काठमाडौं । प्रशिद्ध नेत्र चिकित्सक तथा तिलगंगा आँखा अस्पतालका निर्देशक सन्दुक रुइत र प्रशिद्ध वैज्ञानिक एवं राष्ट्रिय आविश्कार केन्द्रका अध्यक्ष डाक्टर महावीर पुनसहित १० जना विज्ञहरु सम्मानित एवंम पुरस्कृत भएका छन् ।
अमेरिकाको नर्दन क्यालिफोर्नियामा अवस्थित नीलकृष्ण जसोदा सिटौला फाउण्डेसनले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै डाक्टर रुइत र वैज्ञानिक पुनसँगै पूर्वराजदूत, कुटनीतिज्ञ एवं शैक्षिक अभियन्ता प्रहल्लाद कुमार प्रसाईं, प्रशिद्ध कवि नवराज पराजुली, नारायण पोखरेल फाउण्डेसन, इञ्जिनियर रामबिन्दु श्रेष्ठ, पत्रकार अरुणदेव जोशी, समाजसेवी सरु सुवेदी, शिक्षक होमनाथ न्यौपाने र गायिका सिम्रन परियारलाई नगदसहित सम्मान गरिएको हो ।
त्यस्तै फाउण्डेसनले बरिष्ठ समालोचक एवंम साहित्यकार दधिराज सुवेदी, प्राज्ञ एवंम गीतकार उन्नती बोहोरा शिला, प्राध्यापक एवं साहित्यकार डाक्टर फणिन्द्रराज निरौला गरी ३ जनालाइ अभिनन्दित गरेको हो । त्यस्तै फाउण्डेसनले साहित्यकार सुशीला ढकाल अधिकारी, पत्रकार सुमन सापकोटा, समाजसेवी प्रेम प्रकाश सिटौला, पत्रकार एचबी ताम्राकार र गायिका कोपिला शिवाकोटीलाई सम्मान गरेको छ ।
त्यस्तै कार्यक्रममा बृद्ध अवस्था र सन्तानको दायित्व बोलको शीर्षकमा बिजयी हुने प्रतिभाहरुलाई सम्मान गर्दै निबन्ध प्रतियोतिाका मुख्य निर्णायक फणिन्द्रराज निरौलाले प्रतियोगीताको बारेमा संक्षिप्त मन्तब्य राखेका थिए ।
हरेक वर्ष विभिन्न पेशा, व्यबसायमा सक्रिय रहँदै आएका विज्ञ,संस्था, समाजसेवी तथा श्रष्टाहरुलाई सम्मानरपुरस्कार अर्पण गर्दै आएको नीलकृष्ण जशोदा सिटौला फाउन्डेसन, नर्दन क्यालिफोर्नियाका संस्थापक एवंम संरक्षक इन्जिनियर ईश्वरकान्त सिटौला बताए । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवंम शिक्षाविद्ध सुरेन्द्र सिटौलाले इञ्जिनियर इश्वरकान्तको समाजसेवी मनको तारिफ गरे । उनले समाजका प्रतिभाहरु महावीर पुन जस्ता सदगी जीवन बिताउनेहरुलाई गरिएको सहयोग निकै राम्रो काम भएको बताए । शिक्षाविद्ध सुरेन्द्र सिटौला सिटौला समाजका संस्थापक एवंम संरक्षक पनि हुन् ।
इञ्जिनियरि इश्वरकान्तले २०१७ मा आफ्नै बाबु आमाको नाममा नीलकृष्ण जसोदा सिटौला फाउण्डेसन संचालन गरेका हुन् । आफ्ना बाबु र आमाको मुख हेर्ने दिनमा मात्रै नभएर हरेक दिन बुबाआमालाई सम्झिनुपर्छ भन्ने उद्देश्यले फाउण्डेसन खोलेको उनी बताउँछन् । सिटौलाको यो संस्थाले गरिब, दिनदुखी, अनाथ, असहायहरुको क्षेत्रमा काम गर्दै आइरहेको छ । फाउण्डेसनले बालगृह, सरकारी स्कुल, नेपालको पत्रकारिता क्षेत्रका सक्रिय पत्रकार, खोज पत्रकारिता गर्नेहरुलाई पुरस्कृत गर्दै आएको छ । साहित्यको क्षेत्रमा काम गर्नेलाई सम्मान गर्दै आएको छ । फाउण्डेसनले गत वर्ष डा भगवान कोइराला लगायत ९ जना प्रतिष्ठित व्यक्तिलाई सम्मान गरेको थियो ।
शनिबार सम्पन्न कार्यक्रममा सम्मानित एवंम पुरस्कृत सबै स्रष्टाहरुको परिचय विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष गोपीकृष्ण प्रसाईंले दिएका थिए । प्रसाईं साहित्य र समाजसेवाको क्षेत्रमा सक्रिय व्यक्तित्व हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १४ गते, २०८२ - १६:५९
काठमाडौँ । मन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची एक्लै निर्वाचन आयोगम...
पौष १४ गते, २०८२ - १६:३१
काठमाडौँ। निवर्तमान गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठन गरिएको आयोगले आफूमाथि लगाएको स्थान हदबारे अहिलेसम्म औपचारिक जानकार...
पौष १४ गते, २०८२ - १६:१५
काठमाडौं । उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ पुन: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग संवादमा जोडिएका छन् । यसअघि भएका छलफलहरू निष्क...
पौष १४ गते, २०८२ - १६:०६
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा भइरहेको बैठकमा समानुपातिकतर...
पौष १४ गते, २०८२ - १५:५१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाको छानबिन गर्न गठित आयोगमा उपस्थित भई पूर्वगृहमन्त्री रमेश लेखकले सोमबार आफ्नो लिखित धारणा पेस गरेका छन्। आयोगक...
पौष १४ गते, २०८२ - १५:३१
काठमाडौँ । भदौ २३ र २४ गते भएका घटनाका सम्बन्धमा गठित जाँचबुझ आयोगसमक्ष पूर्वगृहमन्त्री रमेश लेखकले आफ्नो लिखित धारणा पेस गरेका छन्। सोमबार आयोगमा ...
पौष १४ गते, २०८२ - १५:२२
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिबारे जाँचबुझ आयोगमा बयान दिएका छन्। भदौ २...
पौष १४ गते, २०८२ - १५:०६
काठमाडौँ। गत १८ र १९ असोजको भारी वर्षाका कारण क्षति पुगेका इलामका सडकको मर्मत तथा पुनर्निर्माणका लागि अर्थ मन्त्रालयले दुई अर्ब १९ करोड रुपियाँ स्रोत ...
पौष १४ गते, २०८२ - १४:५५
काठमाडौँ । सेयर कारोबारी दीपेन्द्र अग्रवाललाई प्रहरीले धरौटी जमानतमा रिहा गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ४९ लाख १९ हजार ८६५ रुपैयाँ ध...
पौष १४ गते, २०८२ - १४:२०
मेक्सिकोसिटी। मेक्सिकोको सेलिना क्रुज-कोटजाकोलकोस मार्गमको तेहुआनटेपेक रेलवेको इस्थमसको इन्टरओसेनिक कोरिडोरमा यात्रु बहाक रेल दुर्घटना हुँदा कम्तिमा १...




प्रतिकृया लेख्नुहोस्: