Khabar Dabali १५ श्रावण २०८३ शुक्रबार | 31st July, 2026 Fri
Investment bank

भूकम्प प्रभावितलाई सहयोग जुट्दै

खबरडबली संवाददाता

काठमाडौं । शुक्रबार मध्यरातमा गएको भुकम्पका कारण पश्चिम नेपालमा ठूलो धनजनको क्षति हुन पुगेको छ ।  भुकम्पका कारण हालसम्म १५७ जनाको ज्यान गइ सकेको छ भने हजारौं घर क्षतविक्षत भएका छन् ।
भुकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको मानविय क्षतीले यतिबेला देश शोकमा रहेको छ । प्रभावितहरु निरन्तर भुकम्प आई रहेको कारण झन त्रसित भएका छन् ।

भुकम्प पश्चात राज्यका तीनवटै सुरक्ष संयन्त्र खोज तथा उद्धारमा लगि रहेका छन् ।  रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ भने जाजरकाेटमा उद्वारकाे काम जारी रहेकाे छ । रुकुम पश्चिममा भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । जिल्लामा अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको हो । आइतबार शव परीक्षणपश्चात परिवारलाई हस्तान्तरण गरिने छ। घाइते भएका १७४ जना उपचारपछि अस्पतालबाट घर फर्केका छन् ।  घाइते २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाइएको छ । अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी  हरिप्रसाद पन्तले जानकारी दिए। 

सहयाेग जट्दै

भुकम्प प्रभावितका लागि देश तथा विदेशबाट सहयोग पनि जुटी रहेको छ । 

नेपालको संघिय सरकारले भुकम्प प्रभावितका लागि १० करोड रुपैयाँ राहत घोषणा गरेको छ भने चीन सरकारले १० करोड बराबरको राहत सामग्री सहयोग गरेको छ ।

प्रदेश सरकार अन्तरगा बागमती प्रदेश सरकारले एक करोड ५० लाख, लुम्बिनी प्रदेश सरकारले पनि एक करोड ५० लाख सहयोग गरेको छ भने र सुदूरपश्चिम प्रदेश सरकार एक करोड रकम सहयोग गरेको छ । 

यसैगरी  कोशी प्रदेश सरकार र बुद्ध एयरले  पनि एक एक करोड सहयोग गरेका छन् । यसै गरी नेपाल टेलिकमले प्रभावित क्षेत्रमा पाँच दिन म्वाइस र एसएमएस सेवा निःशुल्क प्रदान गरेको छ भने एनसेलले एक करोड नगद र  ४० लाखको ब्यालेन्स निःशुल्क गरेको छ ।

भाटभटेनी सुपर मार्केटले एक करोड ११ लाख ११ हजार १११ सहयोग गरेको छ भने पोखरा महानगरपालिकाले ५० लाख भुकम्प पिडीतका लागि सहयो गरेको छ ।

यस्तै नेपाली कांग्रेसले ५० लाख र कांग्रेस निकट नेपाल विद्यार्थी संघले सात लाख ११ हजार सहयोग गरेको छ ।

भुकम्प प्रभावितका लागि सिटिजन्स बैङ्कले  २५ लाख, अर्ना बियरले २५ लाख, तिलोत्तमा नगरपालिकाले १० लाख, एनआरएनए (आरके समूह) ले २१ लाख सहयोग गरेको छ ।

यसैगरी  कैलाश हेलिकोप्टर १० लाख, एनआरएनए (बद्री केसी समूह) १० लाख तथा एक करोड १० लाख रुपियाँको राहत कोष खडा गरेको छ ।

नेपाल क्रिकेट संघले ओमनसँग हुने खेलको टिकट बिक्रीको आधा रकम हहस्तान्तरण गर्ने भएको छ भने बोगटान फुइसिल गाउँपालिका (डोटी) ले  दुई लाख प्रदान गर्ने भएको छ ।

यसै गरी मेयर भरत जोशी (पर्शुराम नगरपालिकाका प्रमुख) ले पनि एक लाख सहयाेग गरेका छन् भने  नेपाल कम्युनिस्ट पार्टीले  एक लाख र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले एक महिना बराबरको पारिश्रमिक सहयोग गरेका छन् ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

फैसलापछि बाँकी रहेको सन्नाटा (काल्पनिक कथा)

रमेशको विवाह २०५९ सालको जेठ महिनामा भएको थियो। विवाहका सुरुवाती दिनहरू सामान्य थिए। नयाँ घर, नयाँ जिम्मेवारी र भविष्यका अनेक सपना लिएर उसले वैवाहिक जी...

राष्ट्रलाई सम्बोधनपछि राष्ट्रपति भेट्न पुगे प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ताका लागि बिहीबार शीतल निवास पुगेका छन्। प्रधानमन्त्री नियुक्त भएको करि...

हिंसा भड्काउनेमाथि कडा कारबाही हुने प्रधानमन्त्री बालेनको घोषणा

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत क्षेत्रमा भएका हिंसात्मक घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सामाजिक सद्भाव, ...

दिनभर सडकमा प्रदर्शनपछि गणेश यादवको शव धरान लगियो

सिरहा । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका गणेश यादवको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रत...

तीजमा नाच्न बाध्य बनाउने ‘अक्षरा’को गीत ‘नाचौँ बरिलै’ सार्वजनिक

काठमाडौँ । आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘अक्षरा’ को तीज विशेष गीत ‘नाचौँ बरिलै’ सार्वजनिक गरिएको छ। निर्माण टिमले काठमाडौंमा पत्...

कर्फ्युपछि सुनसान जनकपुर, सडकमा प्रहरीको कडा निगरानी

धनुषा । सुनसरीमा दुई समुदायबीच भएको हिंसात्मक झडपपछि मधेस प्रदेशका विभिन्न जिल्लामा तनाव बढ्दै जाँदा जनकपुरधाममा पनि कर्फ्यु लागू गरिएको छ। कर्फ्यु...

ग्यास अभाव होइन, सिलिन्डर साट्ने चाप बढेको हो: ग्यास उद्योग संघ

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले बजारमा खाना पकाउने ग्यासको वास्तविक अभाव नरहेको दाबी गरेको छ। संघका अध्यक्ष दिवानबहादुर चन्दले ग्यासको आयात न...

ग्यास छैन कि वितरण बिग्रियो ? बजारमा हाहाकारबीच निगमको यस्तो दाबी

काठमाडौँ । राजधानीसहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपीजी ग्यास पाउन उपभोक्ताले सास्ती व्यहोर्नुपरेको छ। ग्यास लिन हप्तौँसम्म कुर्नुपर्ने, खाली ...

चिठी बोक्ने हुलाक अब स्मार्ट बन्दै, राहदानीदेखि प्रमाणपत्रसम्म घरमै पुग्ने

काठमाडौँ । कुनै समय चिठीपत्र आदानप्रदानको माध्यमका रूपमा परिचित हुलाक सेवा अब नयाँ स्वरूपमा परिवर्तन हुँदैछ । मोबाइल र इन्टरनेटको व्यापक प्रयोगसँगै पर...

दूधको लाखौँ भुक्तानी रोकिँदा किसानको चुलोदेखि गोठसम्म समस्या

झापा । दूध बिक्री गरेको रकम लामो समयसम्म नपाएपछि दमकका करिब दुई सय दुग्ध किसान आर्थिक समस्यामा परेका छन् । दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending