काठमाडौं । यो वर्षको तिहार नजिकिँदै छ । यसै क्रममा धमाधम तिहार गीतहरु रिलिज भएको छन् । यही मेसोमा तिहार गीत मार्फत मिसेस वल्र्ड नेपाल २०२३ की प्रतियोगी आयुष्मा राई दर्शकमाझ आएकी छन् । आफ्नो अभिनय रहेको नयाँ गीत देउसी र तिहार (तिहारै आयो) को उनले आफु सहित आफ्ना साथीहरु तथा मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगीहरुबाट सामुहिक रुपमा लोकापर्ण गराएकी छिन् ।
यो तिहार गीतलाई गायक निकेश राई सहितको टिमले गाएका हुन् । आयुष्मा र मिसेस वल्र्ड नेपालका प्रतियोगीहरुसहित यो गीतलाई मँगलबार काठमाडौंको अर्याल होटलमा एक समारोहबीच बृटिस आर्मीका मेजर योगेश कोयी राई, कलाकार अनुषा राई, अनिल कोयी राई, अन्तराष्ट्रिय कोरियोग्राफर अश्विनी कान्त झालगायतले सँयुक्त रुपमा लोकार्पण गरेका हुन् ।
बिमोचन कार्यक्रमका आयोजक मेजर योगेश कोयी राईलगायतले मिसेस नेपाल वल्र्ड २०२३ का प्रतियोगीहरुलाई सफलताको शुभकामना दिँदै उनीहरुको हातबाट यो गीतको भिडियो लाकोर्पण गराएका हुन् । गायक निकेश राईकै शब्द संगीतमा यो तिहार गीत तयार भएको हो । यो वर्षको तिहारलाई लक्षित गरेर नयाँ तिहार गीत ‘देउसी र भैलो ( तिहारै आयो)’ दर्शक श्रोतामाझ ल्याएको बिमोचन समारोहमा निकेशले बताए । यो गीतमा आफु सहित कुसुम गुरुङ, सविन शंकर, राजु बाराकोटी, नौली याम्फु, कैलाश विक, सुशील भट्टराईलगायतको स्वर रहेको पनि गायक निकेशले कार्यक्रममा जानकारी गराए । यो गीतमा सुशील भट्टराईको संगीत संयोजन, राजु कार्कीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।
मिसेस वल्र्ड नेपालकी प्रतियोगी आयुष्मा राई र मेजर योगेश कोयी राईको मुख्य भूमिका यसमा रहेको छ । यी दम्पत्ति सहित अनुषा राई, अनिल कोयी राईलगायतले यसमा अभिनय गरेका छन् । भिडियोलाई कलाकार अनिल कोयी राईले नै निर्देशन गरेका हुन् । तिहार संस्कृति देउसी भैलो गीत भएको सँस्कृतिमा आधरित रहेर नै आफुले भिडियो बनाएको निर्देशक अनिलले बताए । जसमा मुकेश हुमागाईंको छायाँकन, अमृत चापागाईंको सम्पादन तथा रँग संयोजन, अनिल थुलुङको कोरियोग्राफी रहेको पनि उनले जानकारी गराए ।
बिमोचन कार्यक्रममा मोडल आयुष्मा राईले भनिन्,‘मिसेस नेपाल वल्र्डको ग्रान्ड फिनालेका तयारीमा हुँदाहुँदै पनि गीत निकै राम्रो बनेकाले मैले समय निकालेर यो गीतको भिडियोमा मोडलिङ गरेकी हुँ । पहिलो पटक म्युजिक भिडियोमा मोडलिङ गर्दा धेरै नयाँ कुराको अनुभव गर्न पाईयो ।’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
मंसिर २३ गते, २०८२ - ११:०७
काठमाडौँ । महोत्तरीका पूर्व नेकपा (माओवादी केन्द्र) जिम्मेवार नेता तथा हाल नेपाली कम्युनिस्ट पार्टीका नेता काशी महतो (करण)को निधन भएकाे छ । महतोको नि...
मंसिर २३ गते, २०८२ - १०:५७
जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिका–५, खलङ्गा बजारको एक मोबाइल पसलमा हालै भएको आगलागीलाई ‘फायर हाइड्रेन्ट’ को प्रयोग गरी नियन्त्रणमा लिइएको छ। दमकल छ...
मंसिर २३ गते, २०८२ - १०:५२
काठमाडौँ । मंसिर २७ गतेदेखि सुरु हुने एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र राजनीतिक प्रस्तावलाई लिएर मतभेद सतहमा आएको छ । अध्यक्ष केपी शर...
मंसिर २३ गते, २०८२ - १०:४९
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले आफ्नै चार महिनाका छोराको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घटना काठमाडौँको...
मंसिर २३ गते, २०८२ - १०:४९
रुपन्देही । नेपाली कम्युनिष्ट पार्टीका नेता चक्रपाणि खनाल ‘बलदेव’ले कम्युनिष्ट आन्दोलनभित्र देखिएका असन्तुष्ट धारहरू अन्ततः केपी शर्मा ओलीतर्फै मोडिने...
मंसिर २३ गते, २०८२ - १०:४५
सल्यान । सल्यानको बाफुखोलाबाट दाङको तुलसीपुर आइरहेको ना४ख ६२३२ नम्बरको बस सल्यानको कोटबारामा दुर्घटना भएको छ । बसमा यात्रुहरु सवार नभएको र चालकलाई ...
मंसिर २३ गते, २०८२ - १०:४१
उपेक्षा र मर्मत अभावले बायोग्यास प्रणाली धराशायी, ऊर्जा रूपान्तरणमै संकट
मंसिर २३ गते, २०८२ - ०९:५८
तनहुँ । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीका कारण केही समय अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले कठिन अवस्थाबीच पनि सेवा प्रवाहलाई निरन्तर...
मंसिर २३ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालकै पहिलो बैंक नेपाल बैंक लिमिटेड र क्यूरा हेल्थ प्रा. लि.बीच स्वास्थ्य सेवामा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।...
मंसिर २३ गते, २०८२ - ०६:५५
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यसपटक मतदाताले फरक–फरक १०७ वटा निर्वाचन चिन्हमध्ये आफ्नो रोजाइ छान्नुपर्नेछ । निर्वाचन आयोगले चु...




प्रतिकृया लेख्नुहोस्: