिनमा मात्रै नभएर हरेक दिन बुबाआमालाई सम्झिनुपर्छ भन्ने उद्देश्यले फाउण्डेसन खोलेको उनी बताउँछन् । सिटौलाको यो संस्थाले गरिब, दिनदुखी, अनाथ, असहायहरुको क्षेत्रमा काम गर्दै आइरहेको छ । फाउण्डेसनले बालगृह, सरकारी स्कुल, नेपालको पत्रकारिता क्षेत्रका सक्रिय पत्रकार, खोज पत्रकारिता गर्नेहरुलाई पुरस्कृत गर्दै आएको छ । साहित्यको क्षेत्रमा काम गर्नेलाई सम्मान गर्दै आएको छ । फाउण्डेसनले गत वर्ष डा भगवान कोइराला लगायत ९ जना प्रतिष्ठित व्यक्तिलाई सम्मान गरेको थियो ।
शनिबार सम्पन्न कार्यक्रममा सम्मानित एवंम पुरस्कृत सबै स्रष्टाहरुको परिचय विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईंले दिएका थिए । प्रसाईं साहित्य र समाजसेवाको क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २० गते, २०८३ - १७:४५
काठमाडौँ। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा दुईतिहाइ बहुमतको आसपास पुगेको पार्टीलाई जोगाउन अनेक कोसिस गरिए पनि त्यो असफल भएको बताएको छन...
आषाढ़ २० गते, २०८३ - १७:३४
काठमाडौँ । सरकारले देशभरका १४ वटा संघीय अस्पतालमा जलन (बर्न) उपचार इकाइ स्थापना गरेको जनाएको छ। सरकार गठन भएको १०० दिन पूरा भएको अवसरमा आयोजित पत्र...
आषाढ़ २० गते, २०८३ - १७:२५
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा ८९ हजार १९४ दशमलव ४४ हजार मेट्रिकटन अनुदानित रासायनिक मल बिक्रीवितरण गरेको छ ...
आषाढ़ २० गते, २०८३ - १७:१०
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनको प्रगति...
आषाढ़ २० गते, २०८३ - १६:५८
बाँके। सामान्य जग्गा विवादका कारण इलाका प्रहरी कार्यालय भगवानपुर, बाँकेमा कार्यरत प्रहरी जवान (भान्से)गौतम मौर्यले एक व्यक्तिलाई निर्घात कुटपिट गरेपछि...
आषाढ़ २० गते, २०८३ - १६:४५
काठमाडौँ। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारीका ऋणीप्रति कठोर नभएसम्म बचतकर्ताको रकम फिर्ता गर्न सहज...
आषाढ़ २० गते, २०८३ - १६:३६
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त...
आषाढ़ २० गते, २०८३ - १६:२२
काठमाडौं । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो सय दिनमा हासिल भएका उपलब्धि सार्वजनिक गरेको छ। शनिबार प्रधानमन्त्री तथा...
आषाढ़ २० गते, २०८३ - १६:११
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे का...
आषाढ़ २० गते, २०८३ - १५:५९
मकवानपुर। जनकपुरबाट पोखरातर्फ आउँदै गरेको ना ६ ख ७४५७ को यात्रुवाहक बस दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । हेटौँडा–वीरगन्ज सडक खण्डको हेटौँडा उपमहान...



प्रतिकृया लेख्नुहोस्: